शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

आन्तरिक अविश्वासमा नेतृत्व

डा.पुरुषोत्तम मरहठ्ठा
2 weeks ago
04/10/2019

 

डा.पुरुषोत्तम मरहठ्ठा

ईश्वरले मानिसलाई सबैभन्दा मनपर्ने मध्येको हाँसो उपहार प्रदान गरेका छन् । पशुलाई त्यसको आवश्यकता पर्दैन, त्यो न त हाँस्न नै सक्छ, न त रुन्छ नै । त्यसैले मानिसले पाएको जीवन, प्रेम र हाँसोलाई यो विजया दशमीमा मानिस मात्रले मज्जासँग उपयोग गर्न खोजौं । प्राणीलाई भने दया देखाउन सकौं । व्यक्तिको पहिचान यो चाडबाडमा उसले लाएको नयाँ–नयाँ महँगा कपडाबाट जान्न नखोजौं । उसको चरित्रबाट जान्न खोजौं ।  ‘नित्यकर्म पूजाप्रकाश’ मा लेखिएको छ, आफ्नो कल्याण चाहने गृहस्थीले एउटा मूर्तिको मात्र पूजा नगरी सूर्य, गणेश, दुर्गा, शिव र विष्णु नामका देवताको पूजा सबै कार्यमा गरोस् । यसको आशय हृदयबाट भय र त्रास हटाउन सकियो भने ईश्वरको आस्था बोकेर विश्वविजय गर्न सकिन्छ । कहीँ हार्नुपर्दैन ।

आफूभित्रको प्रकाशमा नौलो काम खोज्न सक्ने क्षमता हरेकसँग रहेको हुन्छ । केही समययता नेताहरू स्वचालितजस्ता देखिन्नन्, कतै परिचालित भएका देखिन्छन् । लोकतन्त्र र संविधानमा खतरा देखाएर सत्तामा बस्नेले सदैव रजगज गरिरहने नेपालको पुरानै शैली हो । गएको निर्वाचनमा नेकपाले पाएको लगभग ४४ लाख जतिको मत र नेकाले पाएको लगभग ३१ लाख जतिको मत हेर्दा नेपालमा कम्युनिस्ट स्टेट बलियो देखिन खोज्दै छ । यसअघि १६ असार २०१६ मा मन्त्रिमण्डलको शपथको पाँच सातामै प्रधानमन्त्रीबाहेक अरू कसैले पनि घर र मोटरमा झन्डा र गार्ड राख्न नपाउने निर्णय भयो । बीपीले छाडा बन्न दिएनन् । संकल्प र आत्मविश्वास कसैमा डग्मगाउन दिएनन् । संयमपूर्वक काम गर्न प्रेरणा दिए । १ पुस २०१७ मा थापाथलीमा पक्राउ परेको कृष्णप्रसाद २४ चैत २०२७ मा छुट्दाका कृष्णप्रसादले एउटै पिताका दुई छोराबीच पनि यति तनावपूर्ण सम्बन्धको उनी प्रत्यक्षदर्शी थिए । पार्टी फुटेर निर्णय गर्ने अवसरमा किसुनजी बीपीपट्टि कित्तामा गए । यी दुईमा कहिल्यै मनमुटाव रहेन । बीपी अनन्तः गुणले सम्पन्न प्रचुर कार्यक्षमता भएका मानव थिए । खतराको अवस्थामा आफ्ना साथीको संरक्षण गर्दै सदैव जोखिम उठाउन अघि सर्ने व्यक्ति थिए । फाइदाको बाँडफाँडमा कहिल्यै बढी त्यागको लाभ उठाउन खोजेनन् । गिरिजामा त्यो भेटेनन् किसुनजीले । फरगेट र फरगिभको क्षमता किसुनजीमा थियो ।

बीपीलाई त्रिभुवनदेखि वीरेन्द्रसम्मको पुस्ताले रुचाएनन् केवल मातृका मात्र खोजे । २०१७ पछि बीपीले सत्र÷अठार दिन अनशन नबसेको भए सुन्दरीजलमा बिजुली अड्डाको अंग्रेज हाकिम बस्ने घरमा बीपी, किसुन, गणेशमान, पे्रमराज, विराज पन्त, जवानसिंह गुरुङ, दिवानसिंह राईजस्ता सुन्दरीजलमा जेलभित्रसँगै बस्न पाउदैनथे । फूर्तिफार्तीले व्यक्ति स्वार्थी नबनून् भनेर विगतमा बीपी सादगीमा जोड दिन्थे । माओवादी दशकको द्वन्द्वपछि आज नेपाली भावनात्मक शून्यहीनताको अवस्थामा छन् । माओवादीले समाजलाई भ्रष्ट बनायो । संस्कृति नामेट गर्दियो । जनसंख्यामा गन्न सकिनेलाई विद्रोही बनायो । विवेकशून्य गति र मति नभएको समाजमा नेपालीलाई राख्यो । हामीले गान्धीलाई बीपीभन्दा अगाडि नै बुझ्यौं तर तुलसीमेहरलाई ढिलो गरी बुझ्यौं । डेढ सय वर्षभन्दा अघिदेखि पढ्दै आएको गान्धीलाई नाथुरामले सिध्याएपछि मात्र गहन बुझ्न थाल्यौं । ५० को सन्धि हेर्दा किन जेरीजस्तो जटिलभन्दा त यो सन्धिले राणालाई धन–सम्पत्ति लिएर भारत बस्न र पस्न सजिलो बनाएकाले पो रहेछ । राणाको स्वार्थमा गरिएको सन्धिमा अहिले विभिन्न
गन्ध ? जर्जियाबाट सुरु भएको कलर रिभोल्युसन मध्य एसिया हुँदै मध्यपूर्व पुगेपछि अरब स्प्रिङ नामकरण भएको जनक्रान्तिले ट्युनिसिया, इजिप्ट, लिबियाजस्ता शक्तिशाली शासकलाई सत्ताच्युत गरायो । तर, सिरियाको बसर अल असदको तख्ता हल्लिन सकेन । रुसको आड पाएर असद बलियो बनेका थिए ।

राजनीतिमा मृत्युपछि पनि जीवन देखिने भएकाले नेपाली जनता आजसम्म पनि बीपीमा जीवन देखिरहेका छन् । उनले नै प्रजातन्त्र र राष्ट्रवाद सँगसँगै लान खोज्दा देशलाई दुर्घटनाबाट धेरैपटक जोगाएका थिए । कतिपटक छिमेकीले कम्युनिस्ट क्रान्ति नेपालमा पैठारी गर्न खोज्दा नेपालले रोक्न सक्षम भएको थियो । जसले सामाजिक खल्बली रोकिएको थियो । जनतालाई पत्यार पार्न पनि सफलताको विश्वास जनतामा पार्नु आवश्यक थियो । विश्वले गान्धी जयन्ती एक दिन अगाडि मनायो तर हामीले नेपालका गान्धी तुलसीमेहरलाई सम्मान दिन सकेनौं । सत्य र अहिंसाका पुजारी गान्धीले नै भारतको स्वतन्त्रताका लागि अनेक लामो मार्ग अख्तियार गरे । नेताहरू कस्तो बन्ने ? तुलसीमेहर, बीपी, केपी, मनमोहन के फेरि जन्मलान् ? नेपाली एक गाँस खान दिनेको अगाडि लडीबुडी गरेर रमाउने जात होइन । गजराजको जस्तो खानालाई हेरेर सम्मानपूर्ण निम्तो नदिएसम्म खाँदै नखाने पनि छन् । जीवन वास्तवमा जहिले पनि जोडघटाउ नमिलेकै हुने रहेछ । राडीमुनि घिउ खाने नेताहरू इज्जतमा नबस्दिनाले नेपालीको शिर ठाडो हुन सकेको छैन । बीपी, कृष्णप्रसाद, मनमोहनजस्ता गौरवशाली नेताहरू अब फेरि यो मुलुकमा आउँछन् कि आउँदैनन् ?

अहिले त अर्बाैं जाने हेलिकोप्टरको चाहना गर्ने राष्ट्रपति । आलिसान राष्ट्रपति भवन । आफैं मात्र विदेशका महँगा हस्पिटलमा उपचार खोज्ने प्रधानमन्त्री । नैतिक पतन भएका सुदखोर र फाइदा खाने कर्मचारी । जनताको समृद्धि सब बेवास्ता बनेको छ । बाँच्ने र भोग गर्ने चाहना नेतामा अधिक बढेको छ । युद्ध अपराधको हदम्याद नलाग्ने मुद्दाले विश्वव्यापी क्षेत्राधिकार खोजेको छ । द्वन्द्वकालीन यातनाको अभियोगमा बेलायतले क्रिमिनल जस्टिस एक्टको विश्वव्यापी क्षेत्राधिकार रहेको दफा १३४ प्रयोग गरेर नेपालका नागरिकलाई छापामार शैलीमा प्रक्रिया भनेर यो मुलुकले दुःख मनाउन गर्न पाउँदैन । किनकि, नेपालले यातनासम्बन्धी राष्ट्रसंघीय अभिसन्धि र नागरिक एवं राजनीतिक अधिकारसम्बन्धी सन्धिमा हस्ताक्षर गरिसकेको छ । यस्तो अवस्थामा नेपाल कमजोर हुनुमा अरू हैन, नेतृत्व वर्गको कमजोरी रहेको छ । यसका लागि ‘घृतराष्ट्र प्रवृत्ति’ जिम्मेवार रहेको छ । अंगे्रजी लोक कथाको एक बहिष्कृत नायक कुशल तरबारबाज रबिन हुड जसलाई आज पनि उसको साथी मेरी मेन्सको साथ मिलेर धनाढ्यको सम्पत्ति लुटेर गरिबलाई बाँडिदिने चाहना पश्चिमाले राख्लान् तर नेपालीले राख्दैनन् ।

नेपाली त मेहनत र श्रममा विश्वास गर्ने जाति हुन् । पलासेको युद्धमा मिर जाफर रोबर्ट क्लाइबसँग मिलेजस्तो नेपाली कतै विदेशी ऐजेन्टको पैसा खाने गद्दार देखिए भने नेपालीलाई यो विजया दशमीमा दुर्गामाताले त्यस्ताको वंशविनाश गरी नेपाली राष्ट्रवाद उचाइमा पु¥याउन सकोस् यही कामना देवीसँग गरौं । रोबर्ट क्लाइबले मिर जाफरलाई बंगालको नबाब बनाउने लोभ दिएका थिए । यो घटनालाई हेर्ने हो भने अझै पनि नेपालका ठूला पदहरू विदेशीको इसारामा चलेको छ । भारतमा बेलायती शासन स्थापनाको सुरुवाती कदम भ्रष्टाचारबाट भएको थियो । देशद्रोही र गद्दारको पर्यायवाची बन्न पुगेको यस्तै–यस्तै घटनाबाट नेपालमा पनि विदेशीको कनिका खाएर उत्तर र दक्षिणको गीता गाउनेलाई ऐन मौकामा चिन्न सक्नुपर्दछ ।

दलभित्रका मिर जाफरलाई समयमै चिन्न सकिएन भने यो मुलुक कालान्तरमा टुक्राटुक्रा हुन के बेर ? अन्यथा सिक्किम विलय भएझैं फुटाऊ र हत्याऊको खेल निरन्तर यो मुलुकमा घटी नै रहनेछन् । पैसाका लागि जे पनि गर्न सक्ने सुन तस्करजस्तै राजनीति पनि यस्तै–यस्तै माफियाको हातमा पुग्यो भने के गर्ने ? राजनीतिमा अपराधीकरणले प्रवेश ग¥यो भने के गर्दैन ? सरकारभित्र बसेकाले कार्यकर्ता जोगाउने नाममा अदालतलाई चुनौतीसम्म दिन सक्ने भएका छन् । देशमा परिवर्तनपछि विधिको शासन होला न्याय नमर्ला भनेको गैंती र बेल्चा लिएर न्यायालयमाथि हथौंडाको आक्रमण गर्न तम्सिएका छन् । डेमोकल्सको तरबार न्याय मूर्तिमाथि झुन्ड्याउने प्रयास असफल बन्दै गएको छ । तर, निरन्तर कार्यपालिकाले न्यायालयमाथि आफ्नो छायाँ देखाउँदै जाने हो भने त्यहाँ न्याय मर्न बेर लाग्दैन । न्याय गरेको र परेको महसुस दिने र लिने दुवैमा हुनुप¥यो । असफल राष्ट्रको बिल्ला भिराउन केही तŒव अझै पनि मिलेर बसेको नेपाली समाजको जरो किलो नष्ट गर्न कम्मर कसेर लागेका छन् । जनयुद्धकालीन योद्धा भने नेताहरूले आफूलाई चेसको गोटी बनाएको ठान्दै छन् । जनयुद्धमा सबैभन्दा बढी विचारसँग असहमत हुनेहरूमा नेपाली कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको थियो ।

मुलुकमा अहिलेसम्म नयाँ विचारधारा जन्मने र मर्ने क्रम चलिरहेको छ । एउटा दलको विचारधारामा अर्को दल लत्रिदै र घिस्रिदै उसैको नारामा लय मिलाउन बाध्य पारिएको छ । सी विचारधाराको पछाडि नेकपा किन घिसारिन पुगेको हो बुझिनसक्नु विषय बनेको छ ? भकारी फोर आन्दोलन, तमसुक जलाऊ आन्दोलन, माडे खेदो आन्दोलनजस्ता अनगिन्ती नाराले चमत्कार देखाउँदै हिँडेको माओवादले जनयुद्धको एक दशक सर्वत्र धक्का दिँदै त गयो तर १७ हजारलाई सोत्तर बनाएर के पायो ?बन्दुकको नालबाट शक्ति सञ्चय गर्दै गएको माओवादीमा एउटा टुट्ने अर्को जुट्ने खेल रोकिएको छैन । आखिरमा द्वन्द्वको बैठान लोकतान्त्रिक शक्तिबाहेक अरूले गर्न सकेनन् । निकास निकाल्ने लोकतान्त्रिक पार्टी नै अगाडि देखियो । एक दशकको जनयुद्धले निर्णायक फैसला हुन नसकेको क्रान्तिलाई नेपाली कांग्रेस सम्मिलित भएपछि नै निर्णायक चरणमा प्रवेश गर्न पुग्यो । नेपाली समाजमा जहिले पनि सभ्यमाथि असभ्यको आक्रमण भएको छ । नेपाली जनता उग्र वामपन्थको भ्याकुर लखेटाइमा पर्न गएका छन् । नेपालका सत्ता सञ्चालकहरूले बुद्धिजीवीलाई काँडाकै रूपमा हेर्ने गरेका छन् । एउटा व्यक्तिको आवाज दबाउन विगतका निरंकुश व्यवस्थाले सत्ताको चरम् दुरुपयोग गरेको इतिहास साक्षी छ । माओवादीले विचारसँग असहमत हुनेहरूलाई हिंसात्मक तवरले हत्या र अंगभंग बनाइसक्दा पनि नेपाली जनताले प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थाको साथ कहिल्यै छोडेनन् ।

 

 

नेताहरूमा उच्च राजनीतिक संस्कार र संस्कृतिको अभाव देखिएको वर्तमान अवस्थामा विजया दशमीको अवसरमा दुर्गा भवानीले यो मुलुकको समृद्धितर्फ लाग्न नेतालाई सद्बुद्धि दिऊन्

क्रमिक सत्ताको परिवर्तनलाई रक्तपातमा कहिल्यै हेरेनन् । व्यक्ति हत्या नगरी पनि परिवर्तन सम्भव छ भनी बेलायतको गौरवमय क्रान्ति नेपाली जनताका लागि नजिर बनी नै रहेको थियो । जिलेटिन र गन पाउडर हैन । कसैको एक थोपा आँसु र एक थोपा रगतसम्म नबगी जनताले पाएजस्तै अधिकार यहाँ पनि नेपाली जनताले खोजे । कतै सी विचारधारा माओ विचारजस्तै द्वन्द्वमा नअल्झियोस् भन्ने अझै कामना गरेका छन् । जहाँ जीवन, स्वतन्त्रता र सम्पत्तिको प्राकृतिक अधिकारलाई सम्मान गर्न नेपाली जनताले चाहना राख्दाराख्दै हठात् रोक्न खोजिरहे । सत्तामा पुगेपछि दम्भको मात्र विकास देखाउने हठीतन्त्र नेपालका लागि के काम ? निर्वाचन जितेर गएपछि ४४ लाखले ३१ लाखलाई धम्की दिने सर्वसाधारणको भाषा बोल्न छोड्दै केवल कारबाही गर्छु, कडा
कारबाही गर्छु भन्दै धम्कीको भाषा मात्र बोल्ने दुई तिहाइको दम्भी सरकार नेपालीले खोजेका थिएनन् । जथाभावी थुतुनो चलाउने हुकुमी शैलीका अधिनायकजस्ता प्रस्तुतकर्ता प्रजातन्त्रमा काम छैन । विनयशीलता, लगनशीलता र धैर्यताले लोकतन्त्रको महŒव राख्दछ ।

मुलुकले राजनीतिक वृत्तमा यत्रो छलाङ मार्दा पनि पञ्चायती शैलीकै धम्की फेरि गन्ध आउन थालेको छ । यसलाई अब मुलुकले पचाउन सक्दैन । संविधान बनेर तीनै तहको निर्वाचन भई ७५३ स्थानीय निकाय, ७७ जिल्ला समन्वय समिति ७ प्रदेश र संघ सरकार बनिसक्दा पनि राजनीतिक संक्रमणकाल अझै जेलिएर रहनु भनेको अस्थिरता दुई तिहाइकै सरकारमा पनि देखियो । नेपालका लागि यो अवधि व्यर्थको थियो भन्नेहरूलाई यति छोटो अवधिमा भएको परिवर्तन चमत्कार नै भएको छ । ढाडमा टेकेर टाउकोमा हान्न खप्पिस माओवादीले आफ्नो विचारधारामा फ्युजन हुन नखोज्नेलाई नेकपामा मर्ज भइसकेर पनि विचारधारामा असहमत हुनेहरूलाई भ्याकुर लखेटेझैं लखेटिरहेको छ । जनयुद्ध र जनआन्दोलन दुवै देखेको नेपाली जनताले दलहरूलाई सत्ता सुम्पिसकेपछि पनि जनता हब्सको लेभियाथाँझैं शक्तिशाली भएनन् । लेभियाथाँ त अहिले सत्तारूढ दल पो देखियो ? राज्यले नागरिकको प्राकृतिक अधिकार अतिक्रमण गर्न बिस्तारै संसद्मा जथाभावी विधेयकलाई चलाउँदै छ । विद्रोह नै अन्तिम उपाय हो भन्न सिकाउनेहरू सत्ता पाएपछि भागबन्डामा रमाएका छन् । नेपालको राजनीतिलाई प्रभाव र दबाबमा राखेर बाहिरियाहरूको सीता खाएर गीता गाउनेले तिनका वरिपरि मुजुर नाचसमेत देखाउन पुगेका छन् ।

मुलुकले कर्मकाण्डी कार्य मात्र गर्दै गएको छ । दलका नेताको दम्भले समृद्धिको गति पछि पार्दै गएको छ । दलभित्र अहिले विभिन्न देशका प्रवक्ता छाइरहेका छन् । राष्ट्रिय हितको संरक्षण होला भनेर कसैले नसोचे हुन्छ । दलको ओत लाग्नेको भने सात पुस्ताको बन्दोबस्ती गर्दै छन् । नेताहरूमा उच्च राजनीतिक संस्कार र संस्कृतिको अभाव देखिएको वर्तमान अवस्थामा विजया दशमीको शुभ अवसरमा दुर्गा भवानीले यो मुलुकको समृद्धितर्फ लाग्न नेतालाई सद्बुद्धि देऊन् । फेरि पनि नेपाली जनतालाई तलसि भएर चुस्ने काम बन्द गरियोस् । सडकबाट निकास हैन, सदनबाट खोज्ने थालनी होस् । लोकतन्त्रको संस्थागत विकास होस्, देवीसँग यही प्रार्थना गरौं ।

 

(Visited 44 times, 1 visits today)
Loading comments...