शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

मध्यरातमा पीपलको रुखमा बस ठोक्किँदा ३८ घाइते

राजधानी समाचारदाता
2 weeks ago
09/10/2019

काठमाडौं । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ ।

यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(Visited 31 times, 1 visits today)
Loading comments...