शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

नियन्त्रण बाहिरको डेंगु संक्रमण

डा. प्रकाश बुढाथोकी
1 month ago
12/09/2019

 

डा. प्रकाश बुढाथोकी

चिकित्सक डा. सन्दुक, मन्त्री चन्द्रप्रकाश, नेता बामदेब गौतम एकपछि अर्काे डेंगु संक्रमित भएको, अस्पताल भर्ना भएको जस्ता खबरले छापा भरिएका छन्, संचारमा प्रसारित भएका छन् । डेंगु नियन्त्रणका लागि सचेतनामा मन्त्रालय, महाशाखा र स्थानीय पालिकाहरु उत्रिएका समाचार त्यतिकै ब्याप्त छ । तथापि संक्रमण घट्नको साटो दिन प्रति दिन बढोत्तरीमा छ ।
मन्त्रालयले सरुवा रोगमा निशुल्क उपचारको घोषणा गर्दिएपछि ज्वरो आउने सवै अस्पतालमा आउँदा भीडको ब्यवस्थापन नै प्रमुख समस्या बन्ने गरेको छ । टेकुस्थित सरुवा रोग अस्पतालको भीड, अनेकन अस्पतालमा भर्ना भएका बिरामी र समाचारमाध्यमका तथ्यांक केलाउँदा महामारी नै फैलिसकेको भान हुन्छ । नेपालमा सामान्यतया तराइमा मात्र देखिने यो रोग पहाडमा र प्रीमनसुनदेखि नै देखिन थालेपछि स्वास्थ्य क्षेत्र थप गम्भीर छ ।
बिगत केही दशकदेखि विश्वभर नै रोगको संक्रमण बढ्दै छ, बितेको ५० वर्षमा डेगुंको संक्रमण ३० गुणाले बढी १२८ देशका ३ अर्ब बढी जोखिममा छन । बार्षिक करोड बढीमा संक्रमण भई २० हजार बढीको मृत्यृ हुने गर्दछ ।
नेपालमा यस वर्ष ३० बैशाख, २०७६ मा सुनसरीको धरानबाट सुरु भएको डेंगु हाल उपत्यका लगायत देशभरका ५६ जिल्लाका दशौं हजारमा संक्रमण ब्याप्त भइसकेको छ, २१ जनाको मृत्यृ भइसकेको छ । यस सरकारी तथ्यांक अण्डर रिर्पाेटिङ हो । वास्तविकतामा संख्या कम्तिमा दुईगुणा बढी छ ।

उपत्यकामा बढी जोखिम

लामखुट्टेको बंशाणुगत नभई एडाप्टिभ परिवर्तनले उच्च पहाड चढ्दै गएपछि दक्षिणपूूर्व एसियामा यो संक्रमण चुनौतीका रुपमा देखिदैछ । किटजन्य रोग कूल संक्रामक रोगको १७ प्रतिशत छ । डेंगु फैलाउने एडिस लामखुट्टे प्रशस्त पाइन्छ । सबैभन्दा बढी जनघनत्व भएको सहर हो ।तराईबाट आउने सवारी, भारत मलेसियाबाट आउने हवाई सवारी साधनको अत्यधिक चाप, यत्र तत्र फालिएका रबरका टायर, ड्रम, प्लाष्टिकका सामान र पानीको काकाकुल सहर भएकाले जम्मा गरी राख्ने भएकाले जोखिम बढी छ । अस्पतालका चिकित्सक, पियन र स्वास्थ्यकर्मी समेतमा डेंगु देखिएकाले अझै रोकथामका लागी स्व—सचेतना नपुगेको र सचेतना भएकामा पनि लापरवाही गर्ने गरेको प्रष्टै हुन्छ ।

रोग

डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीब्र संक्रमणले डेंगु रोग लाग्दछ । लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिने डेंगु रोग तीन दिनमै नरम हु“दै जाने भएकोले यसलाई तीन दिने ज्वरो पनि भनेको देखिन्छ । चिकित्साशास्त्रअनुसार जीवनकालमा यसको संक्रमण एकपटक मात्र हुन्छ । विषाणुको संक्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्टाउन नसकिने ज्वरो, डेंगु ज्वरो (डी.एफ.), डेंगु हेमोरेजिक ज्वरो (डी.एच.एफ.) वा रगतको प्लाज्मा बाहिरिएर डेगु शक सिन्ड्रोम (डी.एस.एस.) प्रकारको हुन सक्छ ।
भाइरसले प्लेटलेटलाई आक्रमण गरी रगत जम्ने प्रक्रिया अव्यस्थित गराई बाह्य तथा आन्तरिक रक्तश्राब बनाउ“छ । क्लासिक डेंगु सामान्य प्रकारको हो र आफै निको हुन्छ, जटिलता आए मृत्यु २ प्रतिसतसम्म । यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यृ ५० प्रतिशतसम्म पुग्छ ।

 

 

मानिसबाट मानिसमा नसर्ने डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकोले लामखुट्टेको टोकाइबाटै जोगिनु तथा लामखुट्टेको सवंश अण्डा, लार्भा, प्युपा निर्मुल गर्नुपर्ने नै समग्रमा रोकथाम हो

लामखुट्टेको बंशाणुगत नभई एडाप्टिभ परिवर्तनले उच्च पहाड चढ्दै गएपछि दक्षिणपूूर्व एसियामा यो संक्रमण चुनौतीका रुपमा देखिदैछ

 

 

भी.आई.पी. लामखुट्टे

मानिसमा डेंगुको संक्रमण डेंगु विषाणुबाट संक्रमित पोथी लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट लाग्दछ । सफापानीमा बस्ने भएकाले यस लामखुट्टेलाई भी.आई.पी. लामखुट्टे पनि भनिन्छ । लामखुट्टे बिना मानिसबाट मानिसमा डेंगु रोग सर्दैन पनि र सबै लामखुट्टेले टोक्दैमा पनि रोग लाग्दैन । यस लामखुट्टेले सुर्योदय भएको २ घण्टा पछि मध्यान्तरसम्म वा दिउ“सो मात्र प्राय टोक्दछ । बाघ जस्तै टाटेपाटे देखिने भएकाले एसियन टाइगर पनि भनिने यस लामखुट्टेले टोकेपछि मानिसलाई टोकेको स्थानमा चिलाउ“छ ।

लÔण

आर्थिक सामाजिक र शैक्षिकरुपले विपन्नवर्ग अत्यधिक पीडित हुने यस रोगमालामखुट्टेले टोकेको अर्थात भाइरस पसेको ५ देखि ८ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आ“खापाक्ने, रुघाखोकी लाग्ने लक्षणहरु देखिन्छन ।
ज्वरो, विमिरा र टाउको वा शरीर दुख्ने डेंगुको त्रिभुज हुन । बढी पीडित हुनेमा बालबालिका र बृद्धबृद्धा हुन् । एक्कासी चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आ“खाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी र जोर्नी दुख्न थाल्छ ।
टाउको र आ“खा दुख्ने, टाउको तथा आ“खाको नानीको चालले शुरु गराउने तथा बढाउने गर्दछ । आ“शु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमिठो हुने, स्वाद हराउने, तीतो स्वाद आउने, वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ । मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, विविरा, फोका र डावर देखिन्छ र क्रमशः हराउ“छ । नाक, गिजा, योनी र आन्द्राबाट रक्तश्राव हुने गर्दछ ।
डेंगु विषाणु संक्रमणको कडा रुपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तश्रावका लक्षण देखापर्दछन् जसलाई डी.एच्.एफ्. भनिन्छ । रक्तश्राव भइ रक्तश्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्दछ । जीवन्तअ∙हरुमा असर परी डी.एस.एस.शक हुनसक्छ ।

ब्यवस्थापन÷रोकथाम

कुनै पनि किसिमको पानी जम्ने ठाउ“, प्राकृतिक, अप्राकृतिक भा“डाहरुलाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गनुपर्दछ । घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा किटनाशक झुलको प्रयोग गर्ने, पंखा, एयर कुलर, एयर कण्डिसन प्रयोग गर्ने गर्नुपर्छ ।
जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने, घर बाहिर जा“दा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित Ôेत्र मा जा“दा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रंगको कमिज र पैन्ट लगाउनुहोस् । जनचेतनामा अभिवृद्धि गरी हरेक घरले लामखुट्टेको अण्डा, लार्भा नहुने बातावरण सिर्जना गर्नुपर्दछ । तसर्थ स्वास्थ्य मन्त्रालयले रोगको उपचार त गर्नसक्ला, तर रोग नियन्त्रण गर्न काबुबाहिर भएकाले बहुक्षेत्रीय पहल जरुरी छ ।

उपचार

संक्रमण भाईरल भएकोले यसको रामबाण औÈधी र उपचार हुदैन,२ हप्तामा रोग आफै निको हुन्छ । जटिलता रोक्न लाÔणीक उपचार मात्र गरिन्छ । रगत चढाउन भन्दा झोलिलो,सफा पानी हरेक ४ घण्टामा पीसाब आउने गरी पीउनु पर्दछ ।एण्टिबायोटिक र एस्प्रिन,ब्रुफेन जस्ता औषधी खानहुदैन । डेंगुको खोप विकसित देशमा उपलब्ध भए पनि हामी कहा“ छैन ।

किन नियन्त्रणमा आउनसकेन

धरानबाट फैलिएको संक्रमण नियन्त्रणमा आउन नसक्नुका कारणहरुमा बर्षायामपछि देखिने लामखुट्टे बैशाख जेठपछिको हल्का बर्षापछि सक्रिय,संघीय सरकारको समयमै सक्रियता नहुनु, तीन तहको सरकारबीचको दोषारोपण तथा समन्वयतामा कमी, अनुगमन तथा सुपरीवेक्षण प्रभावकारी नहुनु, बजेट बिनियोजन प्रयाप्त नहुनु, स्वास्थ्यको समायोजन समयमा नहुनु र विशेषज्ञ जनशक्ति फाजिलमा राखिनु, सर्वसाधारणमा जनचेतनाको कमी हुनु, समुदाय सक्रिय नभई निष्क्रिय रहनु, अन्धाधुन्ध नियन्त्रण प्रयास गर्नु (फगिङ, पानी र मट्टितेल मिसाई दमकलबाट छर्कने ) र विशेषज्ञको राय नलिनु पर्दछ ।
अन्तमा, मानिसबाट मानिसमा नसर्ने डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकोले लामखुट्टेको टोकाइबाटै जोगिनु तथा लामखुट्टेको सवंश अण्डा, लार्भा, प्युपा निर्मुल गर्नुपर्ने नै समग्रमा रोकथाम हो ।
लामखुट्टे नष्ट गरेपनि लार्भा र अण्डा नष्ट नगर्दासम्म डेगुं नियन्त्रणमा नआउने सबैलाई ज्ञात हुन जरुरी छ । लामखुट्टेका साथ अण्डा, लार्भा नष्ट गर्न सवैको उन्मुखकता जरुरी छ । धन र जनको क्षति न्युनिकरण गर्न सरसफाई र जनचेतना लिन र दिन हामी सबै बिभिन्न तह र तप्कामा लाग्नुपर्दछ ।

 

(Visited 36 times, 1 visits today)
Loading comments...