शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

इडन ब्रिजमा स्रष्टा सम्मान

राजधानी समाचारदाता
1 month ago
16/09/2019

 

काठमाडौँ । ५५ औँ बालदिवसको उपलक्ष्यमा धापासी स्थित इडन ब्रिज विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट र पुरस्कृत हुने विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । विद्यालयले यस वर्षको आफ्नो वार्षिक कार्यक्रम अनुसार व्यक्तिगत, सामुहिक र कक्षागत सहभागिता गराई विभिन्न खेलकुद, वक्तृत्वकला, वादविवाद, हस्तलेखन, हाजिरीजवाफ आदिमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरेको थियो । त्यस अवसरमा विद्यालयका विद्यार्थी तथा शिक्षिकाहरूले नृत्य पनि प्रस्तुत गरेका थिए ।

पुरस्कार प्रदान गर्नुहुँदै टोखा न.पा., वडा नं. ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले टोखा नगरपालिकाभित्र रहेका ८४ वटा विद्यालयमध्ये इडन ब्रिज एकेडेमी आगामी दिनमा अझ उच्कृष्ट हुँदै जानेछ भन्ने शुभकामना दिनुहुँदै विद्यार्थीहरू देशका कर्णधार हुन्, देशका मेरुदण्ड हुन्, भन्नुभयो । प्रमुख अतिथि श्रेष्ठले नेपालमा वि.सं.२०२१ साल भदौ ४ गतेबाट बालदिवस मनाउँदै आएकोमा गणतन्त्र पश्चात २०६३ सालबाट भने अन्तर्राष्ट्रिय बालदिवसकै दिन भदौ २९ गते बालदिवस मनाउँन थालिएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विद्यार्थीहरूलाई दण्ड, सजायँले होइन, आकर्षणको तरिकाबाट खेलाउँदै पढाउनुपर्छ भन्नुहुँदै शिक्षक, शिक्षिकाहरूको शिष्ट र आकर्षण व्यवहारले ससाना नानीहरूलाई विद्यालय आउन प्रेरणा मिल्ने बताउनुभयो ।

कार्यक्रममा बालसाहित्यकार तारा के.सी. र श्रीराम राईलाई जनही नगद रु.३०००।– सहित ‘इडन ब्रिज एकेडेमी बालसाहित्य सम्मान–२०७६’ द्वारा सम्मानित गरिएको थियो । बालसाहित्यमा खासगरी बालकथा, उपन्यासमा कलम चलाउने तारा के.सी.का आधा दर्जन कृति प्रकाशित छन् भने श्रीराम बालसाहित्यमा स्तम्भ लेख्ने गर्नुहुन्छ । यस वर्षबाट सुरु गरेको यस सम्मानलाई निरन्तरता दिने पनि विद्यालयले बताएको छ । विद्यालयका प्रिन्सिपल प्रेम राईले उपस्थित अतिथिहरूको स्वागत गर्दै बालदिवस र विद्यालयको विविध गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

(Visited 23 times, 1 visits today)
Loading comments...