शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

महिला क्रिकेटलाई सहासको साथ

राजधानी समाचारदाता
2 weeks ago
04/10/2019

काठमाडौं  । खेल पोसाक उत्पादक कम्पनी सहास स्पोटर््सले दुई महिनापछि स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीलाई जर्सी र ट्राउजर प्रदान गरेको छ ।

सहास स्पोटर््सका प्रबन्ध निर्देशक जनक न्यौपानेले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रुविना क्षत्री र उपकप्तान सीता रानामगरमार्फत टोलीलाई जर्सी हस्तान्तरण गरेका हुन् । सहासले टोलीलाई दुई सेट जर्सी उपलब्ध गराएको छ । दुई वर्षअघि स्थापना भएको सहास स्पोटर््सले विगतमा नेत्रहीन क्रिकेट टोली र भलिबल स्टार प्रतिभा मालीलाई प्रायोजन गरेको थियो । खेलाडीको हौसला बढाउनका लागि कम्पनीको तर्फबाट सानो सहयोग गरेको उल्लेख गर्दै सहासका प्रबन्ध निर्देशक न्यौपानेले स्थापनादेखि नै यस्ता खाले सहयोग गर्दै आएको र यो आगमी दिनमा पनि जारी रहने बताए ।

(Visited 7 times, 1 visits today)
Loading comments...