शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

दुई पदक विजेता रजनीको स्वागत

राजधानी समाचारदाता
2 weeks ago
04/10/2019

काठमाडौं। इन्डोनेसियाको बताममा भएको ५३औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले बिहीबार स्वागत गरेको छ ।

उक्त च्याम्पियनसिपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेरसमूहमा कांस्य जितेकी थिइन् । रजनी र टोली प्रमुख दिनेश राजभण्डारीलाई शारीरिक सुगठनका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ, महासचिव राजन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । अध्यक्ष श्रेष्ठले रजनीलाई व्यक्तिगत रूपमा १ लाख ५० हजार नगद पुरस्कार प्रोत्साहनस्वरूप प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

(Visited 16 times, 1 visits today)
Loading comments...