बुधवार ३१ आश्विन, २०७५ (Wednesday, 17th October 2018)
३१ आश्विन, २०७५ (17 October 2018)

हिरो बन्ने रहर

2 years ago
11/03/2017

हिरो बन्ने रहर

deepak

दीपक ठकुरी

अचेल हाम्रो मन एक्सन फिल्मले तानेको छ । हामी प्रायः एक्सन फिल्म हेथ्र्यौं, कहिलेकाहीँ कार्टुन पनि । एक्सन फिल्ममा झैं एक्टिङ गर्न खुब मन लाग्थ्यो, घरिघरि गथ्र्यौं । ममीड्याडीको आँखामा छारो हालेर हामीले विभिन्न फाइटको अभ्यासमा समय बिताउन थालेका थियौं ।एकदिन स्कुल जान खान खाएपछि म स्कुल ड्रेस लगाउँदै थिएँ । दाइले मलाई पछाडिबाट एक लात हान्नुभयो । म एकछिन रन्थनिएँ । त्यसपछि म दाइसँग कुस्ती खेल्न तम्सिएँ । केही बेरपछि हामी हिरो र गुन्डाको भूमिकामा प्रस्तुत भयौं । मैले ताकीताकी दाइलाई एक किक हानेको थिएँ, थर्मसलाई लागेछ । थर्मस फुटिहाल्यो ।

ममीले हाम्रो बदमासी थाहा पाइहाल्नुभएछ । दुईचार दिनसम्म नबिर्सिने गरी ममीको हातको चिउरा खायौं । दुःखको कुरा हामीले टिभी हेर्न पाएनौं, त्यस दिनदेखि । हाम्रो मन भित्रभित्रै रोयो, कसैले देखेन ! एक हप्तापछि तरकारी काट्न सघाएर हामीले ममीलाई फकायौं । राम्राराम्रा काम ग¥यौं, ममीड्याडीको मन पगाल्न । केही दिनमै हामी सफल भयौं । हामीले टिभी हेर्न त पायौं, ज्ञानवर्धक कार्यक्रम मात्र, त्यो पनि उहाँहरूको उपस्थितिमा । हामी रोयौं । तर, पनि ममीड्याडीको मन पग्लिएन ।
फुर्सद हुनेबित्तिकै दाइ र म हिरो–गुन्डाको खेल खेल्थ्यौं लुकीलुकी । हामीले स्कुलमा पनि यो खेल सुरु गरेका थियौं । सरमिसले थाहा पाउनुभएको थिएन । हाम्रो समूहमा अरू पाँचजना थपिएका थिए । हामी ससाना फिल्म बनाउँथ्यौं र दाजुभाइ पालैपालो फिल्मको निर्देशन गथ्र्यौं ।एक दिन मेरो निर्देशनमा म आफैं हिरोको भूमिका निर्वाह गर्दै थिए, अरूचाहिँ गुन्डाको । तिनीहरूले मलाई पिटे, रगत पनि बग्यो मेरो नाकबाट । त्यस दिन मैले साँच्चिकै फिल्ममा झैं गुन्डाहरूलाई पिट्न सकिनँ, तैपनि मेरो मनमा हिम्मत र आशा जीवितै थियो ।

picture-for-child-story

दण्ड पाइने डरले मनमा पीडा भए पनि मैले घटनालाई गोप्य राख्ने खुब प्रयत्न गरें । मेरो नाकमा रगत देखेर कसैकसैले शंका गरे । मैले लडेर रगत बगेको भनेर सबैलाई झुक्याएँ । तिनीहरूले पत्याएँ ।पूर्वयोजनाअनुसार हामी ११ बजेतिर संयुक्त पाटन क्याम्पसको चउरमा भेला भयौं । सबैको हातमा लौरो थियो । तर, मेरो हातमा केही थिएन, किनकि म हिरोको भूमिकामा थिएँ । फिल्मको कथानकअनुसार फाइट खेल्दै जाँदा म एकजनाबाट लट्ठी खोस्न सफल भएँ । मैले सबैलाई पिटिदिएँ । फिल्ममा झैं उनीहरूको घाँटी बटारिदिएँ, छातीमा लात पनि बजारें । तर, कोही पनि फिल्ममा झैं मरेनन्, घाइतेचाहिँ भए । क्या  मज्जा आयो †
प्रत्येक फिल्मी कार्यक्रममा म कसैको हात भाँचिदिन्थें त कसैलाई गम्भीर घाइते बनाइदिन्थें । तैपनि, साथीहरू केही दिनमै तंग्रिएर मसँग फाइट खेल्न आउँथें । कुनै दिन त ममाथि रिस फेरिहाल्थे । म सहन्थें । बाहिरै देखिने चोट लागेमा अनेकौं बहाना पार्थें । सुरुसुरुमा त ममीड्याडीले पत्याउनुहुन्थ्यो मेरो कुरा, पछिपछि त पत्याउनुभएन । साथीहरूका ममीड्याडीले मलाई बाटोमा भेट्दा कराउँथे, तर्साउँथें । तर, म डराउँदिनथें । कारण हो, म चर्चित हिरो भइसकेको थिएँ ।
घाइते साथीका ममीड्याडी मेरै घरमा कयौंपटक बैठक बस्न आएका थिए । सबैजना मलाई हिरो बन्न रोक्थें । मलाई ज्यादै रिस उठ्थ्यो । ड्याडीले छडी लगाउन्जेल मात्र म हिरो बन्दिनँ भन्थें । पछि त हिरो बन्न मन लागेर आइहाल्थ्यो । अनि, म असल हिरो बन्ने प्रयत्न गरिरहन्थें, अरूलाई छलीछली ।
अचानक मलाई स्कुलले रेस्टिकेट गरिदियो । म जहाँ रहे पनि आप्mनो लक्ष्य पूरा गर्न सक्थें, मलाई खासै प्रभाव पारेन, स्कुलको निर्णयले । तर, ममीड्याडी रुनुभयो, म त रोइनँ ।

आज बिहानको कुरा । म छतमा घाम तापिरहेको थिएँ । ममीड्याडी अस्पताल जानुभएको थियो । दाइचाहिँ तल कोठामा पढिरहनुभएको थियो । अकस्मात् दाइ मनेर आउनुभएछ । उहाँले मलाई कोट्याउनुभयो । मैले वास्तै गरिनँ । फेरि कोट्याउनुभयो । म बोलिनँ ।
केही बेरपछि त उहाँले मेरो कानमा के घुसार्नुभएछ, म तर्सिएँ । उहाँ हाँस्नुभयो । मलाई रिस उठ्यो । मैले उहाँलाई एक लात हानें, अझै रिस शान्त भएन । फेरि एक लात हान्न लागेको थिएँ, हातले छेक्दै भन्नुभयो, ‘तिमी र म फाइट खेलौं ।’‘नाइँ, नखेल्ने ।’ फाइटप्रति वितृष्णा जागेर आयो ।‘खेलौं न, एकछिन भए पनि ।’ उहाँको स्वरमा मधुरताको आभास पाएँ ।

‘नखेल्ने † मजस्तो बदमाससँग किन खेल्न आउनुहुन्छ ? उता जानुस् ।’ मेरो स्वर आकासियो ।‘कसले भन्यो, तिमी बदमास ? तिमी त भविष्यको सुपरहिट हिरो पो त । भाइ, आज एकछिन फाइट खेलौं न । तिमी हिरो म गुन्डा है ?’ दाइले काम बाँडफाँड गरिहाल्नुभयो ।
दाइले मलाई हिरो भनेर सम्बोधन गर्नुभएकाले भित्र कताकताबाट हिरो बन्ने इच्छा फेरि जागेर आयो । त्यसपछि मैले भनें, ‘ल, सुुरु गरिहालौं ।’ हाम्रो फाइट सुरु भयो । हामी दुवैको अनुहार उज्यालिँदै गयो । दाइले उडीउडी अनेकौं किक देखाउनुभयो । तर, मलाई लाग्दै लागेन । यसक्रममा म कौसीको छेउमा पुगें ।
उहाँले मलाई ताकेर फेरि लात हान्नुभयो । मैले फेरि छकाएँ । उहाँको खुट्टा चाहिँ हुक्कामाथि अल्झिएछ । यही बेला मैले उहाँलाई एक लात हानेर धकेलेको थिएँ । उहाँ त छतबाट खस्नुभयो । मैले हेर्दाहेर्दै मूल सडकमा पछारिनुभयो । मेरो होसहवास नै उडेर गयो । त्यसपछि के भयो, म आफैंलाई थाहा छैन ।
होसमा आउँदा म अस्पतालमा रहेछु । मेरो वरिपरि आफन्त र प्रहरी पनि रहेछन् । केही दिनपछि प्रहरीले मलाई  अस्पतालबाट बाहिर लैजान लागे । यसै बेला गहभरि आँसु पारेर आमाले मलाई प्रश्न गर्नुभयो,
‘तिमीलाई दाइको माया लाग्दैन ?’‘लाग्छ । उहाँ अहिले कहाँ हुनुहुन्छ ?’ मैले बल्लतल्ल स्वर निकालें ।‘यहीँ छ ।’ आमा आँसु पुछ्न थाल्नुभयो । ‘त्यस भयो भेट्न गइहालौं न ममी ।’ म हतारिएँ । मैले दाइ रुन्चे अनुहार बनाएर बेडमा सुतिरहेको देखेें । उहाँको शिरदेखि खुट्टासम्म हेरें । मेरो नजर दाइको हात र खुट्टामा बाँधिएको प्लास्टरमा अडियो । अनि, आमालाई धक्का दिँदै दाइको हात समाउन पुगें । त्यसपछि दाइको छातीमा घोप्टिएर निकै बेरसम्म क्वाँक्वाँ रुन थालें ।