बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

बंगलादेशसँग नेपाल पराजित

राजधानी समाचारदाता
1 week ago
09/09/2019

काठमाडौं। यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । नेपाल लगातार पराजित भएको छ । पहिले ब्याटिङ गर्दै नेपालले २ सय ६२ रनको लक्ष्य दिएको थियो । बंगलादेशले ४९ ओभर २ बलमा चार विकेटको क्षतिमा लक्ष्य भट्टायो । उसका लागि कप्तान अकबर अलीले ८२ बलमा १४ चौकासहित ९८ रनमा अविजित खेले । सामिम हसनले ४२ रनको योगदान दिए ।

त्यसअघि आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाउँदै २ सय ६१ रन जोड्यो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महŒवपूर्ण योगदान दिए । पवनले १ सय ११ बलमा ८ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि सन्दीप जोराले विस्फोटक इनिङ खेले ।

३८ ओभरको दोस्रो बलमा कप्तान रोहितकुमार पौडेल आउट भएपछि मैदान छिरेका सन्दीप जोराले ३७ बलमा समान ३ चौका र छक्कासहित ५६ रन जोडे । भीम सार्की २१ रनमा आउट भए । छैटौं विकेटका लागि सन्दीप र भीमले ७१ रनको महŒवपूर्ण साझेदारी खेले । ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए ।

पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

कुशलले ३२ बलमा ३ छक्का र १ चौकासहित २८ रनमा क्याच आउट भए । कप्तान रोहितकुमार पौडेल १४ रनमा क्याच आउट भए । रासिद खान ६ रनमा आउट हुँदा कमलसिंह ऐरी १ छक्कासहित ४ बलमा ९ रनमा अविजित रहे ।

बंगलादेशका लागि मोहम्मद तानजिम हसन र साहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी, रकीबुल हसन, सामिम हसन र तोहिद हृदोयको नाममा समान १ विकेट रह्यो । नेपालल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार यूएईसँग खेल्नेछ ।

 

 

(Visited 31 times, 1 visits today)
Loading comments...