बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

हस्तकलाकी हस्ती

सरिता दाहाल
2 weeks ago
07/09/2019

 

सरिता दाहाल

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभाग सदस्य हुन्, कमला सुवेदी । उनको परिचय यतिमै सीमित छैन । बाल्यावस्थाबाटै सिर्जनात्मक काम गरिरहन र व्यस्त रहन खोज्ने कमलाले हजारौंलाई व्यस्त बनाइसकेकी छन् । गत मंसिरबाट ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभाग सदस्यमा मनोनीत कमलास“ग अबको पाँच वर्ष हस्तकला क्षेत्रमा काम गर्ने सपना धेरै छन् । महिलाका लागि राज्यले दिएको सेवासुविधा कुनाकाप्चासम्म पु¥याउने मुख्य लक्ष्य छ, उनीस“ग । जुन काम थालनी गरिसकेकी छन्, क्रिस्टलको गहना बनाउने तालिमबाट ।

अन्डाको क्रेटदेखि क्रिस्टलको गहनासम्म

बाल्यकालकै कुरा, बुबाआमा (भगवती र रामचन्द्र अर्याल)को होलसेल पसल थियो । बुबाआमा अन्डा बेच्थे । खाली क्रेट फाल्थे । कमला भने तिनै फालिएका क्रेट बटुल्थिन् । त्यसमा आकार दिन्थिन् । रङ भरेर झनै लोभलाग्दो बनाउँथिन् र कोठा सजाउँथिन् । अरूले कोक खाएर फालेको बोतल बटुलेर त्यसमा सीप भर्थिन् । उनका कलिला हातले अक्षरको आकार सिक्दै गए । उनी सजावटका सामग्रीलाई अनेक आकार दिन पनि पोख्त बन्दै गइन् ।
स्कुलबाट फर्केपछि आमाबुबालाई पसलमा सघाउँथिन्, साँझ आफ्नो गृहकार्य । अनि, बचेको समय खेर गएको सामग्रीबाट सजावट बनाउँथिन् । ‘धेरै सिकौं धेरै गरू“’ भन्ने हुटहुटी चलिरहेकै बेला विवाहपछि नयाँ घरले केही खुम्च्याइदियो । १६ वर्षमै विवाह भयो । त्यसपछिको जीवन कस्तो होला ? फालिएका सामग्री बटुलेर रङ र आकार दिने कमलाको जीवनले पनि आकर्षक आकार र नौरंगी रङ पाउला त ? हरसमय केही न केही गरिरहन मन छटपटाइरहन्थ्यो । केही गर्ने इच्छा र चाहना छरपस्ट भएर फुल्न चाहन्थे । बाल्यावस्थामै विवाह भयो । नयाँ घर र परिवेशमा घुल्न समय लाग्यो । जिन्दगी फुलाउन पर्खनुसिवाय उपाय थिएन । विवाहलगत्तै आमा बनिन् । घरमा सासूसमक्ष सिलाइ सिक्न जाने इच्छा प्रकट गरिन् ।

हेटौंडाबाट विवाह भएर हटिया

मकवानपुर पुगेकी कमलाले विवाहअघि सिकेको सिलाइ सीप पूरा गर्ने अभिलाषा प्रकट गरिन् । परिवारको समर्थनपछि त्यसले निरन्तरता पायो । सहरी जीवनशैलीमा हुर्केकी कमलालाई बजारबाट १३ किमि पर पुग्दा गाउँ पुगेको आभास भयो । घरबाट सिलाइका लागि हि“डेकी उनलाई राजदेवी र हटियाबीच पर्ने खोलाले बगायो । उनलाई माझीले बचाए । यो घटनाले झनै अघि बढ्ने इच्छा जागृत भयो, उनमा ।
नाफामा पाएको जिन्दगी, ‘केही गरू“’ भन्ने लाग्यो । खोलाले बगाएर माझीले बचाएको घरमा बताइनन् । कारण, परिवारले भोलिबाट खोलापारि सिलाइका लागि नपठाउलान् भन्ने डर । पसल र सिलाइमा व्यवस्था हुँदै गर्दा छोराहरू हुर्कंदै आए । उनीहरूको पढाइका लागि काठमाडौं पसिन् । सन्तानका लागि राम्रो शिक्षाको खोजीमा काठमाडौं हानिएकी कमलाले जीवनको सुनौलो अवसर पनि भेटिन् । क्रिस्टलको गहना बनाउने सीप बीजारोपण भयो ।

क्रिस्टल अभियानमा उदय

कमलाले सन् २०११ मा युवा भेलाका लागि बंगलादेश जाने मौका पाइन् । पिसफुल काउन्सिलले उनलाई बंगलादेश लग्यो । त्यहाँ उनले क्रिस्टलका गहना बनाएको देखिन् । बंगलादेशका दिदीबहिनीले बनाएको क्रिस्टलका
ह्यान्डब्याग र गहना अति आकर्षक देखिएपछि त्यसले मन तान्यो उनको । त्यहाँ देखेको क्रिस्टलको पोते र मालाको डिजाइनले यति तान्यो कि भ्रमणका लागि पुगेकी उनी साथीस“ग घुम्न छाडेर सीप सिक्न थालिन् । उनीसहित ६ सय जनाको समूह थियो ।
५ सय ९९ जनाले घुमेर मजा लि“दै गर्दा उनले सबै साथीस“ग छुट्टिएर क्रिस्टलको गहनामा डिजाइन भर्दै मजा लिन थालिन् । तीन महिनाको कोर्स भिसा समय थोरै भएकाले १० दिन सिकेर फर्कनुपर्ने बाध्यात्मक अवस्था आइलाग्यो । बिहानदेखि बेलुकासम्म लगातार सिकाइमा आफूलाई लगाइन् । त्यहा“को प्रचलनअनुसार दिनमा एक घण्टा बढी कक्षा सञ्चालन हुँदैनथ्यो । तर, उनले आफ्नो बाध्यतास“गै रुचिबारे बताएपछि बिहानदेखि बेलुकीसम्म लगातार सिक्ने अवसर पाइन् । तीन महिनाको कोर्स १० दिनमै सकिन् । लगातार सिकाइ हु“दा कुनै थकान महसुस भएन । बरु, दिन घर्किंदै जाँदा ‘अझ धेरै सिक्नु छ, समय छैन’ भन्ने छटपटी बढ्यो । राति पनि ‘एक–दुई घण्टा सिकौं कि’ भन्ने लाग्यो उनलाई । त्यसपछि नेपाल फर्केर उनले घरेलु विकास समितिमा प्रस्ताव राखिन् । र, अरू महिलालाई पनि क्रिस्टलका गहना बनाउने सीप सिकाउन थालिन् ।
उद्योग मन्त्रालय र घरेलु तथा साना उद्योग विकास समितिको यही डिजाइन पुस्तिका प्रकाशनका लागि एक महिनासम्म योगदान गर्ने मौका पाइन्, उनले । त्यो मौकाले झन् हुर्कंदो बिरुवालाई मलजलको काम ग¥यो । उनको सीपलाई पुस्तिकाले देशभर चिनायो । उनमा क्रिस्टल गहनाको डिजाइनका रूपमा विशेषज्ञता बढ्दै गयो । देशभित्र मात्र होइन, उनको डिजाइनको माग बाहिरी देशबाट समेत हुन थाल्यो । तालिमका लागि उनलाई भ्याइनभ्याइ हुन थालेको छ ।

हजारौं डिजाइनको मानसपटल

४७ वर्षीया कमलास“ग क्रिस्टल गहनाको डिजाइन हजारौंको संख्यामा छन् । हजारौं डिजाइन गर्न सक्छिन् । आफ्नै दिमागले मार्केट माग पढ्छिन् र नयाँ डिजाइन बनाइहाल्छिन् । क्रिस्टलका गहनामा नयाँनयाँ डिजाइन उतार्ने अद्भुत क्षमता छ, उनमा ।
उनले महिलालाई स्वरोजगार बनाउन युनिक हस्तकला उद्योग दर्ता गरिन् अनि महिलामा सीप भोग जगाउन थालिन् । त्यसका लागि युवा स्वरोजगार कोषले केही आर्थिक सहयोग ग¥यो । त्यो तालिम नै उनको सीप बिरुवा रोपेको पहिलो बाली हो । अहिलेसम्म उनले २३ हजार महिलालाई आफ्नो सीप बाँडेर स्वरोजगार बनाएकी छन् । विभिन्न जिल्लामा धेरैजसो त प्रशिक्षक नै बनेका छन्, उनका विद्यार्थी । देशका विभिन्न स्थानमा उद्यमी मेला लाग्दा उनीबाट सीप सिकेर उद्यमी बनेर मेलामा पुगेका महिलाले आफ्नो स्टल उत्कृृष्ट भएको खबर फोनमार्फत सुनाउँदा औधी सन्तुष्टि मिल्छ, कमलालाई । ‘म आफैं अरूको भरमा बाँच्नुपर्ला कि भन्ने अवस्थाबाट माथि उठेर आज धेरै युवा महिला तथा गृहणीलाई आत्मनिर्भर बनाउन सकेकोमा आफैंप्रति गर्व छ,’ उनले भनिन् ।

 

 

१६ वर्षमै विवाह भयो । त्यसपछिको जीवन कस्तो  होला ? फालिएका सामग्री बटुलेर रº र आकार दिने कमलाको जीवनले पनि आकर्षक आकार र नौरंगी रº पाउला त ? केही गर्ने इच्छा र चाहना छरपस्ट भएर फुल्न चाहन्थे । बाल्यावस्थामै विवाह भएकाले नया“ घर र परिवेशमा घुल्न समय लाग्यो । जिन्दगी फुलाउन पर्खनुसिवाय अरू उपाय थिएन

स्कुलबाट फर्केपछि आमाबुबालाई पसलमा सघाउ“थिन्, सा“झ गृहकार्य । फालिएका सामग्रीबाट सजावटका सामग्री बनाउ“थिन् । ‘धेरै सिकू“ धेरै गरु“’ भन्ने हुटहुटी चलिरहेकै बेला विवाह र नया“ घरले केही खुम्च्याइदियो

 

पा“च रुपैया“ नदिनेले  लाख दिन्छन्

महिलामाथि हुने यावत् प्रकारको हिंसाको जड आर्थिक कारण हो भन्ने उनको ठम्याइ छ । आर्थिक रूपमा कुनै महिला सम्पन्न छ भने ऊमाथि कसैले पनि हिंसा गर्दैन । उनीसँग पनि आर्थिक समस्याका कारण धेरै पीडा भोग्नुपरेको अनुभव छ । छोराको खुट्टा भाँचि“दा पाँच रुपैया“ नदिने मान्छेले अहिले लाखौं दिन तयार भएको अनुभव सुनाउँछिन्, कमला ।
अहिलेको अवस्थामा त्यस्तो व्यक्तिको पैसा कारोबारमा लगाउन चाहन्नन्, उनी । महिला सक्षम छिन्, उनको हातमा सीप छ, २÷४ पैसा घरका लागि दिन सक्छिन् र आफ्ना लागि श्रीमान् र परिवारबाट पैसा माग्नुपरेन भने ‘महिलालाई कसैले हेप्न सक्दैन’ भन्ने उनले आफ्नो प्रगतिसँगै यस्तो आभास गरेकी छन् । देशभरबाट २३ हजार महिलालाई आफूले सीप सिकाउँदै गर्दा उनीहरूले आफ्नो सीपबाट आर्थिक उपार्जनपछि बाँडेको खुसी र उनलाई देखाउने आत्मीयताभित्र आर्थिक सशक्तीकरणकै कुरा जोडिएर आएका छन् ।
घरेलु हिंसाबाट प्रताडित महिला सीप सिक्न आउँदा पनि हजार गाली र हन्डर खाएर लुकीलुकी आउने र बिस्तारै आत्मनिर्भर भएका छन् । भान्छामा दालको सिठ्ठी लाग्दै गर्दा दुई वटा माला तयार गर्छन्, ती महिला । छोराछोरी स्कुल पठाएर श्रीमान् काममा निस्केपछि घरधन्दा सकेर दुई घण्टा बस्दा तयार हुने क्रिस्टलका गहनाले खर्च जोहो मात्रै होइन, परिवारमा भरथेक गरेको छ । हिजोका दिन ‘सीप किन सिक्न परोस् ?’ भन्ने सदस्यले उनको प्रशंसा गर्न थालेका छन् ।

बुहारीबाट प्रभावित सासू

कमलाले घरमा खेर गएको सामग्रीबाट बनाएका सजावटका सामानले जब देशभर चर्चा कमाउन थाल्यो तब उनकी सासू पनि प्रभावित भइन् । सासूले बुन्ने सुकुल, चकटी, गुन्द्री, टपरी कमलाले हस्तकला उद्योगमा सम्पर्क गराइन् । कमलाकी ८० वर्षीया सासू हस्तकला संघबाट सम्मानित भइन् । हिजोआज सासू बुहारीबीचको मायामा धेरै फरक छ । बुहारीको प्रगतिमा सासूको हाँसो मिसिएको देख्दा कमला पनि खुसी छिन् ।

चीनमै खोसाखोस

क्रिस्टलको गहनाका लागि चीनबाट कच्चा सामान ल्याइन्छ । तयारी अवस्थामा पठाउँदा चीनमै धेरै राम्रो मूल्यमा बिक्री हुन्छ । ललितकलाले बल्ल बुझेको छ, यसको महŒव । यो सीप धेरै सजिलो पनि छ । महिला आफू पनि सुरक्षित, घामपानी भोग्न नपर्ने, घरको काममा असर नगर्ने र टिभीमा सिरियल हेरेर बस्ने समय कटाउँदा पुग्ने बताउ“छिन् कमला ।

चुनौती नै चुनौती

जहाँ पनि खुट्टा तान्ने मानिस नै बढी हुन्छन् । प्रगति गर्नेको खुट्टा तानेर होइन, हातेमालो गरेर अगाडि बढ्न सकिन्छ भन्ने कमलाको विचार छ । तर, उनलाई खुट्टा तान्नेले हैरान पार्छन्, कहिलेकाहीँ । उनले सिकाएका विद्यार्थीको सीप जाँचेर प्रशिक्षकका रूपमा राखेकी छन्, जिल्ला जिल्लामा ।
‘मलाई खाना खाने फुर्सद पनि छैन, सबैतिर भ्याउँदिनँ अनि के गरूँ,’ उनी भन्छिन्, ‘सबैले अवसर पनि पाउनुपर्छ ।’ यति व्यस्त जिन्दगी होला भन्ने सोचेको थिइनन्, उनले ।
सीप सिकेका महिलाको उत्पादनले ‘बजार सहजै पाओस्’ भनेर उनले सोरुम खोलेकी छन्, काठमाडौं कलंकीमा । जहाँ हस्तकलाका सबै सामान छन् । क्रिस्टल, ढाकाका समान, हुम्ला–जुम्लादेखिका विविध हस्तकलाका उत्पादन कलंकीस्थित सोरुममा पाइन्छन् । हेटौंडामा पनि सोरुम खोल्ने तयारीमा छिन्, कमला ।

पा“च हजारबाट सुरु उद्यम

पा“च हजारबाट सुरु उद्यम विदेशसम्म पुगेको छ । जेठो छोरा जापानमा आईटी पढ्दै छन्, अर्को काठमाडौंमा । जसले अझै अगाडि बढ्ने प्रेरणा जगाएको छ ।

५६ वटा सीपकी खानी

कमला क्रिस्टलमा मात्रै डिजाइन भर्दिनन् । त्यसमा हजारौं डिजाइन भर्ने खुबी भएकी उनीस“ग अन्य ५६ सीप छन् । फोहोरलाई मोहोरमा ‘कन्भर्ट’ गर्ने सीप छ, उनीस“ग । घरबाट निस्कने कसिंगरबाट शृंगार सामग्री बनाउँछिन् । सबै सीपको खेल हो । कागजको झम्कालगायतको कस्मेटिक सामग्री बनाउने सीप छ । ढाकाका जुत्ता, कपडाको सिलाइ, काठका फोटो फ्रेमलगायत ५६ वटा सीप सिकाउन सक्ने क्षमता छ, उनीस“ग ।

 

(Visited 40 times, 1 visits today)
Loading comments...