शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

मेला विवादले गाउँलेविच झडप, १६ घाइते

सुजीतकुमार झा
1 week ago
10/10/2019

जनकपुरधाम । मेलाको विषयमा दुई गाउँलेबिच झडप हुँदा सिरहामा १६ जना घाइते भएका छन् । विवादमा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १६ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्गा मेलामा मैन र नटवा टोलका युवाहरूबीच बुधबार विवाद भएको थियो । त्यही विवादले उग्र रुप लिएपछि झडप भएको स्थानीयहरुको भनाई छ । छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएपनि तरकारी बेच्न गइरहेका बिपतिया राईनमाथि कुटपिट भएपछि झडप भएको थियो ।

झडपमा घाइते भएका फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुनलाई उपचारको लागि विराटनगर रिफर गरिएको छ । यस्तै जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको प्रहरीले जनाएको छ ।

थप घटना बढ्न नदिन प्रहरीले केही स्थानीयहरुलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सो स्थलमा निकै प्रहरी परिचालन गरिएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...