बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नेपाली महिला टोली फाइनलमा

राजधानी समाचारदाता
1 week ago
11/09/2019

काठमाडौं। नेपाली महिला फुटबल टोलीले मंगलबार ताजकिस्तानलाई १–० ले हराउँदै  किर्गिस्तान जारी नादेझ्दा कपको फाइनलम पुगेको छ । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाउन सक्षम भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रा भण्डारीले नेपालको जितमा निर्णायक गोल गरेकी थिइन् । गीता रानाको फ्रिकिकलाई सावित्राले हेड गोल गर्दै टिमलाई विजयी गराइन् ।

। प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । किर्गिस्तानविरुद्धको पहिलो खेलमा उनले ४ गोल गरेकी थिइन् । नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ ले हराएको थियो । उज्वेकिस्तानसँग भने २–० ले पराजित हुन पुगेको थियो । राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 

 

(Visited 34 times, 1 visits today)
Loading comments...