बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नेपालले यूएईलाई हरायो

राजधानी समाचारदाता
1 week ago
11/09/2019

काठमाडौं। नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई १ सय ६० रनले हराएको हो ।  २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय २५ रनमा समेटेको थियो ।

 

यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर रित गौतमर र पवन सरार्फ शून्य रनमा आउट भएका थिए । तर, कप्तान रोहितकुमार पौडेलले सार्वाधिक ६७ रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए ।  तल्लोक्रममा रासिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गरे । रासिद खानले ४४ रन, ऐरीले ४१ रन जोडे । आसिफ शेखले ४५ रन जोडे । भीम सार्की १ रनमा आउट भए । सन्दीप जोरा ४८ र कुशल मल्ल २२ रन जोडेर आउट भए । यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।

 

रोहितकुमार पौडेल म्यान अफ दि म्याच

 

युएईका लागि अरविन्दले सर्वाधिक २८ रन जोडे । नेपाली बलरसामु यूएईका खेलाडीले टिकेर खेल्न सकेनन् । नेपालका लागि सागर ढकालले ७ ओभरमा २ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै, पवन सरार्फ, सूर्य तामाङ र रासिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै, कमलसिंह ऐरीले १ विकेट लिए ।

 

 

 

 

(Visited 65 times, 1 visits today)
Loading comments...