शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

जोखिमको अर्को नाम

केबी मसाल
2 weeks ago
05/10/2019

 

केबी मसाल

अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलले पर्यटक आकर्षित हुन थालेका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बन्जी जम्पजस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास हुन थालेको छ । पर्यटनको क्षेत्रमा क्यानोनिङ खेलको विकासलाई राम्रो मान्नुपर्छ ।
एक त साहसिक खेल अर्कोतिर प्रकृतिसँगको तालमेल । यसकारण पनि पछिल्लो समय क्यानोनिङ खेलले बाह्य पर्यटकलाई मात्र होइन, स्वदेशी युवाहरूले पनि मन जितेको छ । अग्ला झरनामा डोरीको सहायताले चट्टान टेक्दै झरिरहेको हेर्दा हेर्नेको पनि मन लोभिन्छ । डोरीमा सुरक्षित हुँदै चिप्लो छाँगामा चिप्लेटी खेल्दै झर्दा पानीको फोहोराले दिने दबाब महसुस गर्न लायक हुन्छ । झुन्डिएर झर्ने मात्रै होइन, झरना तल बनेको दहमा डुब्दासमेत छुट्टै आनन्द मिल्छ । स्वदेशीसँगै विदेशीलाई समेत आकषर््िात गरिरहेको क्यानोनिङ अहिले काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, धनकुटाको नमस्ते झरना, सिन्धुपाल्चोकको जम्बु, काब्रे, हाँडी र गलुङ, पर्वत, मनाङ, स्याङजा, ओखलढुंगा, धादिङ र लमजुङमा पनि खेलिन्छ ।

क्यानोनिङ भनेको पानीसँग खेलिने खेल हो । यो झरनामा डोरीको सहायताले पानीसँग लडीबुडी खेल्दै झर्ने कार्य हो । यसलाई एक साहसिक खेलका रूपमा पनि लिइन्छ । क्यानोनिङमा धेरै कुरा पर्छन् । त्यहाँ चिप्लेटी खेल्न पनि मिल्छ, छहराको बीचमा दहहरू पनि हुन्छन् । दहमा पौडी खेल्न मिल्छ । यदि पहिलोपटक क्यानोनिङ गरिँदै छ भने उसका लागि गाइडको व्यवस्था पनि हुन्छ । क्यानोनिङ खासगरी युरोपियन मुलुकमा धेरै पहिलेदेखि खेलिन्थ्यो ।
युरोपमा बढी झरना हुने भएकाले क्यानोनिङ खेलको संस्कार बसेको थियो । सन् १९९९मा फ्रान्सबाट नेपाल आएका मौरिस डुमेन जो गुफासम्बन्धी विशेषज्ञले अन्नपूर्ण पदयात्रामा जाँदा मस्र्याङ्दीको स्याँगे झरनाको फोटो लिएर आफ्नो देशमा गएपछि नेपालमा क्यानोनिङसम्बन्धी विस्तृत अध्ययन र सम्भावनाको खोजी हुन थाल्यो । त्यसपछि मात्र क्यानोनिङ खेलको बहस सन् २००२ बाट सुरु भएको हो  । पछि २००७ मा नेपाल क्यानोनिङ एसोसिएसननै गठन भयो र क्यानोनिङ खेलको पनि सुरुवात भयो । अहिले नेपालमा धेरै ठाउँका झरनामा क्यानोनिङ गरिन्छ ।

क्यानोनिङ खेलमा सबैभन्दा पहिला क्यानोनिङ गर्नेलाई म्याप उपलब्ध गराइन्छ । क्यानोनिङ खेल्नेलाई हेल्मेट, थर्मल सुट, नचिप्लिने खालको जुत्तालगायतका इक्विपमेन्ट उपलब्ध गराइन्छ  र उसका लागि डोरी फिक्स गरिन्छ  । अनि क्यानोनिङबाट कसरी झर्ने भन्नेबारे ब्रिफिङ गरिन्छ । आवश्यक परेमा गाइड पनि उपलब्ध गराइन्छ । विभिन्न ठाउँमा किला गाडेरा डोरी एंकरिङ बनाइएको हुन्छ । त्यसैका आधारमा झरनामा रमाउँदै क्यानोनिङ गरिन्छ । कुनै झरनाको बीचमा पानीजमेको, दह पनि हुन सक्छ, त्यहाँ चिप्लिने पौडी खेल्ने गर्न सकिन्छ । त्यस्तै, झरना तहतह परेको छ भने डोरी परिवर्तन गर्नुपर्ने हुन्छ । क्यानोनिङ खेल्ने पर्यटकको आ–आफ्नै स्वभाव हुन्छ  । कोही पानीसँग रोमान्स गर्न चाहन्छन् । उनीहरूका लागि एउटा विकल्प क्यानोनिङ पनि हो । अर्को शब्दमा भन्नुपर्दा क्यानोनिङ साहसिक जलयात्राको एउटा विकल्प हो । कतिपय पर्यटकलाई पानीको बहावसँगै बग्न मन पनि हुन सक्छ । त्यसका लागि क्यानोनिङ गर्न सकिन्छ ।
क्यानोनिङ आफैंमा जोखिमपूर्ण खेल हो । तर, उचित व्यवस्थापना, कुशल गाइड र हार्नेसको प्रयोग गरी खेल्दा जोकोहीले पानीसँग खेलिने क्यानोनिङ खेलको आनन्द लिन सक्छन् । केही वर्षअघि विदेशीले मात्रै खेल्ने यो खेल अहिले नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । अरू बेला को–कसको यति र उति माया लाग्छ भनेर गफ दिने मानिसका लागि क्यानोनिङ गर्दा थाहा हुन्छ । आफ्नो ज्यानभन्दा अरू कसैको माया लाग्दो रहेनछ भनेर † थाहा नपाई हामी आफ्नो जिन्दगीलाई कति माया गर्छौं भन्ने कुरा क्यानोनिङले अनुभव गराउँछ ।

 

क्यानोनिº पानीस“ग खेलिने खेल हो । यो झरनामा डोरीको सहायताले पानीस“ग लडीबुडी खेल्दै झर्ने कार्य हो । यसलाई एक साहसिक खेलका रुपमा पनि लिइन्छ । क्यानोनिºमा धेरै कुरा पर्छन् । त्यहा“ चिप्लेटी खेल्न पनि मिल्छ, छहराको बीचमा दहहरू पनि हुन्छन् । दहमा पौडी खेल्न मिल्छ । यदि पहिलोपटक क्यानोनिº गरि“दै छ भने उसका लागि गाइड व्यवस्था हुन्छ । क्यानोनिº खासगरी युरोपियन मुलुकमा धेरै पहिलेदेखि नै खेलिन्थ्यो

पछिल्लो समय क्यानोनिङ खेलतर्फ पर्यटकको आकर्षण बढेको छ, तर क्यानोनिङ खेल खेल्न आत्मबल दरो हुनुपर्छ । क्यानोनिङ खेल खर्चिलो पनि छ तर समूहमा गर्दा रमाइलो र सस्तो पनि हुन्छ । डरलाग्दो चट्टानी पहराको झरनामा डोरीको सहायतामा झुन्डिँदै हाम्फालेर चिप्लिँदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक क्यानोनिङ खेल हेर्न झरना वरपर कयौं युवायुवतीसमेत झुम्मिन्छन् ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा र रमणीय प्राकृतिक सौन्दर्यका कारण विकसित हुँदै गएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा पर्यटक लोभ्याउन क्यानोनिङ खेलले पर्यटक भिœयाउन सजिलो भएको छ । ¥याङ्खिटङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट बेलुनमा उड्ने, बन्जी जम्पिङका साथै ज्यानकै बाजी लगाएर खेलिने क्यान्योनिङ खासगरी युरोप, अमेरिका र अफ्रिकी मुलुकका पर्यटकको रोजाइमा पर्ने गरेको छ । नेपालमा बर्सेनि लाखौं विदेशी पर्यटक भित्रिन्छन् । नेपालमा अरनिको राजमार्गमा पर्ने भोटेकोसीलाई क्यान्योनिङ प्रेमीका लागि लुकेको स्वर्गझैं अद्वितीय स्थलका रूपमा लिइन्छ । काठमाडौंबाट १०० किमिको दूरीमा रहेको क्यान्योनिङ स्थल बाह्रबीसेबाट १५ किमि दूरीमा पर्छ । यो क्षेत्रमा काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला पर्यटकका लागि क्यानोनिङ गर्ने प्रमुख आकर्षक स्थल हुन् । नेपालमा पर्यटकले ६० प्रतिशत क्यानोनिङ खेल भोटकोसीमा खेल्दै आएका छन्

अन्नपूर्ण चक्रीय मार्गको लमजुङमा पर्ने मस्र्याङ्दी नदीको छेउछाउका खोला र झरना पनि क्यानोनिङ प्रेमी पर्यटकको रोजाइमा पर्छ । लमजुङको सदरमुकाम बेंसीसहरबाट केही किमि सवारीसाधनबाट यात्रा गरेपछि पदयात्रामा पुगिने भुलभुले, कवीन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे ताल र साचुप झरना साहसिक एवं व्यावसायिक क्यानोनिङ खेलाडीले बढी रुचाउँछन् । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण पर्यटक रमाउँछन् । लमजुङको ४ हजार २ सय मिटरको च्याम्चे झरना क्यानोनिङ गर्न संसारकै सबैभन्दा लामो दूरीको मानिन्छ । च्याम्चे झरनामा क्यानोनिङ खेलको प्याकेज हप्ता दिनको हुन्छ । छोटो समयका लागि काभ्रेपलान्चोकको सुनकोसी, तिमालक्षेत्रमा पर्ने बोल्दे, कल्लेरी, बन्दिवा र टाङटुङ खोला पनि साहसिक क्यानोनिङ खेलको केन्द्र बनेका छन् । नुवाकोटको ककनीमा पर्ने सिस्नेरी छहरे र फुङफुङे झरना पनि व्यावसायिक क्यानोनिङ खेल हुने गर्दछ ।

वार्षिक १ हजार २ सय जतिले नेपालमा क्यानोनिङको खेलको मज्जा लिने गरेको अनुमान छ । यस रोमाञ्चक खेलका लागि उपकरण, सामग्री, गाइडका लागि खानेबस्ने र प्राविधिकसहित दैनिक एक विदेशी पर्यटकलाई ८० डलर खर्च लाग्छ । दुर्गम बस्तीमा प्रविधि र उपकरण समूहमा नहुने हुँदा यो खर्चिलो छ । असोजदेखि जेठसम्मको मौसम यो खेलका लागि उपयुक्त मौसम हो । नेपालमा बोर्डर ल्यान्ड र द लास्ट रिसोर्टजस्ता कम्पनीले सन् १९९६ देखि भोटेकोसीमा क्यानोनिङको व्यावसायिक सुरुवात गरेका हुन् ।
भोटेकोसीमा बन्जी जम्पिङ गर्न आउनेलाई एक दुई समूह गर्दै प्राकृतिक स्थलमा डोरी बाँधेर भोटेकोसी क्षेत्रमा यो खेल सुरु गरिएको थियो । सन् २००२ देखि २००७ मा फ्रान्सेली टोलीसँग मिलेर फ्रेन्डस एड्भेन्चर टिम प्रालिलगायतले मस्र्याङ्दी र काभ्रेका नयाँ क्षेत्र क्यानोनिङका लागि उपयुक्त भएको भनी यसको विकास गरे । नेपाल क्यानोनिङ एसोसिएसनले पनि फ्रान्सेली टोलीसँग मिलेर भोटेकोसीजस्ता क्षेत्रमा यसको विकास गरेको छ ।

क्यानोनिङ शब्द नेपालीका लागि आफैंमा नौलो हो । के हो क्यानोनिङ ? झरनाको शिरानबाट फेदतिर झर्ने खेल नै क्यानोनिङ हो । यसलाई नेपालीमा छाँगावरोहण भनिन्छ । विशेष खाले वेटसुट, क्यराबिनर, डिसेन्डर, हेलमेट र कम्मरमा बेल्ट लगाई डोरीको सहायताले झर्नामा रमाउँदै तल झर्ने साहसिक खेल नै क्यानोनिङ हो । यसमा जम्पिङ, स्लाइडिङ, स्विमिङ, वाकिङ गर्दै प्रकृतिसँग निकट हुन पाइन्छ । मानिसहरूको चाहना अनेक हुन्छन् । अनेक चाहना पूरा गर्न उनीहरूले विभिन्न खेल खेल्छन् । विभिन्न भू–भागमा घुम्ने गर्छन् । यस्तै, मध्येको एक हो, क्यानोनिङ खेल । क्यानोनिङ खेललाई सहासिक खेलका रूपमा लिँदै आइएको छ । सहर बजारमा बस्नेका लागि क्यानोनिङ रमाइलो र साहसिक खेल मात्र नभई कोलाहलबाट मुक्त हुने एक अवसर पनि हो । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नति हुन्छ । समग्र मुलुकको आर्थिक उन्नतिलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटक कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गए पनि उसलाई आवश्यक पर्ने सेवा सुविधामा पैसा खर्च गर्नुपर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार हुँदै मुलुकको आर्थिक उन्नतिमा समेत सहयोग पुग्छ । प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात् ‘नेचर’, ‘कल्चर’, ‘एग्रिकल्चर’, ‘एड्भेन्चर’ र  ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र संख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकै रूपमा लैजानुपर्छ ।

क्यानोनिङ खेल, जलयात्रा, तीर्थाटन पर्यटन, ग्रामीण पर्यटन र प्राकृतिक एवं पुरातात्विक स्थलहरूले पर्यटकलाई अध्ययन, अनुसंन्धान र मनोरञ्जन दिएको छ । नेपालमा भूबनोटकै कारण पनि पर्यटकलाई आकर्षण गर्ने कैयौं सम्पदाह छन् ।
पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचारप्रसारका साथै पूर्वाधार विकासका लागि लगानी आवश्यक हुन्छ । अब सरकारले यसतर्फ लगानी बढाउँदै जानुपर्छ ।
सरकारले यो वर्ष २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । पर्यटक आकर्षित गर्न सरकारले ७७ जिल्लाका सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । पर्यटनको क्षेत्रमा यो राम्रो पक्ष हो । पदयात्रामा रहने पर्यटक मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण अनौठा र आकर्षक प्राकृतिक झरना देख्दा पर्यटक अचम्मित हुन्छन् । हपहपी गर्मीमा छङछङ झरिरहेको पानी छुनुको मजै बेग्लै । प्रचण्ड गर्मीमा पहाडका झरना मिस गर्ने धेरै हुन्छन् ।
क्यानोनिङबाहेक पिकनिकमा रमाउन, रोप कोर्स खेल्न र अन्य धेरै पर्यटकीय गतिविधि गर्नलाई पनि झरनामा पर्यटक पुग्छन् । ओझेलमा परेको झरना क्यानोनिङकै कारण चर्चामा आएको छ ।


पचाल झरना कालीकोट सदरमुकाम मान्मादेखि उत्तर पूर्वमा छ । पचाल झरना ३ सय ८१ मिटर अग्लो झरना हो । पचाल झरना नेपालकै अग्लो मानिएको तेह्रथुमको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो छ । जुन कुरालाई जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको पनि छ । टिपताला, इलामडाँडा, फुङफुङे झरना, पोकली, चिर्खुवा, रातमाटे झरना ओखलढुंगा, ओडारीखोला, खुवा झरना उदयपुर, गुम्छाथाल, तीनधाईखोला, भैरवकुण्ड झरना काभ्रेपलाञ्चोक, द्वारीखोला, भेडेखोला झरना दैलेख, दिब्रुङ झरना खोटाङ, सहस्रधारा झरना गलकोट, सोताखोला, तीलखुवा झरना अर्घाखाँची, छहरे, झरना पुरनधारा दाङ, रुप्से झरना म्याग्दी, भेल छेडन, जोरपानी झरना डोटी, घोर्ले झरना, संखुवासभा, टोडके झरना, इलाम, नमस्ते झरना, धनकुटा, फुङफुङ झरना नुवाकोट, च्याम्चे झरना बुङ भलरना, र तिमाङ झरना तालको झरना मनाङ, सेती नदीको झरना बझाङ, खहरेखोला, गंगाजमुना झरना धादिङ तथा सुलिगढ पाउली झरना डोल्पामा छ ।

 

(Visited 58 times, 1 visits today)
Loading comments...