शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

राजधानी समाचारदाता
3 weeks ago
27/09/2019

काठमाडौँ । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौँले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममाबोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । नयाँ चीन स्थापना भएपछि गरिबी निवारणमा पाएको सफलता र अनुभव नेपालले पनि अवलम्बन गर्नुपर्ने उनले बताए । चीनको हुनान प्रान्त प्राचीनकला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपाल जस्तो बहुसांस्कृतिक देशले यो पनि अनुशरण गर्न योग्य रहेको उल्लेख गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागिचिनिया राजदूतहौ यान्छीले नेपालमै मनाइएको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरिन् । चिनिया कलाकारहरु नेपाल आएर र नेपालका कलाकारहरु चीन मागएर कलाप्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको उनले बताइन् । सांस्कृतिक र प्राकृतिक रुपमा धनी रहेको हुनान प्रान्तका कलाकारहरु यहाँआएर प्रदर्शन गर्दा सिंगो हुनान नेपाल आएको अनुभव भएको उनले बताइन् । जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव लगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसर माउनले शुभकामना व्यक्त गरिन् ।

 


हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषक हवेनियाओले जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव काअवसरमा सम्पूर्ण नेपालीमा हुनान कानागरिकको तर्फबाट शुभकामना व्यक्त गरे । उनले नेपाल स्थित चिनिया सांस्कृतिक केन्द्रसँग मिलेर हुनान प्रान्तले संस्कृति आदानप्रदानका कार्यक्रम सुरु गरेको बताए । जनवादी गणतन्त्र चीनका महान नेतामाओ जन्मेको ठाउँ भएको र सांस्कृतिक तथा प्राकृतिक रुपमापनि समृद्ध प्रदेश भएकोले नेपालीहरुलाई हुनान घुम्न आउनउनले आग्रहपनि गरे ।

आर्मी अफिसर्स क्लबमा आयोजित भव्य कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकवाजासहितको सांस्कृतिक प्रस्तुती पनि देखाइएको थियो । हुनान सङ एण्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनानपपेट एण्ड स्याडो आर्ट प्रोटेक्सन एण्ड इनहेरिटेन्स सेन्टरका कलाकारहरुले विभिन्न किसिमका नृत्य, वाद्यवादन, कलातथा खेलकुद प्रदर्शन गरेका थिए । जसमा ‘ब्रिलियन्ट डान्स स्याओस्याङ’नामक समूहिक नृत्य, ‘ब्लोसम इन द इष्ट नामक समूह नृत्य, ‘लभ इनहुनान’नामक सोलो बासुरी बादन, ‘हुक हुक अम्रेला’नामकम्याओ जातिको सांस्कृतिक नृत्य, ‘द मुनलाइट फेरी’ नामकपोपेट शो, ‘ह्वाट द पिपा सेज’ र ‘गिभ यु अ रोज’नामकपिपानामकचिनिया पुरानो बाजाको सोलो वादन प्रस्तुति, ‘हुआयाओ वमन’नामक नृत्य, ‘जस्मीन फ्लावर’ र ‘हर्स रेस’ नामकचिनियापुरानो वाद्ययन्त्र अर्हुको सोलो वादन प्रस्तुति, ‘वेभिङ एण्ड सिङ्गिङ’नामक थुच्यानामक आदिवासीजातिको परम्परागत नृत्यआदि प्रस्तुतगरिएको थियो ।

चिउथाओउ नामक कलाकारले ‘स्काई रोड’ चिनियागीत र ‘तिरिरी मुरलीबज्यो…’ नेपाली गीतगाउँदा दर्शकहरुले हुटिङ गरेकाथिए । यसैगरी ‘अल्टिमेट फुटबल’ नामक फुटबलको चामत्कारिक कला देखाउँदा र ‘फेस चेन्जिङ’कला देखाउँदा दर्शक आश्चर्य चकितबनेका थिए । सो कार्यक्रमलाई हुनान पर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल स्थित चाइनाकल्चर सेन्टर र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागले संयुक्त रुपमा प्रायोजन गरेकाहुन् ।

(Visited 39 times, 1 visits today)
Loading comments...