बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

दोस्रो चन्द्रागिरि मेयर कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता

राजधानी समाचारदाता
4 days ago
14/09/2019

काठमाडौं  । दोस्रो चन्द्रागिरि मेयर कप फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला ५० केजी तौल समूहमा मन्दिरा कार्की, रेखा जिम्बा, रोशनी गोतामे, नविता घलान, पूर्णिमा श्रेष्ठ, रूपा मगर र रोशनी मगरले स्थान बनाए । यसैगरी, पुरुष ५० केजीमा मिलन शाही, बिक्की गुप्ता,लापासाङ शेर्पा, नारायणलाल मोक्तान, उक्तमलाल वाइवा र निराजन शाहीले अन्तिम आठमा स्थान बनाएका छन् । यीबाहेक अन्य सातै तौल समूहको क्वार्टरफाइनल समीकरण पूरा भएको नेपाल सिन क्योकुसिन कराँते संघ, गुर्जुधारा डोजोका अध्यक्ष विक्रम नकर्मीले जानकारी दिए । प्रतियोगितामा पाँच पुरुष र दुई महिला गरी सात तौल समूहमा प्रतिस्पर्धा भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका २२ जिल्लाका एक सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् ।

(Visited 12 times, 1 visits today)
Loading comments...