शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

युवाको हत्या, पाँचजना पक्राउ

राजधानी समाचारदाता
1 week ago
10/10/2019

स्याङजा । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ ।

छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । घटनाका कारण भने खुल्न सकेको छैन ।

(Visited 45 times, 1 visits today)
Loading comments...