शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

इन्स्टाको फोटोबाट फिल्म पाएकी उपासना

राजधानी समाचारदाता
1 month ago
18/09/2019

काठमाडौंं। अभिनेत्री उपासना सिंह ठकुरीले चलिचत्रमा चयन हुने कार्यमा आफू निकै भाग्यमानी युवती भएको बताएकी छन् । आफूले अहिलेसम्म काम गरेका दुईवटै फिल्ममा आफू तस्बिरकै भरमा चयन भएको यी अभिनेत्रीले बताएकी छन् ।
यी अभिनेत्रीको नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यही ३ असोजबाट मुलुकका सिनेमा हलमा रिलिज हुँदै छ । यो चलचित्रमा उनी इन्स्टाको फोटोको आधारमा छानिएकी रहस्य उपासनाले खोलेकी छन् ।

उपासनाको भनाइलाई यो चलचित्रका निर्माता निर्देशक रामबाबु गुरुङले पनि स्विकारेका छन् । गुरुङका अनुसार उनलाई ‘कबड्डी कबड्डी कबड्डी’का लागि एक क्षत्री समुदायकी युवती नायिकाका रूपमा चाहिएको थियो । दयाहाङ र उनले केही युवती हेरे पनि चित्त बुझेको थिएन । यी निर्देशकले एक दिन इन्स्टामा एउटी राम्री युवतीको फोटो देखे । उनले यी युवतीलाई फिल्ममा लिनुपर्छ भन्दै खोज्ने जिम्मा चलचित्र साईंलीका सम्पादक निमेष श्रेष्ठलाई दिए ।
ती युवती चलचित्र क्याप्टेनको नायिका भएको निमेषले बताएपछि निर्देशक रामबाबुले फोटो हेरेकै भरमा आफूलाई चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा नायिकाको रूपमा छानेको अभिनेत्री उपासना सिंह ठकुरीले बताएकी छन् ।

‘कबड्डी कबड्डी कबड्डी’मा निर्देशक रामबाबु गुरुङले नायिकाका रूपमा प्रस्ताव गर्दा यी अभिनेत्रीले खुसीका साथ फिल्म खेल्ने बताइन्, ‘मैले कबड्डी र कबड्डी कबड्डी गरी दुवै फिल्म हेरिसकेको थिएँ । मेरो क्याप्टेनको कुनै पनि भिडियो रिलिज नहुँदै मलाई कबड्डी शृंखलाबाट प्रस्ताव आउँदा मैले खुसीका साथ कबड्डी कबड्डी कबड्डी खेल्छु भनें,’ उपासनाले भनिन् ।
त्यसो त उनी चलचित्र क्याप्टेनमा पनि इन्स्टाग्रामको फोटोबाटै छानिएकी थिइन् । उनको इन्स्टामा फोटो हेरेपछि सो चलचित्रका निर्देशक दिवाकर भट्टराई र निर्माता भुवन केसीले क्याप्टेनको लागि नायिकाको प्रस्ताव गरेका थिए । अभिनेता अनमोल केसीको नायिका भएर फिल्म खेल्ने प्रस्तावलाई उनले तत्कालै स्विकारिन् । उनको क्याप्टेनको कामलाई दर्शकले
निकै रुचाए ।

अनमोलको नायिकाको रुपमा चर्चा पाएकी यी अभिनेत्री चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा तीन नायकको नायिका बनेकी छिन् । यो फिल्ममा दयाहाङ राई, विल्सन बिक्रम राई र कर्माको नायिकाको भूमिकामा उपासना छिन् ।
यी तीन मध्य कसको नायिका भन्ने जिज्ञासामा आफु तीन जनाकै नायिका भएको यी अभिनेत्रीले खुलासा गरेकी छिन् । यो चलचित्रमा उनी शहरबाट गाउँ गएकी युवतीको भूमिकामा छन् । जसमा अभिनेता कर्मा उनको शहरको प्रेमी हुन्छन् । गाउँ पुगेपछि काजी बनेका दयाहाङ र धनकाजी बनेका विल्सन बिक्रमले फकाउने जानकारी यी अभिनेत्रीले गाएकी छिन् । यी तीन अभिनेता माध्य आफुलाई कसले आफ्नो बताउँछ भन्नेबारे यी अभिनेत्रीले खुलाएकी छैनन् ।
आफु नयाँ भए पनि अग्रज अभिनेताहरू दयाहाङ, विल्सन, कर्मासँग काम गर्दा धेरैनै कुरा सिक्न पाएको उनले बताईन्,‘दयाहाङ दाईसँग मैले अझ धेरै कुरा सिक्ने अबसर पाएँ । विल्सन विक्रम र कर्मादाईहरूले पनि मलाई अभिनयमा सघाउनु भयो ।’ यो चलचित्रमा आफुलाई दिईएको जिम्मेवारी सफलतापूर्व निर्वाह गरेको उपासनाले बताएकी छिन् ।

(Visited 51 times, 1 visits today)
Loading comments...