बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

पहिरोले सभाखोला थुनियो, बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा

भविन कार्की
1 week ago
11/09/2019

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ । आज दिउँसो बर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो ।

दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बिचमा रहेको फाक्सीबुकमा ताल बनेको छ । करिब सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए ।

पहिरोले ताल बनाएका कारण गाउँपालिका केन्द्र रहेको बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको उनले बताए । त्यस क्षेत्रमा लगातार पानी परिरहेको छ । पहिरोले सभाखोला थुनिएपछि तिन सय मिटर लामो ताल बनेको छ । वडाध्यक्ष पौडेलका अनुसार त्यस क्षेत्रमा पानी परिरहेको कारण ताल कुनै पनि बेला फुट्ने सक्ने अवस्था रहेको बताए । बाह्रविसे बजार र खोला किनारमा रहेका १ सय घर जोखिमा पर्न उनको भनाइ छ । घटना स्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदलमा पर्छ ।

(Visited 42 times, 1 visits today)
Loading comments...