शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

बाल शिक्षा सुधार गर्न ७ बुँधे घोषणपत्र जारी

विश्वनाथ सिम्खाडा
1 month ago
17/09/2019

कालिकोट । कालिकोट जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले तल्लो तहको शिक्षामा सुधार गरी बाल शिक्षामा लगानी गर्न ७ बुँधे घोषणपत्र जारि गरेको छ । शिक्षामा तल्लो तहका कक्षामा प्रभावकारी सिकाइ नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन हुन नसकेको ठहर गर्दै रास्कोट घोषणापत्र जारी गरिएको हो । जिल्लाको एकिकृत्र बालशिक्षा विकासका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण २०७३ लाई आधार मानेर सहकार्य गर्न लागिएको हो ।

प्राप्त सिकाइबारे समिक्षा गर्दै ‘घर बलियो जगले, राष्ट्र बलियो बालविकास केन्द्रले’ नारालाई सार्थक बनाउन घोषणापत्र जारी गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, ९ वटै स्थानिय तहका प्रमुख र शिक्षा अधिकृत्र लगायत सरोकारवालाले संयुक्त रुपमा रास्कोटका दुई स्ंवास्थ्य सस्ंस्था र दुई वटा नमुना बालविकास केन्द्रको अनुगमन गरेका छन् ।

अनुगममा सहभागी जनप्रतिनिधिहरुले सबै स्थानीय तहमा एकीकृत प्रारम्भिक बाल विकासको कार्यविधि बनाएर लागु गर्ने र न्यूनतम मापदण्डमा आधारित बसाई व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन्, केन्द्रमा शैक्षिक सामग्री, खानेपानी, शौचालय, खेल मैदानलगायतको सुविधासहित सहयोगी कार्यकर्ता १२ कक्षा पास गरेका हुर्नेपर्ने निर्णय गरिएको छ  ।

उज्यालो र पर्याप्त ठाउँ भएको कक्षा कोठासहितको नमूना बाल विकास केन्द्र बनाउने तथा सहयोगी कार्यकर्तालाई आवश्यक तालिम दिँदै प्रोत्साहनमा एकरुपता ल्याउने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, प्रत्येक स्थानीय तहमा प्रारम्भिक बालविकास केन्द्र सम्बन्धी सिकाइ स्रोत तथा अनुसन्धान केन्द्र स्थापना गरी प्रयोगमा ल्याउने, दिवा खाजालाई व्यवस्थित गर्न अभिभावकको भूमिकालाई प्रोत्साहित गर्ने निर्णय गरिएको छ । जिल्लाका सबै स्थानीय तहका बाल विकास केन्द्रलाई नमुना बनाउन जिल्ला परिषद्मार्फत प्रदेश सरकारसँग १ करोडका दरले रकम माग गर्ने निर्णय गरिएको सेतो गुराँस सेवा केन्द्रका जिल्ला संयोजक हुकुम शाहीले बताए । बालविकास केन्द्र संगसंगै स्वास्थ्य संस्थामा पनि बालविकास सिकाई सामाग्री कक्ष स्थापना गरेका छौँ ।

बाल विकासको लगानीबिना विद्यालय शिक्षा बलियो नहुने भएकाले लगानीसहितको निर्णय गरिएको रास्कोट नगरप्रमुख काशीचन्द्र बरालले बताए । ‘बालबालिकामा लगानी गर्दा समृद्ध समाज बनाउन सकिन्छ,’ उनले भने, ‘बाल विकास केन्द्र ओझेलमा छन, त्यसैले स्थानीय सरकारमार्फत लगानी बढाउन खोजेका हौं ।’

बाल विकासलाई महत्व दिएर रास्कोट नगरले यसवर्ष ईसीडीको लागि मात्र ४५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार नगरपालिकाको सहयोगमा दुई वटा इसीडीलाई नमूनाको रुपमा विकास गर्न लागिएको छ । कालिकोटमा २ सय ९४ सामुदायिक विद्यालय र २ सय ४६ बालविकास केन्द्र छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि ९ वटै स्थानीय तहमा १ सय २ बाल विकास केन्द्र थप गरिएको हो ।

छरिएको बस्ती रहेको बाल विकास केन्द्रमा बालबालिका पुर्याउनै कठिन रहेको राष्ट्रिय सेतो गुराँसकी भिमा राइले बताइन् । ‘कतिपय बाल विकास केन्द्रका बालबालिका खुला चौर र धुलोमै बस्न बाध्य छन,’ उनले भनिन्, ‘खेल मैदान, सिकाइ सामग्री, खानेपानी, शौचालय, दिवा खाजा, तालिमप्राप्त दक्ष सहयोगी कार्यकर्ताको अभावलगायत समस्या केन्द्रले भोग्दै आइरहेका छन् ।’ यस्तो समस्याको अन्य गर्न स्थानिय तह संग समन्वय गरि सेतो गुराँसले सवै स्थानिय तहमा एकिकृत्र प्रराम्भिक बालविकास सिकाई केन्द स्थापनि गर्न लागिरहेको बताइन् ।

घोषणापत्र तथा प्रतिबद्धता कार्यान्वयनका लागि सबै स्थानीय तहमा प्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र शिक्षा अधिकृत सदस्य सचिव रहने कार्यदलसमेत बनाइनेछ । विद्यालयको अनुगमनका लागि शिक्षा समितिका अतिरिक्त स्थानीय तहका सबै वडाका अध्यक्षलाई जिम्मेवार बनाई त्रैमासिक रूपमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउने र प्रतिवेदनमाथि शिक्षा समितिमा छ । सोही आधारमा स्थानीय तहको शिक्षानीति तयार गरिने छ ।

(Visited 43 times, 1 visits today)
Loading comments...