शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

सरकारले तोकेको भन्दा १५ लाख बढी शुल्क लियो चितवन मेडिकल कलेजले

राधेश्याम खतिवडा
1 month ago
18/09/2019

चितवन । चितवन मेडिकल कलेज(सिएमसी)मा विभिन्न माग राखी विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट लिएको भन्दै विद्यार्थीहरु १६ दिन देखि आन्दोलन गर्दै आएका छन् । पठनपाठन ठप्प भएको छ ।

भर्ना शुल्क सरकारले तोके अनुसार हुनुपर्ने मूख्य माग विद्यार्थीले राखेका छन् । विद्यार्थीले कलेजमा वुझाएको ज्ञापनपत्र अनुसार डेन्टल साइन्सको हकमा ७ वटा र चिकित्सा शिक्षा अध्ययन सम्वन्धमा ६ वटा माग पेस गरेका छन् । छात्रवृतीमा अध्ययन गर्न आउने विद्यार्थीसंग कुनैपनि शुल्क लिन नहुने माग उनीहरुको छ ।
सरकारले तोकेको भन्दा १२ देखि १५ लाख रुपैयासम्म बढी रकम कलेजले लिनेगरेको विद्यार्थीहरुले बताउदै आएकाछन् । यसरी लिएको रकम तत्काल फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ ।

चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट लिएको भन्दै विद्यार्थीहरु १६ दिन देखि आन्दोलन गर्दै आएका छन् । पठनपाठन ठप्प भएको छ ।

कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । विद्यार्थीहरुको जायजमाग प्रति कलेज प्रशासन मौन रहेको बताउदै उनले शुल्क नघटेसम्म आन्दोलन जारी रहने जानकारी दिएका छन् ।

विद्यार्थीले आन्दोलन गरीरहदा कलेजले विद्यार्थीको माग सम्वोधनका बिषयमा सवैमाग कलेजसंग मात्र सम्वन्धीत नभएको बताएको छ । विद्यार्थीले राखेका धेरै माग सरकार र सरकारका अन्य निकायसंग सम्वन्धीत रहेको विज्ञप्ती मार्फत बताएको छ ।

आन्दोलनमा नाममा अस्पताल सञ्चालकलाई धम्की दिने र अस्पतालको सेवामा अवरोध गर्ने काम गैरकानुनी भएको अस्पतालले बताएको छ । विद्यार्थीको जायज माग सम्वोधन गर्न तयार भएको बताएपनि विद्यार्थीको मूख्य माग बढीलिएको भनिएको शुल्क फिर्ता गर्न कलेज प्रशासन तयार देखिएको छैन ।

अस्पतालका सञ्चालक डा हरिस न्यौपानेले सरकारले तोकेको भन्दा बढी रकम नलिएको बताएकाछन । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको छ । तोकिएको शुल्क ४२ लाख शिक्षण शुल्क भएको र अन्य परिक्षा लगायतका केही शुल्क परदर्शी रुपमै आफुले लिएको उनी बताउछन् ।

आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्न्सिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु छ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनले बताए । शूल्क सम्बन्धी विवादका सम्बन्धमा सरकारद्धारा गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालयबाट निर्देशन भई आएका र आउने निति नियमको पूर्ण पालना गर्न चितवन मेडिकल कलेज प्रशासन सदैव तयार रहेको समेत प्रतिवद्ध रहेको कलेजद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

(Visited 78 times, 1 visits today)
Loading comments...