बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

काठमाडौंमा दैनिक उडान भर्दै सलाम एयर

राजधानी समाचारदाता
1 week ago
09/09/2019

‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल पार्न आईएमई समूहको सक्रियता

काठमाडौं।  ओमानको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले अब काठमाडौंमा दैनिक उडान भर्ने भएको छ । हाल सातामा तीनवटा उडान भरिरहेको सलामले आगामी साताबाट दैनिक उडान गर्ने घोषणा गरेको हो ।
डेढवर्ष अघि ओमानको मस्कट–काठमाडांै उडान सुरु गरेको यस एयरलाइन्सले अहिलेसम्म ५० हजार यात्रु बोकिसकेको जनाएको छ । यस एयरलाइन्सले गत १८ महिनादेखि नेपालमा नियमित व्यावसायिक उडान भरिरहेको छ । सलाम एयरको नेपालका लागि आधिकारिक टिकट विक्रेता जनरल सेल्स एजेन्ट्स (जीएसए) आईएमई गु्रपअन्तर्गतको आईएमई इन्टरनेसनल ट्राभल हो ।

सुरुमा रेमिट्यान्सको क्षेत्रबाट व्यापारिक क्षेत्रमा आएको आईएमई समूहले रेमिट्यान्स हुँदै बैंक तथा इन्स्योरेन्स, अटो क्षेत्र, हस्पिटालिटी, जलविद्युत्, इन्भेस्टमेन्ट कम्पनी, वित्तीय संस्था, पूर्वाधार विकास, पर्यटन क्षेत्रलगायतमा सफलता हासिल गरेसँगै पहिलोपटक अन्तर्राष्ट्रिय विमान सेवालाई दैनिक काठमाडौं–मस्कट उडानमा जोडेको हो ।
आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि सातामा तीनवटा मात्र उडान भरिरहेको यस एयरलाइन्सले अब दैनिक मस्कट–काठमाडांै व्यावसायिक उडान भर्ने बताए । उनले आफूहरूको यस कदमले सरकारले मनाउँदै गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ को लक्ष्य प्राप्तिमा पनि निकै सहयोग पुग्ने बताए । उनले ओमानको भाषामा सलाम भनेको शान्ति र नेपाल शान्तिप्रेमी मुलुक भएकाले त्यहाँका मान्छे भगवान् बुद्धको जन्मस्थल नेपाल आउन निकै आतुर रहेको सन्देश प्रवाह गरिरहेकाले अब यस वायुसेवाको नेपाल उडान विस्तारले मुलुकको पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेल्ने दाबी गरे ।
सलाम एयरले हाल आफ्नो नौवटा विमानबाट नेपाललगायत विभिन्न २० गन्तव्यमा उडान भर्दै आएको जनाएको छ । अहिले नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आईएमई इन्टरनेसनल ट्राभलले गर्दै आएको छ । यो कम्पनी मुलुकको स्थापित सफल व्यावसायिक घराना आईएमई समूहअन्तर्गत सञ्चालित कम्पनी हो ।

आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाललगायतले दैनिक उडान भरेर नेपाल भ्रमण वर्षलाई सघाउने प्रतिबद्धता जनाए । उनले यसले वैदेशिक रोजगारीका लागि ओमान जाने कामदारलाई न्यून हवाई शुल्कमा उडाउने प्रतिबद्धता पनि जनाए । सलामले गत वर्ष ५० हजार यात्रु बोकेको थियो भने यस वर्ष १ लाख पु¥याउने योजना रहेको सो कम्पनीले जनाएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई छुट दिइने सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई पार्किङ, ल्यान्डिङ चार्जमा छुट दिइने बताए । उनले केही समयपछि सञ्चालनमा आउन लागेको भैरहवास्थित विमानस्थलमा सलाम एयरलाई आकर्षित गर्न छुट दिने बताए ।
भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने सबै विमानलाई पनि इन्धन सस्तोमा दिन सकिन्छ, पार्किङ र ल्यान्डिङ चार्जमा पनि छुट दिन सकिने भन्दै उनले त्यहाँबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदार निकै रहेकाले उनीहरूलाई पनि सहज हुने अपेक्षा गरिएको बताए । नेपाल विश्वका लागि उत्कृष्ट गन्तव्य बनिरहेको उल्लेख गर्दै उनले सलाम एयरले नेपालमा उडान थप्नु प्रशंसनीय भएको बताए ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आउने पर्यटक बर्सेनि ७ प्रतिशतले बढेको उल्लेख गर्दैै अझै वृद्धि गर्न भौतिक पूर्वाधार आवश्यक रहेको धारणा राखे । उनले गौतम बुद्ध विमानस्थल यो वर्षको डिसेम्बरमा पूरा हुने बताए । उनले अहिले ८० प्रतिशत काम सम्पन्न भएको समेत जानकारी दिए । यसैगरी, पोखरा विमानस्थल पनि सन् २०२१ जुनसम्म सकिने बताए । पोखराको विमानस्थल त ६ महिना अघि नै सक्ने तयारीमा रहेको बताउँदै उनले अहिलेसम्म ४५ प्रतिशतमा काम सकिएको दाबी गरे ।

नेपालमा हाल ३० वटा विमान कम्पनीले उडान भरेको र त्यसमा पनि प्रतिस्पर्धा आवश्यक रहेको बताए । उनले सलाम एयरले वर्षमा ५÷६ लाखभन्दा बढी पर्यटक ल्याएको खण्डमा सोचेको भन्दा धेरै राम्रो पुरस्कार सरकारले दिने उद्घोष गरे । उनले अब सरकारले भिसाबापतको शुल्क अनलाइन प्रणालीबाट नै तिर्ने व्यवस्था मिलाउन लागेको जानकारी गराए । उनले सलाम एयरले अब काठमाडौंमा दैनिक उडान भर्ने भए पनि नेपालको पर्यटन क्षेत्रमा थप सहयोग मिल्ने अपेक्षा गरिएको बताए । उनले सलाम एयरको दैनिक उडान विस्तारले ओमान हुँदै नेपाल आउने पर्यटकका लागि उपयुक्त मुलुक हो भनेर राम्रो सन्देश
दिने बताए ।
पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपालको नागरिक उड्डयन क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढ्नुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि सलाम एयरको उडान विस्तारले मुलुकको पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेल्ने बताए ।
सोही कार्यक्रममा सो कम्पनीले वर्षभर सबैभन्दा धेरै टिकट बिक्री गर्ने उत्कृष्ट ट्राभल एन्ड टुर्स कम्पनीलाई सम्मान गरेको थियो । सम्मानित हुने उत्कृष्ट ट्राभल एजेन्सीहरूमा एक्सल ट्राभल एन्ड टुर्स, हार्वेस्टमुन टुुर्स एन्ड ट्राभल, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, ओपन वे, सिलिंक, प्रयास र स्मितालगायतका ट्राभल कम्पनी रहेका छन् ।

(Visited 39 times, 1 visits today)
Loading comments...