चौंरीपालक मर्कामा

बलराम घिमिरे

स्याफ्रु गाविस–३ का चौंरीपालक कृषक नाक्पु दोर्जे तामाङले चौंरीपालन छोडेको एक वर्ष भयो । निरन्तर आठ वर्षसम्म चौंरीपालन गरेका उनले गत वर्षदेखि चौंरीपालन छोडेका हुन् । समयमा पानी नपरेपछि खर्कहरूमा घाँस नहुँदा उनी चौंरीपालन पेसाबाट पलायन नै हुनुप¥यो ।

‘खर्कहरूमा पानीको मुहान सुक्दै गएको छ, नयाँ घाँसको सट्टा काँडादार झाडी फैलि“दै गएको छ चौंरीपालन गर्न समस्या भयो,’ उनले राजधानीस“ग भने, ‘समयमा पानी नपर्ने र तापक्रम वृद्धिले गर्दा खर्कहरूमा हरियो घाँस पलाउनुको सट्टा अन्य प्रजातिले ढाक्न थालेको छ,’ उनको बुझाइमा यो सबै जलवायु परिवर्तनका कारण भएको हो । चौंरीपालन व्यावसायबाट वार्षिक १ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको उनी चरनको समस्याले व्यावसाय नै छाड्न पुगे । उनले ३२ चौंरीहरू पालेका थिए ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रका चौंरीपालन गर्ने किसाानहरू यसरी नै प्रभावित भएका छन् । १९ वर्षदेखि चौंरीपालन गर्दै आएका स्याफ्रु–६ का अर्का कृषक पासाङ तामाङले भने पहिलाको तुलनामा पानी पर्ने मात्रा कम हुँदै गएपछि समस्या उत्पन्न भएको बताए ।

‘खर्कहरूमा घाँस पलाउन छाडेको छ, विषालु झार देखापर्न थालेको छ,’ उनले भने, ‘पानी नपरेर सुक्खा भएकाले घाँस राम्रोस“ग नपलाउँदा चौंरीपालन गर्न समस्या परेको छ । उनी खर्क व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । उनको गोठमा अहिले २५ चौंरी छन् । चौंरीपालन व्यावसायबाट वार्षिक लाखौं आम्दानी हुने गरेको उनी बताउँछन् ।

हिमाली जिल्लाको कृषकहरूको आम्दानीको स्रोत भनेको चौंरीपालन पनि एक हो । कति कृषकहरूले चौंरीको दूध दुग्ध विकास संस्थानलाई बिक्री गर्छन् भने कति कृषकहरूले मखन र छुर्पी आफैं उत्पादन गरी बजारमा लगेर बिक्री गर्दछन् । यसबाट कृषकहरूले बर्सेनि लाखांै आम्दानी गर्दै आएका छन् । तर, जलवायु परिवर्तका कारण चरन खर्कहरू प्रभावित भएकाले किसानहरू मर्कामा परेका छन् तामाङको बुझाइ छ ।

रसुवा जिल्लामा २० भन्दा बढी चौंरी भएका १ सय ७ चौंरी गोठ रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. डिल्लीराम सेढार्इंका अनुसार चौंरीमा नयाँनयाँ रोगहरू देखापरेका छन् । ‘समयमा पानी नपर्दा खर्कमा घाँस उत्पादन कम हुँदै गएकाले चौंरीले जंगलको सोतर खाएर रातो पिसाव गर्ने रोग देखा पर्न थालेको हो,’ उनले राजधानीसँग भने, ‘खर्क खुम्चिँदै गएको छ, खर्कहरूमा अनावश्यक झार बढेको छ ।’ जलवायु परिवर्तनले हिमाली क्षेत्रका चौंरीपालन गर्ने किसाानहरू प्रभावित भई व्यवसाय घट्दै गएको उनले बताए । जिल्ला पशुसेवा कार्यालय रसुवाले खर्क सुधारको कार्यक्रम गरिरहेको छ । खर्कमा पानीको व्यवस्थापन गर्ने चौंरीपालन गर्ने कृषकहरूको समूह बनाएर तालिम प्रदान गर्ने परजीवी नियन्त्रणको लागि भ्याक्सिन लगाउने याक खरिद गरेर कृषकलाई दिनेजस्ता कार्यक्रहरू रहेको डा. सेढाईंले बताए ।

रसुवामा १ सय ३१ खर्कहरू रहेको कृषि अनुसन्धान केन्द्र चरनको तथ्यांकमा रहेको छ । धुन्चे, राम्चे, स्याफ्रु, लाङटाङ, गतलाङ, थुमन, वृद्धिम, टिमुरे र यार्सा गाविसमा १ सय ३१ खर्कहरू रहेको चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक शम्भु श्रेष्ठले बताए । ‘राम्रोस“ग पानी नपर्दा चरन खर्कमा विषादि घाँस देखापर्न थालेको, खर्क सुक्खा छ घाँस राम्रोसँग पलाएको छैन,’ उनले भने, ‘राम्रोस“ग घाँस नपलाउँदा चौंरीपालन गर्ने कृषकहरूलाई समस्या परेको छ ।’ चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रले चौंरी खर्कहरूमा घाँसको उत्पादन र अनुसन्धान गर्दै आएको छ । अहिले चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रले चौंरीखर्कहरूमा कक्सफुड, पासपलम, राईग्रास घाँसको उत्पादन र अनुसन्धानका लागि छर्दै आएको छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रको तापक्रम बर्सेनि वृद्धि हुँदै गएको छ । हिमाली क्षेत्रमा वार्षिक शून्य दशमलव शून्य ६ प्रतिशतका दरले तापक्रम वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ । तराई र पहाडभन्दा हिमाली क्षेत्रको तापक्रम वृद्धि हुने प्रतिशत बढी छ । यसबाट हिमाली क्षेत्रमा बसोबास गर्ने कृषकहरू प्रभावित भएका छन् । जलवायु परिवर्तनले हिमाली क्षेत्रको तापक्रम बर्सेनि वृद्धि हुँदै गएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

‘तापक्रम वृद्धिका कारण ट्रिलाइनमाथि सर्दै गएको छ,’ उनले भने, ‘समयमै पानी नपर्दा चरन खर्कहरूमा मिचाहा प्रजातिको बाहुल्य बढ्दै गएकाले अन्य घाँस पलाउन सक्ने अवस्था नरहेकाले गर्दा चौं™ीले मन पराउने घाँस लोप हुन सक्ने अवस्था सिर्जना भएको छ । ‘यसले कृषकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा किसानहरूलाई असर गरेको छ,’ उनले भने, ‘लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना धधा नेपालले रसुवा जिल्लामा जलवायु परिवर्तन अनुकूलनको कार्यक्रहरू गर्दै आइरहेको छ ।’

सहयोग आयोजनाले हिमाली क्षेत्रमा खर्क व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत खर्कमा काँडादार झाडी सफाइ गर्ने, काँटछाँट गर्ने, खर्कमा पानीको मुहान संरक्षण गर्ने र खर्कमा पानी प्रबन्ध गर्ने खर्कमा घाँस छर्नेलगायतका गतिविधिहरू हुँदै आएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । रसुवा जिल्लामा व्यावसायिक चौंरीपालन गर्ने कृषकहरू धेरै नै भएकाले दुग्ध विकास संस्थानले तीन स्थानमा चिज उत्पादन केन्द्र खोलेको छ । चन्दनबारी, गतलाङ र लाङटाङमा दुग्ध विकास संस्थानले चिज उत्पादन केन्द्र खोलेको हो । संस्थानले रसुवा जिल्लामा वार्षिक ४० हजार केजीभन्दा बढी चिज उत्पादन गर्ने गरेको छ ।

प्रकाशित मिति: २०१६-०४-०२ ०९:०५ | ६० पटक हेरिएको