बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

हवाइ यात्रु, सूचनाको हक र नियामक निकाय

कृष्णहरि बास्कोटा
1 week ago
11/09/2019

कृष्णहरि बास्कोटा

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको जुनसुकै विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । जसअनुसार नेपाली हवाइ यात्रुले मुलुकभित्रको हवाइ यात्रामा आवश्यक सूचना नपाउने कुरै छैन । राष्ट्रिय सूचना आयोगले केही समयपूर्व नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहितका पदाधिकारी र हवाइ सेवा सञ्चालकको बैठकको आयोजना गरेको थियो । हालै क्त प्राधिकरणले सूचनाको हकसम्बन्धी अन्तरक्रियाको आयोजना गर्दा हवाइ यात्रुका सुविधा र हक सम्बन्धी सूचनाका बारेमा छलफल भएको छ । यो विषय आमनेपाली हवाइ यात्रुको चासोको विषय हुँदा यो आलेख तयार गरेको छु ।

आम हवाइ यात्रुले हवाइ सेवा हासिल गर्नुपूर्व आपूmले छनौंट गरेको हवाइ उडानसँग अनुमति भए नभएको यकिन गर्नु पर्छ । यसका लागि तत् हवाइ कम्पनीको वेभसाइट वानेपाल नागरिक उड्डयन प्राधिकरणको वेभसाइटमा रहेको हवाइ कम्पनीको सूची हेरी यस कुराको निक्र्यौंल गर्नुपर्छ । कुन कुन हवाइ कम्पनीको सेवा कुन कुन स्थानमा छ सो पनि प्राधिकरणकै वेभसाईटमा रहने व्यबस्था छ, यसमा पनि हवाइ यात्रुहरु सजग रहनु पर्छ । कुनै पनि हवाइ उडानको सेवा तोकिएको समयमा उडान नहुने भए सो को जानकारी यात्रुलाई कसरी सूचित गर्ने गराउने बिधि छ भनी हवाइ टिकट जारी गर्दा सोधनी गर्नुपर्छ । सामान्यतः सबै हवाइ कम्पनीले आप्mना ग्राहकलाई यस्तो अग्रिम सूचना दिने प्रबन्ध गर्नुपर्छ र यस्को अनुगमन प्राधिकरणबाट हुनु पर्छ । सामान्यतःउडान ढिला हुने स्थितिमा इमेल, एस्एम्एस्बाट सूचना दिनु पर्ने बाध्यकारी व्यवस्था गर्ने गराउनेतर्फ प्राधिकरणले चासो दिनुपर्ने कुरामा जोड गरिएको छ ।

नेपालमा रहेको त्रिभुवन विमानस्थलको अलावा नेपालभरि रहेका सबै एयरपोर्टमा सूचना डिस्प्ले सेण्टर हुनु पर्छ, जसमा हवाइ यात्रुले अपेक्षा गर्ने सूचना निरन्तर प्रबाह भैरहनु पर्छ । यसैगरी एयरपोर्टमा राम्रो र बुझिने अनाउन्समेण्टको प्रबन्ध गर्नु पर्छ । यसका लागि कर्मचारीलाई नेपाली र अंग्रेजी भाषामा बुझिने गरी बोल्ने तालिम दिनुपर्छ । समय समयमा माइकिंग प्रणालीको मर्मत सुधार पनि गर्नुपर्छ । कुनै पनि हवाइ सेवाले बोडिंग पास जारी गर्दा वोडिंगको समय र उडानसम्बन्धी आवश्यक समयहरु मुद्रित गर्नेतर्फ पहल गर्नुपर्छ । साथै एयरपोर्टमा एकीकृत वा हवाइ कम्पनीको छुट्टाछुट्टै हटलाइनको व्यवस्था हुनु पर्छ । यस्तो टेलिफोनमा फोन गर्दा पैसा नलाग्ने र आधिकारिक सूचना उपलव्ध हुने प्रबन्ध गर्नुपर्छ । यस अतिरिक्त हवाइ टिकटका शर्त के के हुन् ? यात्रुलाई बुझाउनु पर्छ । यस्मा यात्रु र हवाइ कम्पनीका दायित्व के के हुन् र हवाइ यात्रुले पाउने सुविधाके के हुन् भनी खुलाईनु पर्छ । मूलकुरो, हवाइ यात्रुका अधिकार के के हुन् ? यात्रुलाई बुझाउनु पर्ने कर्तव्य हवाइ कम्पनीको हो भनी बोध गर्न जरुरी छ ।

नेपालमा हवाइ उडान ढिला हुने आम रोगका रुपमा स्थापित छ । यस अबस्थामा कति समय ढिला भएमा यात्रकति क्षतिपूर्ति पाउँछन् ? भन्ने कुराको सार्बजनिकीकरण हुन जरुरी छ । यसैगरी हवाइ यात्रुले साथमा लैजान पाउने सामानको तौल कति हो ?यस्तो तौलको सुबिधामा यात्रु बीच विभेद हुन्छ कि हुँदैन ? यस कुराको पनि एकीन हुन जरुरी छ । सबै यात्रुको आखा अगाडि हाकाहाकी कसैको सामान गहुंगो ठहरिने र कसैको जतिपनि सामान जहाजमा अट्ने गरी मनमौजी गर्ने अधिकार कसैले पनि आपूmसंग राख्नु हुदैन । यस अतिरिक्त हवाइ टिकटको मूल्यमा एकरुपता हुन सक्छ कि सक्दैन ?एउटै उडानको फरकफरक मूल्यको टिकट बारे आम यात्रु पूर्णरुपमा सुसूचित हुन सक्छन कि सक्दैन ? यी कुरामा विशेष गरी नियामक निकाय चनाखो हुन जरुरी छ । नियामक निकायले दिएको एउटा आधार दरको वरिपरी टिकटको मूल्य तोकिईने भएपनि सबै हवाइ यात्रुले टिकटको मूल्यप्रति सन्तुष्टी जनाएको पाईदैन । यसर्थ यस कुरामा पनि सुधारको आवश्यक्ता खड्किएको छ ।

नेपालको हवाइ उडानमा यात्रुले पाउने न्यूनतम् सुविधा के हो? भन्ने विषयमा आम हवाइ यात्रु कुहिराको कागसरी छन् । कुनै हवाइ जहाजमा चकलेट बाडिन्छ भने कसैमा कपास । यसैगरी कसैले पानी बितरण गर्छन त कसैले सप्mट डिंग्स त कसैले कफी । कुनै हवाइ जहाजमा खाजा पनि खान पाईन्छ भने कसैले बदममै टार्ने गर्छन । कुनै हवाइ कम्पनीको माईलेज कार्ड छ भने कसैको छैन । कुनै जहाजमा पत्रिका हुन्छ नभे कुनैमा हुदैन । यसैगरी कुनै जहाजमा शौचालयको प्रबन्ध हुन्छ भने कुनैमा हुदैन । यस्मा यात्रुको आवश्यक्ता र चाहना फरक फरक हुन सक्तछ, यसर्थ टिकट जारी हुदाकै बखत यस प्रकारका सुविधाएकीन हुन पाए यात्रुको न्यूतम् अधिकारको रक्षा हुने थियो । वर्तमान अबस्था त हवाइ कम्पनीको निगाहामा सुविधापाउने व्यबस्था छ । जुन एक्काईसौं शताव्दी सुहाउदो कुरा भएन । यसर्थ यी सुविधामा एकरुपता कायम गर्न पनि आवश्यक पहल हुन जरुरी छ । नेपालकायात्रुले नेपाली भाषामा सूचनाको हक अनुसारको जानकारी पत्र हेर्न र पढन पाउनु पर्छ । हवाइृ यात्राका बखत प्राधिकरणले एक पृष्ठकै बिवरणपत्रभएपनि हवाइृ यात्रुले यात्राका बखत पढ्न पाउने प्रबन्ध गरीदिनु पर्छ ।साथै हवाइ जहाजका बारेमा पनि नेपाली भाषामा जानकारी दिनेपर्चा सीट अगाडिको पकेटमा राखिईनु पर्छ ।

नेपालमा आन्तरिक हवाइ यात्रालाई सुधार गर्न यस्तो आन्तरिक हवाइ सेवामा बिश्वव्यापी अभ्यास के छ ?र नेपालको स्थिति के छ ?भनी अनुसन्धान गरिनु पर्छ । यसैगरी नेपालको हवाइृ उडान सेवासम्बन्धी कानूनी व्यवस्था र व्यवहारमा कत्तिको तालमेल छ ?हवाइ उडानको अनुमति लिँदा हवाइ कम्पनीहरुले प्रतिबद्धता व्यक्त गरेको शर्त पुरा गरेका छन् छैनन् ?प्राधिकरणका निर्देशन, शर्त पालना भएको छ छैन ?यस तर्फ पनि सरोकारवाला निकायको गंभिर ध्यान जान जरुरी छ । यसैगरी सबै हवाइृ कम्पनीसंग नागरिकले सूचना मागको बखत पाउने बातावरण छ छैन ? सूचनाको हकसम्बन्धी कानून बमोजिम ३।३ महिने स्वतः प्रकाशन जारी भएको छ छैन ?सबै हवाइ सेवा प्रदयकले सूचना अधिकारी तोकिएका छन् छैनन् ? लगायतका नागरिकको सूचनाको अधिकारीसम्बन्धी अन्य काम कुरा हुन सकेको छ छैन ?प्राधिकरणले सुक्ष्मरुपमा हेर्नुपर्छ । साथै आम नागरिक पनि आप्mनो अधिकारप्रति सजग हुनुपर्छ
हवाइ सेवाको नियामक निकायकारुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्णतः जिम्मेवारीपूर्ण भूमिका निर्बाह गरेसंगै नागरिकका हक सुरक्षित हुन सक्तछ । यसर्थ प्राधिकरणले कुनै आग्रह पूर्बाग्रह नराखी सबै हवाइृ कम्पनीलाई समान व्यबहार गरी दण्ड र पुरस्कारको नीति अख्तियार गर्नुपर्छ । बिशेषगरी नेपालमा हवाइृ सेवामा ढिलाइृ हुने र आम पेसिन्जरहरु मौसमको खराबी कि जहाज वा कम्पनीको कमी कमजोरीका कारण यस्तो भएको हो ? जान्न इृच्छुक रहन्छन् । यस अबस्थामायात्रुलाई प्राधिकरणले जानकारी दिन अग्रसर हुनुपर्छ । यस प्रकार नागरिकमा सूचना प्रबाह मार्फत प्राधिकरणले जनतामा ठूलो सांख निर्माण गर्न सक्छ । प्राधिकरणको सूचना प्रबाह व्यबस्था हवाइ कम्पनीहरुका लागि रोलमोडल हुनुपर्छ । यस्का लागि प्राधिकरणले सबै हवाइ उडान कार्याल अर्थात् एयरपोर्टमा नागरिक बडापत्र, सेवा प्रबाह तालिका र सूचना अधिकारीको व्यबस्था गर्नुपर्छ । साथै ३।३ महिने बिबरण प्रकाशित गर्ने, केन्द्रले एकीकृत पुस्तिका प्रकाशित गर्ने र समय समयमा मिट द प्रेश कार्यक्रम आयोजना गर्नुपर्छ ।

 

त्रिभुवन विमानस्थलको अलावा नेपालभरि रहेका सबै एयरपोर्टमा सूचना डिस्प्ले सेन्टर हुनु पर्छ, जसमा हवाइ यात्रुले अपेक्षा गर्ने सूचना निरन्तर प्रवाह भैरहनु पर्छ

नेपालको हवाइ सेवा गुणस्तरीय, विश्वसनीय, भरपर्दो, सर्बसुलभ र किफायती भएमा आम हवाइयात्रुबाट स्यावासी पाउन योग्य हुनेछ

 

अन्तर्राष्ट्र्यि बिमानस्थल लगायतमा रहेका सबै कफी शप लगायतको संझौंता पत्रप्राधिकरणले वेभसाईटमा राखी दिनु पर्छ, ताकी आम यात्रुले तोकिएको सेवा र मूल्यमा बस्तु पाउन सकुन । यसैगरी सबै बिमानस्थलको निर्माणको ठेक्कापटृा वा मर्मतको कामको ठेक्कापटृामा पूर्णत पारदर्शिता अपनाई प्राधिकरण सदाचारिताको उदाहरण बन्नुपर्छ भन्ने आग्रह सत्विचारबाट प्रकट गरिन्छ । प्राधिकरणले आम नागरिकबाट मांग हुने सूचना प्रबाहलाई थप चुस्त र दुरुस्त तुल्याउन सूचना प्रबाहको आन्तरिक कार्यबिधि तयार गरी लागू गर्नु बुद्धिमानी हुनेछ । हाल प्राधिकरणबाट मुलुकका विभिन्न स्थानमा अन्तराष्ट्रिय, क्षेत्रीय र डोमेस्टिक विमानस्थलहरुको नयां निर्माण, मर्मत, कालोपत्रै, रनबे बिस्तार, टाबरको क्षमता अभिबृद्धि, रात्री उडानको प्रबन्ध लगायतका कैयो उल्लेख्य काम भएका छन्, यस्को बजारीकरण गर्नुपर्छ । हवाइृ दुर्घटनामा गठन भएको छानवीन समितिले दिएका प्रतिबेदनले औल्याएका मुख्य कुराहरु पाईलट, ईन्जिनियर, एटिसी अफिसर र आम यात्रुमा जानकारी गराउदा भबिष्यमा उस्तै प्रकृतिका दुर्घटना नदोहोरिन मद्धत पुग्ने कुरामा पनि प्राधिकरणको ध्यान जानु पर्छ ।
अन्त्यमा, हाम्रो सेप्mटी रिपोर्टको स्थिति के छ ? आम जनतालाई जानकारी गराउनु पर्छ । यो दक्षिण एशियामै उत्कृष्ट रहेको बुझिन्छ । नेपालको कठिन भूगोलमा पनि कुशलतापूर्ब हवाइ सेवा संचालन भैरहेको असल अभ्यास र सफलताका कथाहरु सार्बजनिक हुनुपर्छ । नेपालका आन्तरिक एयरपोर्टहरु संख्यात्मक हिसावले करिब ९० प्रतिशत नोक्सानीमा संचालित छन् । त्रिभुवन विमानस्थल लगायतका केही सुगमस्थानका विमानस्थलको आम्दानीले अन्य दुर्गमस्थानमा विमानस्थल संचालन भैरहेका सूचना सार्बजनिक हुदा प्राधिकरणप्रतिको नागरिकको धारणा सकारात्म बन्ने हुन्छ । हाम्रो मुलुकभित्रका हवाइृ जहाजको सिट क्यापासिटी कति छ र एयर फेर रेन्ज कसरी निर्धारण गरिन्छ भन्ने मापदड वा सूत्रका बारेमा नागरिकलाई सुसुचित गर्दा हाम्रो विश्वसनीयता बढेर जान्छ ।

नेपालमा ह्यांगरको सुविधाके छ ? कुन कुन विमानस्थलमा प्mयूल राख्ने सुविधाछ ? आकष्मिक अबतरणको प्रबन्ध कस्तो छ ? दमकको सेवा र उद्धारको प्रबन्धका बारेमा समय समयमा कलेजका बिद्यार्थीलाई अबलोकन भ्रमण मार्फत जानकारी दिन सकिन्छ । यसरी श्रृजनशीलताबाट हाम्रो सांख उच्च हुन मद्धत पुग्दछ । ईयूले नेपाललाइृ कालो सूचीमा राखेको छ । यसलाइृ हटाउन नेपालबाट पहल भै रहेको छ । यस्का प्रगति सार्बजनिक हुनुपर्छ । नेपालले कैयौं मुलुकसंग हवाइ सेवा संचालनको संझौंता गरेको छ । यस्को लाभ पक्षका बारेमा नेपाली नागरिकलाई सुसुचित गर्नुपर्छ । हाल मुलुकका केही विमानस्थल बन्द भएका छन्, केही स्थानमा नयां विमानस्थल निर्माण भैरहेका छन् । यस सन्दर्भमा प्राधिकरणले आप्mनो दूरदृष्टि सार्बजनिक गर्दा अन्यौंलता हटन मद्धत पुग्छ । हाल मुलुकमा तीन तहका सरकार क्रियाशील छन् ।
यस स्थितिमा प्रदेश सरकार र स्थानीय सरकारले पनि एयरपोर्ट निर्माण गर्ने र संचालनमा ल्याउने इृच्छा प्रकट गरेमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कस्तो भूमिका निर्बाह गर्ने भन्ने विषयमा समयमै बुद्धिबिलासको अभ्यासको थालनी गर्नुपर्छ । यी सबै कार्यबाट नेपालको हवाइ सेवा गुणस्तरीय, विश्वसनीय, भरपर्दो, सर्बसुलभ र किफायती भै आम हवाई यात्रुबाट स्यावासी पाउन योग्य हुनेछ ।

 

(Visited 26 times, 1 visits today)
Loading comments...