बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

लोयल्टी च्याम्पियन

राजधानी समाचारदाता
1 week ago
11/09/2019

 

काठमाडौं ।  लोयल्टी एकेडेमीले दोस्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा भएको फाइनलमा लोयल्टीले योङ हाटर््सलाई १–० गोलले पराजित ग¥यो । लोयल्टीका तेन्जिङ दोर्जे तामाङले निर्णायक गोल गरे ।

प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमार छेवाङ तामाङ उत्कृष्ट गोलरक्षक र लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताभर ४ गोल गरेका योङ हार्ट्सका दावा तामाङ सर्वाधिक गोलकर्ता बने । डाफोडिलले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई एन्फा फुटसल कमिटीका को–ओर्डिनेटर दावा लामा, विद्या संस्कारका संस्थापक निर्देशक एवं प्रिन्सिपल सुधिरकुमार झा, विद्या संस्कारका निर्देशकद्वय राजेश अधिकारी र सुरेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १६ टिम सहभागी थिए ।

(Visited 10 times, 1 visits today)
Loading comments...