बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड, ४० हजारले गरे अवलोकन

राजधानी समाचारदाता
4 days ago
14/09/2019

काठमाडौं। गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपोमा अवलोकनकर्ताको भीड लागेको छ । विगत तीन दिनदेखि सञ्चालित यस एक्स्पोको शुक्रबारसम्म ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

फर्नेक्स एक्स्पोका संयोजक मनीष अग्रवालले शुक्रबार बेलुकासम्म ४० हजारभन्दा बढीले अवलोकन गरेको बताए । ‘विगतजस्तै अवलोकनकर्ताको उल्लेख्य सहभागिताले हामी उत्साहित बनेका छौं । पाँच दिनमा ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने विश्वास लिएका छौं,’ अग्रवालले भने ।

उनका अनुसार बिहीबारसम्म ३० हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । एक्सपोको शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्सा कार्पेट र हलेसी डेकोर रहेका छन् ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सहयोग रहेको छ । यसैगरी, यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एसोसिएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बिमा पार्टनर एभरेस्ट इन्स्योरेन्सरहेको छ ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ । किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बनिरहेको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वस्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भिœयाउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी एक्स्पोको गत बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए । यस एक्स्पो आगामी आइतबारसम्म सञ्चालन हुनेछ । मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायीमार्फत ५ लाखभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

 

 

(Visited 25 times, 1 visits today)
Loading comments...