शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

‘इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न’

एजेन्सी
2 weeks ago
04/10/2019

हवाना।  अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नुपरेको क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताएका छन् ।
ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेशमन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गरे । उनले क्युबामाथिका प्रतिबन्ध मानवअधिकारको गम्भीर उल्लंघन रहेको बताए ।

रोड्रिगेजका अनुसार, अमेरिकामा राष्ट्रपतिय चुनाव हुने वर्षमा क्युबामाथि अनावश्यक दबाब दिइने गरिएको छ । सन् १९५९ को क्युबा विद्रोहपश्चात् भागेर अमेरिकाको मियामी पुगेका ठूलो संख्याका क्युबालीको दबाबमा भोटको आश गर्दै क्युबामाथि दबाब दिने गरेको क्युबाली सरकारको भनाइ छ ।
विदेशमन्त्री रोड्रिगेजले अमेरिकीको सोचाइ पुरातन शैलीको छ भन्दै अमेरिकामा बसोबास गर्ने ठूलो संख्याका क्युबालीले दुवै देशबीच सम्बन्ध सुधार भएको हेर्न चाहिरहेको बताए ।

(Visited 18 times, 1 visits today)
Loading comments...