बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

आर्मी र पुलिस समूह विजेता

राजधानी समाचारदाता
4 days ago
14/09/2019

काठमाडौं । उपाधिका दावेदार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब र प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्मी समूह ‘ए’बाट तथा पुलिस समूह ‘बी’बाट विजेताको रूपमा अपराजित रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो । समूह ‘ए’बाट अर्काे विभागीय टोली नेपाल एपीएफ क्लब तथा समूह ‘बी’ मा गण्डकी प्रदेशले समूह उपविजेताको रूपमा अन्तिम चारमा पुग्न सफल भयो ।

अब सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता एपीएफसँग तथा आर्मीले समूह ‘बी’ को उपविजेता गण्डकीसँग खेल्नेछ । पहिलो सेमिफाइनल बिहान १० बजे तथा दोस्रो सेमिफाइनल १ बजेपछि हुनेछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शुक्रबार समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३÷० को सेटमा हराउँदै अपराजित रह्यो । एक पक्षीय खेलमाा आर्मीले ढोरपाटनमाथि २५÷१४, २५÷१९ र २५÷२२ को सहज जित निकाल्यो ।

यता, निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले सुरुवाती सेट गुमाएर पनि गण्डकी प्रदेशमाथि ३–१ को जित निकाल्न सफल भयो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो सेट २९÷३१ ले गुमाएको थियो । उत्कृष्ट पुनरागमन गरेको पुलिसले दोस्रो सेट सहजै २५÷१२ ले सहजै आफ्नो पक्षमा पार्दै खेललाई १÷१ को बराबरीमा ल्याएको थियो । तेस्रो सेटमा पुलिस खेलमा पछि परे पनि २७÷२५ को जित निकाल्दै खेलमा २÷१ को अग्रता लिन सफल भयो । चौथो सेटमा पुलिस २५÷१९ को सेटमा विजयी भयो । शुक्रबारै समूहको खेलमा आयोजक प्रगतिशील युवा नेपालले गल्कोट स्पोटर््स क्लब टोकियो जापानलाई २५÷१९, २९÷२७, १९÷२५ र २७÷२५ को सेटमा पराजित गर्दै सन्त्वना जित निकाल्यो ।

प्रगतिशील युवा नेपालको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०÷१० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

 

 

 

(Visited 15 times, 1 visits today)
Loading comments...