बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

बागलुङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

नवीन शिशिर
1 week ago
11/09/2019

बागलुङ । बागलुङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यान्वयन हुने भएको छ । बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा परियोजना संचालन हुने गरी सोमबार परियोजना सहयोग इकाईसँग सम्झौता भएको छ ।

आगमी मंसिरदेखि संचालन हुने परियोजना सम्झौतामा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, जैमिनी नगर प्रमुख इन्द्रराज पौडेल र काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापा तथा परियोजना सहयोग इकाईबाट सिता घिमिरेले हस्ताक्षर गरे ।

नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास (स्वीस इन्टरको अपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेश्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना संचालनको लागि बागलुङमा सहयोगी संस्थामार्फत काम गर्ने सहमति भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

सहमति अनुसार परियोजनालाई संयुक्त रुपमा एउटै सेवा प्रदायक संस्थामार्फत कार्यान्वयन गर्ने र मुल्याकन उपसमितिले प्रचलित खरिद ऐन, नियम, निर्देशिका तथा उपलब्ध खरिद कार्यविधिको अधिनमा रही स्थानीय सेवा प्रदायक संस्था छनौट सिफारिस गर्नुपर्ने छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना (सामी) परियोजनाको लागि चार स्थानीय तहलाई ७४ लाख भन्दा बढी रकम विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले जानकारी दिए ।

परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्थपना कार्यक्रम गर्ने छ ।

सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र स्थापना गर्ने, जिल्ला प्रशासन कार्यलयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्ने जस्ता काम हुने छन । सामि परियोजना २०७९ असार ३१ गतेसम्म संचालन हुने छ ।

(Visited 34 times, 1 visits today)
Loading comments...