शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

पाइपलाइनको सफलतापछिको उमंग

राजधानी समाचारदाता
1 month ago
12/09/2019

बहुप्रतिष्ठित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ । दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ भित्रने कार्यको सफलतासँगै आम जनतामा केही राहतको अनुभूति हुन थालेको छ । यो कार्यको सफलतासँगै सरकार पनि केही हदसम्म सफल भएको देखिएको छ भने जनतामा उमंग देखिएको छ ।
सरकारले निर्धारण समयभन्दा पहिला नै यो परियोजना सकेर राम्रो सन्देश दिएको छ । ३० महिनाको लक्ष्य राखिएको
यो परियोजना १८ महिनामा नै सकेर नेपाल आयल निगमको नेतृत्वले उदाहरणीय सफलता हासिल गरेको छ । पाइपलाइन
सञ्चालनमा आएसँगै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यसमेत घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा २–२
रुपैयाँ घटाइएको छ । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी खर्चमा निकै कटौती हुनेछ । जसका कारण पेट्रोलियम पदार्थमा मूल्य अझै घटेर जानेछ । पेट्रोलियम पदार्थमा जति मूल्य घट्यो त्यति नै मात्रामा जनताले राहतको अनुभूति गर्दै जानेछन् । यसरी, जनतालाई राहतको अनुभूति दिलाउने कार्यमा सरकारका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ ।

भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने योजना सन् १९९५ देखि नै सुरु भएको हो । तर, त्यसयता बनेका
सरकार अस्थिर हुँदा सो योजना कार्यान्वयनमा आउन सकेको थिएन् र अस्थिर सरकारले त्यस्ता महइभ्वपूर्ण योजनालाई कार्यान्वयनमा ल्याउने तदारुकता पनि देखाउन सकेनन् । जसका कारण समग्र देश र जनताका लागि हित पु¥याउने सो योजना वषार्सै म्म अलपत्र रहदँ ैआया े। विगतका अस्थिर सरकारल ेयस्ता कैयांै योजनालाई व्यावहारिक रूप प्रदान गर्न नसक्दा मुलुकले धेरै अवसर गुमाउँदै आएको वास्तविकता हामीसँग छ । लामो समयपछि मुलुकले स्थिर सरकार पाएको छ । यही स्थिर सरकारकै कारण अन्तरदेशीय पाइपलाइको योजना पनि सफल हुन सकेको हो । त्यसैले विकास र समृद्धिको लागि राजनीतिक स्थिरतासहितको स्थायी सरकार आवश्यक पर्ने रहेछ भन्ने पुष्टिसमेत यो परियोजनाको सफलताले गरेको छ ।
विगतमा सानातिना समस्याले पनि सातौ दिनसम्म पेट्रोलियम पदार्थको अभाव हँुदा सिंगो मुलुक र मुलुकवासीले धेरै प्रकारका समस्या भोग्न बाध्य हुने गरेका थिए ।

पाइपलाइनबाट पेट्रोल आउने प्रणालीको विकास भएसँगै अब पेट्रोलियमको अभावसम्बन्धी समस्या सधंैका लागि अन्त भएको छ । भारत र नेपाल एक असल छिमेकी राष्ट्र भएकाले यी दुई देशको सम्बन्ध सदियौ वर्षसम्म सुमधुर र आत्मीय हुन
जरुरी छ । यही सुमधुर सम्बन्धको जगमा एक देशले अर्को देशलाई आवश्यकताअनुसार सहयोग र सद्भाव दर्शाउन दुवै
पक्ष चुक्नु हुँदैन । नेपालले त कुटनैतिक प्रयासमार्फत विकास र समृद्धिका लागि भारत सरकारबाट धेरै सहयोग जुटाउन
सक्नुपर्छ । यस्तै, सहयोग अन्य मित्रराष्ट्रबाट पनि जुटाउन सक्नुपर्छ । पाइपलाइन भारतबाट नेपाल ल्याउन भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी र सिंगो भारतीय सरकारले खेलेको भूमिका पनि प्रसंसनीय छ । भारतबाट ल्याइएको यो पाइपलाइन प्रणालीलाई निरन्तरता दिनुपर्छ । कुनै पनि बहानामा यो प्रणालीलाई टुट्न दिनु हँुदैन । सरकारले यसरी नै जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी विकास र राहतका अन्य योजना र कार्यक्रम पनि सफल बनाउन सक्नुपर्छ । यसो गर्न सकिएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेका मूल्य र मान्यता सहज रूपमा जनताको घरदैलोमा पु¥याउन सकिन्छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...