बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नेपालको ऐतिहासिक जित

राजधानी समाचारदाता
1 week ago
11/09/2019

अन्जन बने नायक

काठमाडौं। अन्जन विष्टको उत्कृष्ट प्रदर्शनमा नेपालले चाइनिज ताइपेइलाई विश्वकप छनोटअन्तर्गत मंगलबार भएको खेलमा २–० ले हराएको छ । ताइपेइकै मैदानमा विष्टले नै दुवै गोल गरेका थिए । कतार विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालको यो ऐतिहासिक जित हो  यसअघि नेपालले दोस्रो चरणको खेलमा जित निकाल्न सकेको थिएन । फिफा वरियताामा १३५औं स्थानमा रहेको ताइनिज ताइपेइलाई १६६औं स्थानमा रहेको नेपालले खेलको सुरुवातदेखि नै लय समातेको थियो । यसअघि कुवेतविरुद्धको खेलमा लज्जास्पद हार भोगेको नेपालले मंगलबार भने सम्झनलायक खेल पस्कियो ।

खेल सुरु भएको तेस्रो मिनेटमा २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा अन्जन विष्टले पहिलो गोल गरेका थिए । डिफेन्स लायन बलियो रहेकाले ताइनिज ताइपेइको आक्रमण बुन्ने प्रयास विफल भएको थियो । शिक्षक कालिनले कुवेतविरुद्ध खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए ।  अन्जन, डिफेन्समा रजिन धिमाल र दिनेश राजवंशीलाई खेलाएका थिए ।

त्यसैगरी, काउन्टर अट्याकमा सुजल श्रेष्ठको पासमा अनमार्क रहेका अन्जनले अवसरको सदुपयोग गर्दै खेलको ६३औं मिनेटमा दोस्रो गोल गरे । जित पछि नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो । विश्वकप छनोटमा नेपालको यो पहिलो जित हो । नेपालले अब १० अक्टोबरमा क्यानबेरामा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

 

(Visited 98 times, 1 visits today)
Loading comments...