शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

भारतीय मूलका एक डाक्टर लेकसाइडको होटलमा झुण्डिएको अवस्थामा भेटिए

विजय नेपाल
1 week ago
09/10/2019

पोखरा । पर्यटकीय नगरी पोखराको एक होटलमा भारतीय मुलका एक डाक्टर झुण्डिएको अवस्थामा भेटिएका छन् ।

हल्लनचोकस्थित ग्यालेक्सी होटलको कोठा नं. १०३ मा भारतको मुम्बई निवासी २३ वर्षीय डा. नायर विनित विजेयन दसैंको अघिल्लो दिन सो होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

भारतको मुम्बई घर भई हाल गोरखपुरस्थित बीआरडी मेडिकल कलेजमा ड्यूटीकै अवस्थामा एक्कासी असोज १७ गते पोखरा आएर उनी सो होटलमा बस्दैआएका थिए ।

पोखरामा ३ दिन घुमफिर गरेका उनी असोज २० गते होटलका कर्मचारीले खाना खान बोलाउँदा केही संकेत नदिएपछि दिउँसो ४ बजे ढोका फोडेर हेर्दा उनी तन्नाको पासो लगाई फ्यानमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
परिवार स्रोतका अनुसार निज डा विजेयन केही समयदेखि डिप्रेसनको बिरामी थिए ।

मुम्बईको विद्याधाम सीएचएस विद्यानगरी मार्ग कालीना सान्ताक्रुज इष्टका विजेयन नायरका २ भाइ छोरामध्ये उनी कान्छा हुन् । जेठा इञ्जिनियर छन् ।

(Visited 169 times, 1 visits today)
Loading comments...