शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

सागलाई बक्सिङबाट १६ खेलाडी छनोट

राजधानी समाचारदाता
1 month ago
18/09/2019

काठमाडौं । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् । संघले सोमबार ८ र मंगलबा ८ खेलाडी छनोट गरेको हो ।

मंगलबार भएको पुरुषतर्पm ४० केजीमा आर्मीका सुशील थापामगर, ५६ केजीमा एपिएफका पुरन राई र ६० केजीमा एपिएफका विकास लामा छनोट भए । फाइनलमा सुशीलले एपिएफका प्रदीप महर्जनलाई अंकका आधारमा ५–० ले हराउँदा पुरनले आर्मीका पुरन सुनारलाई ५–० ले र्नै स्तब्ध बनाउदै सागको यात्रा तय गरे । विकासले प्रदेश–३ का मनिष डंगोललाई ४–१ ले निराश पारे । पुरुष ७५ केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ र ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेत छनोट हुन सफल भए । दीपकले फाइनलमा प्रदेश–३ का भुमिलाल दिवसलाई ५–० ले पराजित गरे । मनोहरले आर्मीका गणेश प्रधानमाथी ३–२ को कठिन जित निकाल्यो ।

महिलातर्फको ५४ केजी तौल समुहको  फाइनलमा आर्मीकी मिनु गुरुङले नेपाल पुलिसकी निशा तामाङलाई ५–० ले हराउँदा ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई ५–० ले निराश पारिन् । ६४ केजीमा आर्मीकी पुनम रावलले कठिन जित निकाल्दै छनोट भईन् । उनले फाइनलमा एपिएफकी विनिता थापामगरलाई अंकको आधारमा ३–२ को कठिन जित निकालिन् । यसअघि सोमबार पुरुषतर्पm ५२ केजीमा तेजबहादुर देउवा, ६० केजी सनिल साही, ६४ केजीमा भुपेन्द्र थापा, ९१ केजीमा अर्जुन सिगु र ९१ केजीमाथि आशिष दवाडी छनोट भएका थिए । महिलातर्पm ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई र ६० केजीमा संगीता सुनुवार छनोट भएका थिए ।

 

 

 

(Visited 24 times, 1 visits today)
Loading comments...