मरुभूमिमा सपना फलाउँदै

प्रेम स्याङ्तान

कृषि इन्जिनियरको उपाधि पाएका लेखनाथ नगरपालिका–१ का तिलबहादुर गुरुङ इन्डियन लाहुरेको जागिर छाडेर वैदेशिक रोजगारीका सिलसिलमा मलेसिया पुगेका थिए । मलेसियामा लगभग डेढ वर्ष बसेपछि उनी पुनः नेपाल फर्के ।

नेपाल फर्केर पनि चुप लागेर बसेनन् । पुनः रोजगारीका लागि उनी स्न १९९४ मा कतार गए । उनी कतार गएको पनि लगभग २२ वर्ष भइसकेको छ । उनी हाल कार्यरत फार्म हाउस कतारको राजधानी दोहादेखि १ सय ७ किलोमिटरको दूरीमा पर्ने समालको गार्डेनदेखि केही समयमा नै पुग्न सकिने मजरामा कार्यरत छन् । दोहादेखि निकै टाढा रहे पनि उनको क्याम्प तथा फार्म हाउसमा पुगेपछि भने मन निकै आनन्द हुन्छ ।

मरुभूमिमा होइन नेपालको कुनै कृषि तथा पशुपालनको फार्ममा नै पुगेको भान हुन्छ, किनकि उनको फार्म हाउसमा काम गर्नेहरू प्रायजसो नेपालीहरू, अरू भारतीय र श्रीलंकन छन् ।

उनीकहाँ अरू मजरा तथा फार्म हाउसका कामदारहरू र अरू व्यक्तिहरू दैनिकजस्तो विभिन्न बीउबिजन तथा खेतीपाती गर्ने तरिकालगायत औषधि केकति मात्रमा हाल्ने हो सोबारे सोधपुछ तथा जानकारीका लागि आइरहने बताउँछन् । त्यसो त यसरी मजरामा काम गर्ने हजारांै नेपाली छन् । तर पनि तिलबहादुरले जस्तो गर्नेहरू कमै छन् । उनले आफ्नो जीवनस“गिनीलाई पनि उतै लगेर कृषि कार्यमा नै लगाएका छन् । उनी तरकारी बेच्न बजारसम्म पुग्छन् ।

बढी मात्रामा अरू फार्म हाउसमा काम गर्ने मिश्रीहरू आउने गरेका उनले बताए । त्यसरी जानकारी लिन आउनेहरू उनलाई नेपाली कृषि इन्जिनियर कता छ भन्दै काम गर्ने अरू कामदाहरूलाई सोध्दै आउने गरेको बताउँछन् । कतारमा उनको फर्मलाई यतिको राम्रो बनाउन उनको कतारी मालिकले लाखौं लाख कतारी रियाल खर्चेको बताए । ‘पहिला त मालिकको आमाले यस्तो ठाउँमा हुँदैन भन्नुभएका थियो । तर, मेरो मेहनतले फर्म निकै राम्रो भएको छ ।

सुरुमा त उनका मालिकले कागती र आँप फलाउँछु भन्दा नपत्याएको र फलाएर देखाएपछि निकै खुसी भएका बताए । उनको फार्म हाउसमा काम गर्ने कामदारहरूको रेखदेख, उत्पादन भएका तरकारी तथा फलपूmल, पशुपन्छी सबै उनकै जिम्मामा रहेका छन् । यतिका लामो समयदेखि काम गर्दा मालिकले यति धेरै विश्वास ग¥यो कि अहिले सबै काम उनकै जिम्मेवारीमा रहेको छ ।

यहाँ निकै राम्रा तरकारीहरू उत्पादन भएको छ । प्रायजसोले फर्म हाउसबाट विभिन्न तरकारीहरू लैजान्छन् । बाँकी तरकारीहरू भने गाडीमा हालेर अलखोर बजार तथा कतारका अन्य सहरहरूमा पनि पठाउने काम गरिन्छ । दोहाका विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका बताउँछन् ।

नुन मिसिएको पानीले बिरुवा मर्छ

हाम्रो देशको जस्तो स्वच्छ र सफा पानी खाडीमा पाउँदैन । जमिनमुनिबाट निकालेको होस् या समुद्रको पानी होस्, दुवैमा अत्यधिक मात्रामा नुन मिसिएको हुन्छ । यसरी नुन मिसिएको पानी फलपूmल तरकारीमा सीधै प्रयोग गर्दा नुनका कारण बोटबिरुवा मर्न सक्छन् भने जनावर तथा मानिसले सीधै प्रयोग गर्दा विभिन्न खालका रोग लाग्ने सम्भवना हुन्छ ।

त्यसैले, खाडीमा खेतीपाती गर्दा जमिनमुनिबाट निकालेको पानीलाई सीधै मेसिनद्वारा नुन छुट्ट्याउने काम गरेपछि मात्र खेतीपाती जनवार तथा मानिसले प्रयोग गर्छन् । जमिनबाट तानेको नुनयूक्त पानीलाई छुट्ट्याएर सफा गरिसकेपछि ठूलाठूला ट्यांकीमा जम्मा गरिन्छ । पछि आवश्यकताअनुसार पाइपद्वारा सि“चाइमा प्रयोग गरिन्छ । साथै, खानेपानी तथा लुगा धुन पनि सीधै प्रयोग गर्न सकिने किसिमले उक्त मेसिनले रिफाइन गरी पठाएको पानी निकै शुद्ध र पिउन योग्य बनाउँछन् ।

उनको खेतीपातीका लागि तथा उनीसँग काम गर्ने १५ जना कामदारहरूका लागि दैनिक पिउने पानी, नुहाउन तथा लुगा धुनका साथै पानी ट्यांकी करिब ६५ हजार ग्यालिन र ४० हजार ग्यालिनसम्म पानी अटाउने क्षमताका दुईवटा ट्यांकीहरू बाहिर राखेका छन् । तिनै ट्यांकीहरूबाट आवश्यकताअनुसार उनको ग्रिनहाउस तथा ग्रिनहाउस बाहिर रहेको गार्डेनमा रहेका तरकारी तथा फलपूmलहरू र पशुपन्छीलाई दैनिक रूपमा आवश्यकताअनुसार पाइपद्वारा पानी हालिन्छ ।

ग्रिनहाउसभित्र यसरी तरकारीको खेतीपाती गरिन्छ

नेपालको जस्तो खुला आकाशमा यहाँ खेतीपाती प्रायः गरी बिरलै गरिन्छ । मे, जुन, जुलाई र अगस्ट महिनामा अत्यधिक गर्मी हुने भएकाले प्रायः गरी खाडीतिर ग्रिनहाउसभित्र तरकारी खेती गरिन्छ । ग्रिनहाउसभित्र ससाना ब्याड बनाएर सिमी, गोलभेंडा, गाँजर, काँक्रोलगायतका विभिन्न तरकारीहरू लगाइन्छ ।

गर्मीका कारण चर्को घाम र बाहिर खुला ठाउँमा हिउँद याममा मात्र तरकारी लगाइन्छ । ग्रिनहाउसभित्र रहेका फलपूmल तथा तरकारीहरूका लागि भने आवश्यकताअनुसार पानीमा भिटामिन तथा मल सधैं मिसाए ससाना पाइपद्वारा सीधै बोटबिरुवामा लगाउने गरिन्छ । ग्रिनहाउसभित्रको तापक्रम भने एउटा एसीले चिसो पार्ने र अर्को एसी तातो फाल्ने काम २४सै घन्टा गरिरहेको हुन्छ । बाहिर पनि खेतीपाती गरिन्छ तर गर्मी समयमा बाहिर खेती गर्दा प्रायः मर्ने सम्भावना भएकाले ग्रिन हाउसभित्र नै गरिन्छ । ग्रिनहाउसभित्र गर्दा सबै कुराले सुरक्षित हुन्छ ।

तरकारीबाहेक पशुपन्छी पालनमा पनि उत्तिकै व्यस्त

गुरुङ तरकारी तथा फलपूmलमा मात्र नभइकन पशु तथा पन्छी पालनमा पनि त्यत्तिकै भिजेका छन् । उनको गोठमा भेंडा, खसी, बोका, बाख्रा, परेवा, भँगेरा, कुखुरा, मयुरलगायतका पशुपन्छीहरू पालेका छन् । उनलाई कुखुरा चल्ला उत्पादन गर्न कुखुराको माउको अवाश्यकता पर्दैन । कुखुराको अन्डा फ्रिजमा हालेर तापक्रमअनुसार मिलाएर चल्ला उत्पादन गर्दै आइरहेका बताए । विभिन्न पर्वहरूमा यी पशु तथा पन्छीहरूको बिक्रीवितरण गर्दै आएको बताउँछन् ।

एकजना पशुपालन गर्ने उनको कामदार भन्छन् । सेतो भेंडालाई छोरो मान्छेको प्रतीक मानिन्छ, किनभने कतारमा छोरा मान्छेहरूले सबैले सेतो लुगा लगाएका हुन्छन् भने कालो भेंडालाई छोरी मान्छेको प्रतीक मानिन्छ, किनभने छोरी मान्छेहरूले कालो लुगा लगाएका हुन्छन् ।

माटो बीउबिजन तथा मल बाहिरबाट ल्याउनुपर्छ

खेतीपातीका लागि उपयुक्त माटो यहाँ पाइँदैन । यहाँ त बालुवा र कंक्रिटयुक्त माटो मात्र पाउने भएकाले खेतीपातीका लागि माटो साउदीबाट ल्याउनुपर्छ । त्यसैगरी, मल तथा बीउबिजन पनि विभिन्न देशबट नै आयात गर्नुपर्छ । यहाँ त खालि विभिन्न देशहरूबाट आयात गरी उत्पादन गरिने मात्र हो । त्यो पनि निकै कडा मेहनत गरी उत्पादन गरिन्छ । एसी लगाएर ग्रिनहाउसभित्र उत्पादन गरिनुपर्छ । नेपालको जस्तो हावापानी र माटो भए यहाँ यस्ता तरकारीहरू कति उत्पादन हुन्थ्यो कति तर के गर्नु यस्तो खाडीमा पनि यसरी खेतीपाती गरेर हामीले तरकारी तथा फलपूmल उत्पादन गरिरहेका छौं । नेपालमा पनि उच्च मेहनत र लगनशील भएर काम गरियो भने नहुने केही छैन । यहाँ यस्तो ठाउँमा करोडौं लगानी गरेर तरकारी उत्पादन गरिरहेका छौं । देशमा सरकारले पनि केही राम्रो नीति नियम र सहयोग गर्ने हो भने हाम्रो देशमा नहुने केही छैन । तर के गर्नु, देशका नेताहरूले सुन फाल्ने माटो नचिनेपछि र त्यसको प्रयोग गर्न नजानेपछि † जनताले पनि धेरै दुःख पाउँदो रहेछ ।

प्रकाशित मिति: २०१६-०४-०२ ०९:१२ | १४८ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.