बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

चौथो मिस्टर भक्तपुर हुने

राजधानी समाचारदाता
4 days ago
14/09/2019

 

भक्तपुर । चौथो मिस्टर भक्तपुर तथा पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुने भएको छ । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा आउँदो असोज ३ र ४ मा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको प्रि– जजिङ राउन्ड असोज ३ गते क्लब डिस्प्यारोडोमा र फाइन यचु पार्टी प्यालेस थिमीमा हुने जानकारी दिएका छन् । सम्मेलनमा संघका अध्यक्ष बाबुकाजी मानन्धरले शारीरिक सुगठन प्रतियोगितामा ५५, ६०, ६५, ७० तथा ७० भन्दा माथि तौल समूह गरी जम्मा पाँच विधामा प्रतिस्पर्धा हुने जानकारी दिए ।

यस प्रतियोगिता जिल्ला भित्रकै क्वल संघ संस्थाबाट एक वजन समूहमा बढीमा दुई खेलाडी सहभागिता हुने र जम्मा १० खेलाडीसहित एक टिम म्यानेजरले सहभागिता जनाउन सकिने ब्यवस्था गरिएको जानकारी दिईएको थियो ।

महिला र पुरुष गरी दुई विधामा आयोजना गरिने उक्त प्रतियोगितामा जम्मा ५० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । मिस्टर भक्तपुरको उपाधिका हात पार्न सफल खेलाडीलाई पचास हजार नगद पुरस्कार प्रदान गरिनेछ । दोस्रोलाई २५, तेस्रोलाई २० र चौथोलाई १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ । पाँचौ स्थान पाउनेले १० हजार नगद पुरस्कार पाउनेछ । यस्तै, महिला एथलेटिक्स फिजिक्सतर्फ उपाधि हासिल गर्ने प्रथमका लागि पच्चीस हजार नगद स्वर्ण पदक प्रदान गरिनेछ ।

दोस्रोले १५ र तेस्रोले १० हजार नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको पहिलो संस्करणमा मिस्टर भक्तपुर रोशन मानन्धर भएका थिए भने दोस्रो संस्करणमा नरेश दिवाकर भएका थिए, यस्तै तेस्रो संस्करणमा रामेश्वर कुसी भएका थिए ।

(Visited 5 times, 1 visits today)
Loading comments...