बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

लैजाउँला घुमाउन ठमेल बजार

 मधुजंग पाण्डे
4 days ago
14/09/2019

मधुजंग पाण्डे

 

लैजाउँला घुमाउन ठमेल बजार

ट्याउसी चढाउ“दै

लाइदिउ“ला चोखो पियार…

गएका वर्ष यो गीत खुबै चल्यो । गीत त्यसै चलेको भने होइन । ठाउ“ आफैंमा ऐतिहासिक र विश्व पर्यटकीय गन्तव्य भएकै कारण पनि गीतले दर्शक–श्रोताको मन तनक्कै तान्यो ।

मुलुकको मुख्य पर्यटकीय क्षेत्र ठमेललाई थप व्यवस्थित बनाई विदेशी पर्यटक आकर्षित गर्न स्थानीय अगुवा कम्मर कसेर लागिपरेका छन् । प्राचीनकालमा स्थानीयले थः बहिल अर्थात् सबैभन्दा जेठो विहार भन्ने गरेकोमा ‘थःबहिल’ अपभ्रंश भई ठमेल भएको हो । यो ठाउँ ठमेल नामले चिनिन थालेको पनि करिब ७०–८० वर्ष भइसकेको स्थानीय बताउँछन् ।

काठमाडौं–२६ वडाका पूर्वअध्यक्ष तथा भगवानबहाल स्पोर्ट्स टिम क्लबका सल्लाहकार विश्वम्भरलाल प्रधानका अनुसार स्थानीय सक्रियतामा १२ वैशाख २०७२ को भूकम्पबाट क्षति भएको धार्मिक एवं ऐतिहासिक महŒव बोकेको गाःहिटी (गहिरो) ढुंगेधारा पुनर्निर्माण भएको छ ।

अहिले भगवानबहालस्थित विक्रमशील महाविहारको जीर्णोद्वार एवं पुनर्निर्माण भइरहेको छ । महाविहार जीर्णोद्वार एवं पुनर्निर्माणमा काठमाडौं महानगरपालिका, स्थानीय र गुठीको सहयोग छ । काठमाडौं महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले महाविहार जीर्णोद्वार एवं पुनर्निर्माणका लागि कामनपाले यो वर्ष डेढ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

उनले गत वर्ष पनि भगवानबहाल क्षेत्रभित्रका मन्दिर बनाउन १ करोड बजेट दिएको जानकारी दिए । काठमाडौं–१६ वडाध्यक्ष मुकुन्द रिजाल यो क्षेत्रको हरेक संरचना विस्तारसहित सम्पूर्ण सुविधायुक्त अत्याधुनिक ठमेल बनाउन चाहिरहेको बताउ“छन् ।

अहिलेसम्म यहाँ अपेक्षाकृत विकासका काम नभएको भन्दै उनले अझै ठमेलका पर्यटकीय सेवा सरलीकृत बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताए ।  यसैगरी, ठमेल पर्यटन विकास परिषद् अध्यक्ष प्रकाशनरसिंह राणाले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’को लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने उद्देश्यले यहाँका सम्पूर्ण पर्यटकीय सेवा थप सहज र बलियो बनाउने कार्यमा आफूहरू जुटिरहेको बताए । उनले विभिन्न मुलुकबाट आउने पर्यटकलाई लक्षित गरी काठमाडौं महानगरसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र र सार्वजनिक शौचालय बनाउने तयारी भइरहेको जनाए ।

स्थानीय अगुवा प्रधान, तिवारी र राणाका अनुसार अहिले केन्द्रीय राजधानीको मुख्य पर्यटकीय बजार ठमेल क्षेत्रलाई पर्यटकीय वातावरणले भरिपूर्ण बनाउन अहिले आफूहरूले यहाँको विभिन्न पुराना सम्पदाको संवद्र्धन गरी ठमेलका हरेक सेवालाई अत्याधुनिक र सुविधासम्पन्न बनाउने अभियानमा जुटिरहेको बताए ।

उनीहरूले अहिले आफूहरूले यहाँ आउने विदेशी पर्यटक मात्र नभएर ठमेल क्षेत्रभित्र विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी, घरधनी र स्थानीय कसैलाई पनि मर्का नपर्ने गरी ठमेलको हरेक विकासका गतिविधिमा आफूहरू सक्रिय रूपमा लागिरहने बताउँदै आएका छन् ।

ठमेलका स्थानीय एवं भगवानबहाल स्पोर्ट्स टिम क्लब अध्यक्ष अनिल श्रेष्ठले पनि अहिले आफूहरूले यहाँका लोप हुँदै गरेका पुराना ऐतिहासिक सम्पदा संवद्र्धनमा स्थानीयलाई जागरुक गराउने काम गरिरहेको बताए । उनले पर्यटकीय हब ठमेलभित्रका सांस्कृतिक सम्पदा बचाएर अत्याधुनिक सहर बनाउने अग्रजको अभियानलाई निरन्तर साथ दिने बताए ।

 

मुलुकको मुख्य पर्यटकीय क्षेत्र ठमेललाई थप व्यवस्थित बनाई विदेशी पर्यटक आकर्षित गर्न स्थानीय अगुवा कम्मर कसेर लागिपरेका छन्

 

पर्यटकीय बजार ठमेल थप व्यवस्थित र मर्यादित बनाउन लागिरहेका अगुवाका अनुसार यस क्षेत्र छिर्ने सवारीसाधन व्यवस्थापन गरी स्थानीय सरकार, महानगरीय प्रहरी, पर्यटक प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त सहकार्यमा थप सुरक्षित र व्यवस्थित बनाउने काम भइरहेका छन् ।

ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकताअनुसार सवारी साधन व्यवस्थापन र ठमेलभित्र धेरै धुवाँ निकाल्ने सवारीसाधनमा प्रतिबन्ध लगाउने काम भएको अवस्था छ । सवारी साधनको कडाइ“सँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा न्यूनीकरण प्रयास जारी छ ।

पर्यटन विभागसँगको सहकार्यमा ठमेल क्षेत्रलाई संसारकै ‘नमुना सहर’ बनाउन विभिन्न स्थानीय क्लब र समितिमार्फत विकासका काम अघि बढिरहेका छन् । पर्यटक सेवा र सुविधा थप प्रभावकारी बनाउने उद्देश्यसाथ केन्द्र स्थापना गरिएको छ । केन्द्रमा आवश्यक सूचना लिन निःशुल्क ११४४ नम्बरको हटलाइन सेवा लिन सकिने व्यवस्था छ ।

 

पुनर्निर्माणपछिको गाःहिटी

महानगरको ८० र स्थानीयको २० प्रतिशत सहयोगमा १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धार्मिक एवं ऐतिहासिक महŒव बोकेको काठमाडौं–२६ स्थित गाःहिटी ढुुंगेधारा पुनर्निर्माण भएको छ । यस क्षेत्रको पुरानो एवं पुराताŒिवक महŒवको ढुुंगेधारा छोटो समयमा पुनर्निर्माण सम्पन्न भएको थियो । यो धाराको जीर्णोद्वार एवं पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिका र स्थानीय गरी करिब ४० लाख रुपैयाँमा खर्च भएको थियो ।

पुराताŒिवक महŒवको पुनर्निर्माणका लागि दाताको मुख ताकेकै कारण काम कम भएको अवस्थामा स्थानीय अग्रसरतामा प्रस्तुत पुनर्निर्माणका लागि ‘हामी आफैं गर्न सक्छौं’ भन्ने प्रमाण धारा पुनर्निर्माणले उदाहरण प्रस्तुत गर्न सफल भएको छ । त्यसबेला गाःहिटी पुनर्निर्माण समिति संयोजक भवी शर्मा थिए ।

‘आफ्नो ठाउँ आफैं बनाउने’ उद्देश्यले पर्यटकीय क्षेत्रको सांस्कृतिक संरचना पुनर्निर्माणमा आफूहरू जुटेको ठमेल गाःहिटी युवा क्लबका अध्यक्ष जाफर हुसेन बताउ“छन् । यस धाराको ऐतिहासिक पक्षमा भन्नुपर्दा गाःहिटी कहिले स्थापना भएको हो भन्ने तथ्य÷अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर, गोही मुखाकृतिबाट पानी आउने गहिरो ढुंगेधारा लिच्छविकालीन शैली भएकाले धारा पनि लिच्छविकालमै निर्माण भएको अनुमान गर्न सकिन्छ । यससँग सम्बन्धित अर्को तथ्य निनी द्यः अर्थात् फुपू देवता पनि हो ।

करिब दुई रोपनी क्षेत्रफल ओगटेको गाःहिटीमा चार ढुुंधारा छन््, जसमा नियमित पानी आइरहन्छ । यस धारामा आउने पानीको मुहान कहाँ हो, यस्तो घना सहरभित्रको धारामा अझै कसरी नियमित पानी आइरहन्छ भन्नेबारे खोजीकै विषय बनेको छ । अझ चाखलाग्दो विषय त के छ भने गाःहिटी रहेको स्थान काठमाडौंंका अग्ला स्थानमध्येमा पर्छ । यति भईकन पनि यस धारामा बाह्रै महिना पानी आइरहन्छ ।

 

 

अत्याधुनिक ठमेल

 मुकुन्द रिजाल

अध्यक्ष, काठमाडौं–१६

वडा कार्यालयले ठमेललगायत आफ्नो क्षेत्रभित्र यही वर्ष मात्र १ सय ११ वटा काम गरेको छ । अहिले हामी काठमाडौंको प्रमुख पर्यटकीय बजार ठमेल क्षेत्रलाई के कसरी व्यवस्थित र आकर्षित बनाउन सकिन्छ भनेर लागिरहेका छौं । ठमेलको हरेक सडकमा झुन्डिएको तारलाई जतिसक्दो छिटो व्यवस्थापन गर्दै छौं । ठमेलसँगै यस वडाको सीमाभित्र रहेका सबै ठाउँको सडकबत्ती व्यवस्थापन गर्ने र नयाँ सडक निर्माण गर्ने कार्यमा निकै सफल भएका छौं ।

अहिले ठमेल, नयाँबजार क्षेत्र मात्र नभएर बालाजु बाइपास चोकभन्दा निकै तल दगुर्नेपानीसम्म र बालाजु चौकीदेखि बोहोराटार जाने सडक बाटोमा ‘स्ट्रिट लाइट’ जडान गरी रातभर झिलीमिली उज्यालो बनाइदिएका छौं । यो काठमाडौं महानगरभित्रको नमुना नै भएको छ । बालाजु पुलदेखि म्हैपी मन्दिर जाने पुरानो बाटो चौडा गरी निकै ठूलो बनाएका छौं । पुरानो ठमेल बजारको क्षेत्र थप विस्तार गरी नयाँबजारदेखि डल्लुसम्म नयाँ ठमेलको अवधारणा बनाउने कार्यमा जुटिरहेका छौं ।

स्थानीय सरकारको यस्तो चाहना र प्रतिबद्धताविपरीत नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले अहिलेसम्म यो वडा कार्यालयलाई भ्रमण वर्षका गतिविधिबारे कुनै जानकारी गराएको छैन । भ्रमण वर्ष संयोजक सुरज वैद्येले अहिलेसम्म काठमाडौं– १६ वडाध्यक्षलाई आफ्ना गतिविधिबारे जानकारी नगराउनु र आपसी सहकार्यका लागि सामान्य छलफलसमेत नचलाउनु राम्रो होइन ।

यस्ता कार्यले अझै पर्यटकीय पूर्वाधारका हिसाबमा ठमेल क्षेत्रको विकास हुनेछैन । नेपाल भित्रिएकामध्ये अधिकांश पर्यटक ठमेल आइपुग्ने भएकाले भ्रमण वर्ष सचिवालयले अहिलेसम्म स्थानीय निकायसँग समन्वय गर्न नसक्नु निकै आपत्तिजनक छ । यसले अब सरकारको भ्रमण वर्षको लक्ष्य प्राप्तिमा समेत गम्भीर असर पार्ने लागेको छ ।

भ्रमण वर्षमा निर्धारण गरिएको लक्ष्य प्राप्त गर्ने हो भने सरकारले ठमेलका पर्यटकीय पूर्वाधारमा विशेष जोड दिएर त्यहाँका व्यवसायीलाई पनि कुनै न कुनै सुविधा दिन सक्नुपर्छ । स्थानीय सरकारको सहकार्यबिना भ्रमण वर्षको लक्ष्य पूरा हुन असम्भव छ ।अहिलेको यस क्षेत्रको हरेक संरचनाको विस्तार गरी हामीले सम्पूर्ण सुविधायुक्त अत्याधुनिक ठमेल बनाउन चाहिरहेका छौं ।

 

पूर्वाधारमा धेरै काम

ख्यामराज तिवारी

अध्यक्ष, काठमाडौं–२६

काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय बजार ठमेल क्षेत्र थप व्यवस्थित र सुरक्षित बनाउन वडा कार्यालयले सडक कालोपत्रे, ढल निर्माण, बिजुली, इन्टरनेटलगायतका तार व्यवस्थित बनाउने, सीसीटीभी क्यामरा जडानलगायतका काम गरिरहेको छ । ठमेल पर्यटन विकास परिषद्सँगको सहकार्यमा वडाले व्यवस्थित सार्वजनिक शौचालय बनाउँदै छ । भ्रमण वर्षलक्षित ‘टुरिस्ट इन्फरमेसन सेन्टर’ स्थापना गरिएको छ । वडा कार्यालयको ठमेलस्थित पुरानो भवनमा दुई महिनादेखि सेन्टरबाट पर्यटकलाई सेवा दिइरहेका छौं ।

यसैगरी, ठमेलमा सवारीसाधन व्यवस्थापन र सीसीटीभी क्यामेरा व्यवस्थापन जारी छ । पर्यटन परिषद्सितको सहकार्य र सुझावका आधारमा हाल सञ्चालितभन्दा अझ नयाँ सीसीटीभी क्यामेरा थप तथा मर्मत गरिरहेका छौं ।

ठमेलका पुराना सम्पदा मर्मत तथा पुनर्निर्माणका लागि पनि धेरै पैसा खर्च गरेका छौं । अझै आवश्यकताअनुरूप खर्च भइरहेको छ । ठमेलको भगवहानबहालस्थित विक्रमशील महाविहार जीर्णोद्वार एवं पुनर्निर्माणका लागि कामनपाले यो वर्ष डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष पनि भगवहानबहाल क्षेत्रभित्रका मन्दिर बनाउन १ करोड बजेट दिएको थियो ।

असर नपार्ने विकास

 विश्वम्भरलाल प्रधान

पूर्वाध्यक्ष, काठमाडौं–२६

सल्लाहकार भगवानबहाल स्पोटर््स टिम क्लब

ठमेलको सम्पदा र संस्कृति जीवन्त राखी अहिलेको पर्यटकीय बजारका रूपमा विकास गर्न स्थानीयको महŒवपूर्ण भूमिका एवं योगदान छ ।

लामो समयदेखि संसारभर चिनिएको ठमेलको साखलाई कमजोर हुनबाट बचाउन हामीलगायत स्थानीयको सक्रियतामा २०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षति भएको धार्मिक एवं ऐतिहासिक महŒवको गाःहिटी गैह्री ढुंगेधाराको पुनर्निर्माण सम्पन्न भएको छ । यो अमृत साइन्स क्याम्पसपछाडि छ । यो धारालाई अहिलेको अवस्थामा ल्याउन स्थानीयले निकै मिहिनेत गरेका छन् ।

महाविहार जीर्णोद्वार एवं पुनर्निर्माणमा काठमाडौं महानगरपालिका, स्थानीय र भगवान् गुठीको सहयोग छ । अहिले हामीले अशोक गल्ली पुनः मर्मत गरिरहेका छौं । यसैगरी, गल्खोपाखास्थित नाट्यश्वरी र मन्जुश्रीको मन्दिर, नरसिंह चोकको छ्वासः अजिमा मन्दिर, ठमेल होटलसँगैको हरिनागको मन्दिर, त्रिदेवी मन्दिरलगायतका पुरानो सम्पदाको संरक्षणमा पनि हामी निरन्तर लागिरहेका छौं ।

स्थानीय प्रयासबाबजुद ठमेलको चाम बिस्तारै घटिरहेको छ । पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालित रात्रिकालीन व्यवसाय र बाहिरका मान्छेले आएर गरेका केही नकारात्मक कार्यले अहिले ठमेल क्षेत्रको पुरानो साख र चाम बिस्तारै घट्दै छ । यसप्रति सरकार र  स्थानीय निकाय तथा विभिन्न नेतृत्वदायी संघ÷संस्था गम्भीर हुनुपर्ने बेला भइसकेको छ ।

अहिले यहाँ तीन वटा ठुला पाँचतारे होटल सञ्चालित छन् भने हाल करिब ४ सय गेस्टहाउस तथा लज र रेस्टुरेन्ट छन् । योसँगै अहिले यहाँ हजारौं विभिन्न व्यापारिक फर्म तथा कम्पनी सञ्चालित छन् । यहाँ स्थायी रूपमा आफ्ना परिवार लिएर बस्दै आएकाले भोग्नुपरेको समस्याप्रति वर्तमान वडाध्यक्ष, स्थानीय निकाय र अन्य संघसंस्थाले सोच्नुपर्ने बेला आएको छ ।

अझै यसप्रति सम्बन्धित निकायको ध्यान गएन भने ठमेल क्षेत्र लुटपाटको थलो हुन बेर लाग्नेछैन । अब सरोकारवालाले स्थानीयलाई असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्ने व्यवस्था बनाइदिनुपर्छ । सम्बन्धित निकायले राम्रो ध्यान नदिएकै कारण बिनानक्सापास सात तलाभन्दा बढीको घर बनाइँदै छ । यसले पनि ठमेलको सुरक्षामा थप जोखिम निम्त्याएको छ ।

 

बलियो पर्यटकीय सेवा

प्रकाशनरसिंह राणा

अध्यक्ष, ठमेल पर्यटन विकास परिषद्

‘नेपाल भ्रमण वर्ष–२०२०’ को लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने उद्देश्यले यहाँका सम्पूर्ण पर्यटकीय सेवा थप सहज र बलियो बनाउने कार्यमा जुटिरहेका छौं । विभिन्न मुलुकबाट आउने पर्यटकलाई लक्षित गरी काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पर्यटक सूचना केन्द्र र सार्वजनिक शौचालय बनाउने तयारी भइरहेको छ ।

बिग्रिएका सडक र ढल मर्मत गरी ठमेलवासीलाई सबै समस्याबाट दीर्घकालीन रूपमा मुक्ति दिलाउने प्रयासमा लागिरहेका छौं । काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय बजार ठमेल क्षेत्र थप व्यवस्थित र सुरक्षित बनाउन हामी सम्बन्धित वडा कार्यालयमार्फत कालोपत्रे गर्ने, ढल निर्माण, बिजुली, इन्टरनेटलगायतका तार व्यवस्थित बनाउने, थप सीसी क्यामेरा जडानलगायत गरिरहेका छौं ।

परिषद्ले स्थानीय व्यवसायी एवं घरधनीको सल्लाह र सुझावका आधारमा ठमेलमा सुधारात्मक काम अघि बढाइरहेको छ । विदेशी पर्यटकलाई जतिसक्दो छिटो र सरलीकृत सेवा दिएर संसारकै आकर्षित नमुना पर्यटकीय सहर बनाउने अवधारणाअनुसार स्थानीय सरकार र सम्बन्धित सरोकारवालासँगको सहकार्यमा हातेमालो गर्दै अघि बढ्दै छौं ।

स्थानीय जागरुकता

  अनिल श्रेष्ठ

अध्यक्ष, भगवानबहाल स्पोटर््स टिम क्लब

अहिले हामीले यो क्लबमार्फत यहाँका लोप हुँदै गरेका पुराना ऐतिहासिक सम्पदा संवद्र्धनमा स्थानीयलाई जागरुक गराउने काम गरिरहेका छौं ।

पर्यटकीय हबका रूपमा विस्तार हुँदै गरेको ठमेलभित्रका सांस्कृतिक सम्पदा बचाएर अत्याधुनिक पर्यटकीय हब बनाउने अग्रजको अभियानलाई पनि हामीले निरन्तर साथ दिइरहेका छौं ।

यसैगरी, लोप हुन लागेका स्थानीय कला संस्कृतिलाई पुनर्जागरण गराउन यस क्षेत्रका वडा अध्यक्षहरू, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीसँगको सुझाव तथा स्थानीय बाजा खःल संस्थालगायतको सहकार्यमा पुनर्जागरण अभियानमा जुटिरहेका छौं ।

ठमेल पर्यटकीय हब मात्र नभएर सांस्कृतिक रूपमा पनि यहाँको गतिविधिबारे जानकारी गराउनु हाम्रो दायित्व हो त्यसैले अहिले हामी यस्तो काममा जुटिरहेका छौं । ल

(Visited 54 times, 4 visits today)
Loading comments...