शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

कोशी पीडितहरुको आवाज काठमाडौले सुनेन, प्रधानमन्त्रीलाई ज्ञापन

एमके माझी
1 month ago
18/09/2019

सप्तरी, राजविराज । तीन बुँदे माग राखि विगत ३३ दिनदेखि अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

कोशी नदी कटान, डुवान पीडित संघर्ष समिति सप्तरी, उदपुर र सुनसरी संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । उनीहरुले कोशी पीडितको आवाज काठमाडौले नसुनेको गुनासो गरेका छन् ।

ज्ञापन पत्रमा मुआब्जाका लागि दशकौदेखि संघर्षरत कोशीपीडितहरु विगत ३३ दिनदेखि रिले अनसनमा बसी रहँदा समेत माग पूरा गराउन सरकारबाट ठोस पहल नभएकाले बाध्य भई आन्दोलन अझ सशक्त बनाउने निर्णयमा पुगेको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा कोशी समझौताको कार्यान्वयन, बालीनालीको क्षतिपूर्ति तथा १ सय ९९ सय वर्ष लिजमा रहेका कोशी पीडितको जग्गा जमिनको सुरक्षा सुनिश्चितता लगायत तीन बुन्दे माग सहित आन्दोलनका थप कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

जस अनुसार ९ असोजदेखि अनिश्चितकालीन आमरण अनसन तथा धर्ना, घेराउ र चक्का जाम लगायतका आन्दोलन कार्यक्रम गरिने जानकारी गराईएको छ ।
ज्ञापन पत्र बुझदै प्रजिअ खनालले तत्कालै सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । कोशी पीडितहरु गत ३२ साउन देखि प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरी सीमा बीच रहेको कोशी ब्यारेज खण्डमा रिले अनसन थालेका हुन ।

सन १९४४ मा सप्तरी र सुनसरीके सीमानामा भारत सरकारद्वारा सप्तकोशी नदीमा ५६ ढोकासहित कोशी ब्यारेज पुल निर्माण गरीएको थियो। सो क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरी, सुनसरी र उदयपुरका बासिन्दाको हजारौ विगहा जग्गाको मुआब्जा हालसम्म पीडितहरुले पाउन सकेका छैन्न ।
नेपाल सरकारले पनि मुआब्जाका लागि कुटनीतिक रुपमा ठोस पहल नगरेको भन्दै कोशी पीडितहरुले लामो समय देखि चरणबद्ध रुपमा आन्दोलन गर्दे आएका छन् ।

(Visited 28 times, 1 visits today)
Loading comments...