शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

प्रधानमन्त्री ओलीले आज ४ बजेदेखी साँझ ७ बजेसम्म टिका लगाइदिने

राजधानी समाचारदाता
2 weeks ago
08/10/2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी छ । प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम मंगलबार मात्रै छ ।

(Visited 19 times, 1 visits today)
Loading comments...