शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

लागुऔषधसहित जनकपुरबाट ३ जना पक्राउ

सुजीतकुमार झा
2 weeks ago
04/10/2019

जनकपुरधाम । जनकपुरधाममा लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ३ बस्ने २० वर्षीय प्रवीणकुमार यादव, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ जनक चोकबाट प्रतिवन्धित लागुऔषध नाइट्राभेट ट्याबलेट ९ पिससहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले चेकजाँचको क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

(Visited 34 times, 1 visits today)
Loading comments...