शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

आमाकी एक्ली सहारा

युमाश शेर्पा
2 weeks ago
05/10/2019

आफूलाई ‘कलाकार’ भन्न रुचाउने नेपालगन्जकी रिया श्रेष्ठको दैनिक तालिका एकदम ‘टाइट’ छ । सांस्कृतिक कार्यक्रमदेखि ‘म्युजिक भिडियो’सम्म उनको व्यस्तताभित्र पर्छ । आफूलाई एउटै विधामा सीमित राख्न नरुचाउने रिया कलाक्षेत्रमा लागेको आठ वर्ष बितिसकेको छ । यो अवधिमा झन्डै सातवटा फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरिसकेकी छन् । ‘जन्जिर’, ‘बोस’, ‘त्रास’, ‘द रिटर्न हिरो’ चलेका फिल्ममध्ये पर्छन् । जसमा उनलाई नायिकाका रूपमा देख्न सकिन्छ ।
‘काम’ वा ‘पेसा’मा भेदभाव नराख्ने रियाको स्वभाव छ । ‘अफर’ आएको कामलाई ‘गर्दिन“’ भनिहाल्दिनन्, उनी । ‘काम कसरी छाड्नु ?’ शुक्रबार सा“झ राजधानीस“गको कुराकानीमा रियाले भनिन्, ‘यो गर्दिन“, त्यो गर्दिन“ भन्न थाल्यो भने पछि परिन्छ ।’ पर्दामा सित्तैमा खेलिदिने ‘पात्र’का कारण उनले थुप्रै अवसर गुमाएकी पनि छिन् । ‘यो प्रवृत्ति कलाक्षेत्रमा बढिरहेको छ,’ उनी भन्छिन् । फुलपाती सँघारमा रियास“ग युमाश शेर्पाले गरेको सटकट संवाद:

कस्तो भूमिका मन पर्छ ?
यो र त्यो भन्ने हुँदैन । कामलाई माया गर्न सक्नुपर्छ । जुनसुकै क्षेत्रमा पनि काम सानो–ठूलो भन्ने हुँदैन । सबै प्रकारको भूमिकास“ग न्याय गर्न सक्नु नै कलाकारिता हो । यही हाम्रो धर्म पनि हो ।

बढी अफर केमा आउँछ ?
‘आइटम सङ’कै लागि बढीजसो अफर आउ“छन् । ‘के म तिम्रो होइन ?’, ‘श्री ५ अम्बरे’ र ‘बिरानो माया’मा गरेको ‘आइटम डान्स’ पनि बढी चिनायो ।

आइटममै किन बढी ?
म अलि त्यस्तै देखिन्छु । सुहाउने भएर पनि होला ।

बोल्ड देखिने भएर हो कि ?
त्यस्तै हो । म ‘बोल्ड’ नै देखिन्छु । फोटोमा अझ बढी मलाई ‘बोल्ड’ देखिन्छ ।

भनेपछि बाटो हि“ड्दा चिन्दैनन् ?
(अचम्म मान्दै) किन नचिन्नु ? झन् बढीले चिन्छन् ।

भनेपछि भूमिका पनि बोल्डै मन पर्छ ?
त्यस्तै भन्नुप¥यो । तर, अघि नै भनिसकें कि सबै प्रकारको भूमिकाले बढी छुने गर्छ ।

सबैभन्दा बढी पारिश्रमिक याद छ ?
फिल्मको ‘आइटम सङ’मा एक लाखसम्म लिएकी छु । त्यसबाहेक म्युजिक भिडियोमा ५० हजारसम्म लिने गरेकी छु ।

यो क्षेत्रमा कसले मौका दिए ?
मौनता श्रेष्ठले । उहा“ले नै मलाई ‘बे्रक’ दिनुभएको थियो । अहिले पनि उहा“को साथ पाइरहेकी छु ।

कुनै पनि शोषणको अनुभव ?
मेरो सबैस“ग राम्रो सम्बन्ध छ । त्यो अनुभव छैन ।

परिवारमा को–को छन् ?
बुबाको निधनपछि आमा र ममात्रै । परिवार भन्नु नै हामी दुई । कलाक्षेत्रमा लागेर आमालाई पाल्न सकिरहेकी छु ।

भनेपछि आमाको एक्ली सहारा ?
हो । आमाका लागि म छोरी होइन, छोरा हु“ । एक्ली छोरीले के गर्न सक्छ र भन्ने समाजका लागि छोराका रूपमा जन्मेकी छु ।

परिवारको जिम्मेवारी ठूलो छ ?
१२ वर्ष भयो, सबै जिम्मेवारी मैमाथि छ । बुबाको निधनपछि आमाको सहारा म र मेरो सहारा आमा
नै हुनुहुन्छ ।

भर्खरै सकाएको फिल्म ?
‘पायल’ र ‘मेरो आफ्नो’ भन्ने फिल्म भर्खरै सकिएको छ । अफरहरू आइरहेका छन् । सबै भ्याउने प्रयास गर्दै छु । सबैको साथले सफलता मिलिरहेकै छ ।

मेकअप :  जमुना श्रेष्ठ

थप तस्बिरका लागि www.rajdhanidaily.com, kathmanducraze.com login गर्नुहोला ।

तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा ‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं । सम्पर्क : [email protected]

(Visited 151 times, 1 visits today)
Loading comments...