बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

सुदूरपश्चिम आउने पर्यटक संख्या न्यून

दीपक ओली
1 week ago
09/09/2019

धनगढी। अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम आउने पर्यटकको संख्या न्यून रहेको छ । यो प्रदेश विदेशी पर्यटकको रोजाईंमा नपरेकै कारण सरकारी निकाय र निजी क्षेत्रबाट पर्यटक भिœयाउन विभिन्न प्रचारप्रसार अभियानलगायत गतिविधि भए पनि विदेशी मुलुकबाट सुदूरपश्चिम घुम्न आउने पर्यटकको संख्या बढ्न सकेको छैन ।
सुदूरपश्चिममा खप्तड, बडीमालिका, शुक्लाफाटा, रामारोशनलगायतका पर्यटकीय स्थल छन् । पर्यटक भिœयाउन यस क्षेत्रको पर्यटकीय गन्तव्य प्राथमिकतामा पर्न नसक्नाले पर्यटक संख्यामा वृद्धि हुन नसकेको पर्यटन व्यवसायीले गुनासो गर्दै आएका छन् । यद्यपि, पछिल्लो समय नेपाल सरकारले यो प्रदेशका केही पर्यटकीय स्थललाई पर्यटन गन्तव्यका रूपमा पहिचान गरेको छ ।

भारतको स्थलमार्ग हुदै कैलाली भन्सार नाका भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्या न्यून छ । यो नाका भएर सन् २०१८ मा ८३ जना विदेशी पर्यटक भित्रिएका थिए भने ६८ जनाले प्रस्थान गरेका थिए । त्यस्तै, सन् २०१९ अगस्टसम्म त्रिनगर नाका भएर ५५ विदेशी पर्यटक भित्रिएका छन् भने ४८ जनाले प्रस्थान गरेको जनाइएको छ । भारतको दिल्लीबाट त्रिनगर नाका छोटो दूरी मानिन्छ । दिल्लीबाट आउने विदेशी पर्यटक यो नाकाबाट आउने गरेका छन् । अध्यागमन कार्यालयले दिएको तथ्यांकअनुसार यो नाका भएर सन् २०१९ आठ महिना अगस्टसम्ममा आएको कुल पर्यटनमध्ये सबैभन्दा बढी अस्टे«लियाका पर्यटक रहेका छन् ।

कार्यालयका अनुसार यस वर्ष अस्ट्रेलियाका १३ पर्यटक यस नाकाबाट आएका थिए । सन् २०१८ मा कुल पर्यटकमध्ये संयुक्त राज्य अमेरिकाका २७ जना पर्यटक यो नाका भएर आएका थिए । कैलाली भन्सार नाका भएर खास गरेर अमेरिका, श्रीलंका, जर्मनी, फ्रान्स, कोरिया, मलेसिया, इटली, रसिया, स्पेनलगायतका देशका पर्यटकको आउजाउ हुने गरेको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कैलालीबाट भारतको राजधानी दिल्ली नजिक भए पनि दिल्ली र आगराबाट नेपाल आउन चाहेका पर्यटक यो नाका भएर थोरै आउने गरेका अध्यागमन कार्यालयले जानकारी दिएको छ । दिल्ली पुगेका प्रायः पर्यटक हवाई मार्ग भएर सिधै काठमाडौं जाने गरेका छन् । पर्यटक आगमन बढ्न नसक्दा धनगढीमा रहेको अध्यागमन कार्यालय प्रायः समय सुनसान देखिन्छ ।

कैलाली भन्सार नाका भएर नेपालमा पर्यटक भिœयाउन प्रचारप्रसार र भारतबाट प्रोत्साहन नभएकाले संख्यामा बढोत्तरी हुन नसकेको अध्यागमन कार्यालय प्रमुख यादव भण्डारीले बताए । उनले गौरीफन्टा नाकासम्म आउनका लागि बाटो सहज नभएकाले पनि पर्यटक संख्या बढ्न नसकेको बताए । दुधुवा नेसनलपार्कमा बाटोको समस्या छ’, भण्डारीले भने, ‘भारतका पर्यटन व्यवसायीले पनि नेपाल आउन चाहेका पर्यटकको रुट परिवर्तन गराउने गरेका छन् । धेरैलाई त यो नाका छ भन्नेसमेत थाहा छैन ।

सुदूरपश्चिम प्रदेशमा पर्यटनको थुप्रै सम्भावना रहे पनि मुख्यतयाः प्रचार प्रसार हुन नसक्नु नै पर्यटन फस्टाउन नसकेको अध्यागमन कार्यालयले जनाएको छ । तर, भारतीय पर्यटक भने महिनामा करिब चार÷पाच सयको संख्यामा आउने गरेको जनाइएको छ । छोटो समयका लागि घुम्न धेरै भारतीय पर्यटक आउने गरेका छन’, भण्डारीले भने, ‘उनीहरूको हामीले तथ्यांक राख्ने गरेका छैनौं ।
पर्यटनलाई लक्षित गरेर कैलालीको धनगढीमा मात्रै विभिन्न पूर्वाधार विकास भइसकेको छ । पर्यटकलाई लक्षित गरी ठूल्ठूला होटल र फन पार्क पनि सञ्चालनमा आएका छन् । ठूलो लगानीमा सञ्चालनमा आएका होटलले पर्यटकको स्वागत गर्न नपाउदा सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रमको भरमा खर्च धान्नुपर्ने अवस्था रहेको छ ।

(Visited 23 times, 2 visits today)
Loading comments...