आयो ‘के म तिम्रो होइन र’ को गीत र ट्रेलर

काठमाडौं : रास– राजधानीमा एक समारोहबीच चलचित्र ‘के म तिम्रो होइन र’को ट्रेलर र दुई गीतको दृष्य सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेस एक्सनप्रधान छ । यस्तै गीतका दृष्य रोमाञ्चकारी शैलीका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र नायिका स्वेता खड्कालगायतले यस चलचित्रका गीतको संग्रह विमोचन गरे । वसन्त सापकोटा र ताराप्रकाश लिम्बूको संगीत रहेको चलचित्रका गीतमा डाक्टर कृष्णहरी बराल, सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छ । चलचित्रमा उदितनारायण झा, अन्जु पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज छ ।

यस चलचित्र ३१ वैशाखबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको कथा र निर्देशन आकाश अधिकारीको हो । चलचित्रबाट आर्यन अधिकारी र मरिष्का पोख्रेल नवोदित कलाकारका रूपमा रजतपटमा आउँदै छन् । चलचित्रका अन्य कलाकारमा गौरी मल्ल, मिथिला शर्मा, प्रज्वल सुजल गिरी, सुरेन बस्याल, सवीना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी र बिनोद केसी छन् ।

सुरेश अधिकारीले निर्माण गरेको यस चलचित्रको पटकथा, संवाद यम थापाको, छायाँकन नवराजकृष्ण थापाको, द्वन्द्व निर्देशन हिमाल केसीको, नृत्य निर्देशन वसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको हो ।

प्रकाशित मिति: २०१६-०४-०५ ०८:३९ | ३९ पटक हेरिएको