युरोपतिर तेह्रथुमको ढाका

कृष्ण विदुखी

हाते तानबाट घरघरमा बुनेका तेह्रथुमे ढाका कपडाको युरोपीय बजारबाट माग आएको छ । स्थानीय सामग्री प्रयोग गरी हाते तानमा तयार गरिएका ढाकाका कपडाको ‘क्वालिटी’ गुणस्तरीय भएको भन्दै युरोपेली मुलुकबाट धेरै परिमाणमा माग आएपछि साना उद्यमीले तयार गरेका ढाका कपडाको बिक्रीका लागि नया“ अन्तर्राष्ट्रिय बजार पाएको हो ।

स्थानीय सीप र कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएका ढाकाका कपडाको युरोपीय मुलुकबाट माग आएपछि व्यवसायीहरू उत्साहित भएको उज्ज्वलता ढाकाकपडा उद्योगकी सञ्चालिका उज्ज्वलता सुब्बाले बताइन् । यहाँ उत्पादित ढाकाका कपडा ‘तेह्रथुमे ढाका कपडा’ का नामले प्रख्यात छ । बाहिरी जिल्लाबाट तेह्रथुम आइपुगेकाहरूले फर्किएर जा“दा आफन्त र साथीभाइलाई कोसेलीका रूपमा लिएर जाने र नेपालको प्रमुख सहर बजारमा मात्र किनबेच हु“दै आएको ढाका कपडा अब विदेशी बजारसम्म पुग्न थालेको छ । ‘उत्पादन बढाउन सके अब बजारको समस्या ह“ुदैन,’ पराजुली ढाका कपडा उद्योग म्याङलुङका सञ्चालक ढंगराज पराजुलीले भने ।

पछिल्लो समय जिल्लाको दुर्गम गाउ“देखी सदरमुकामसम्म फस्टाएको ढाका कपडा उद्योगले ३० हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ढाका कपडाको व्यवसायबाट निम्न आय भएकाहरूले घरमै बसेर लाखांै रुपैयाँ आर्जन गरिरहेका छन् । उद्योगी पराजुली ढाका कपडाको व्यवसायबाट जिल्लाका धेरैको जीवनस्तर सुधारिएको बताउँछन् । उत्पादित ढाकाका कपडा स्थानीय उद्योगीले नेपालका धरान, विराटनगर, झापा, काठमाडौं, पोखरालगायतका प्रमुख सहरबजारका व्यापारीलाई बिक्री गर्दै आएका थिए । अहिले तिनै व्यापारीको माध्यमबाट उत्पादित ढाकाको कपडा युरोपीय मुलुक अमेरिका, बेलायत, अस्टे«लिया, सिंहापुर, कोरिया, मलेसिया हङकङलगायतका मुलुकतर्फ निर्यात हुन थालेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत सत्यनारायण राईले बताए ।

नेपाल बाहिरका मुलुकमा ढाकाको कपडाको माग बढेपछि सदरमुकाम म्याङलुङसहित जिल्लाभरका ग्रामीण क्षेत्रका घरघरमा हातेतान राखेर कपडा बुन्ने काम थप तीव्रता पाएको छ । हाते तानमा कुर्ता सुरुवाल, साडी, चोली, मजेत्रो, सल, टोपी, पर्स, झोला, थैली, रुमाललगायतका दर्जनौं प्रकारका ढाकाका सामानहरू उत्पादन हुन्छन् ।

ढाका कपडाको माग अत्यधिक आएपछि म्याङलुङ बजारमा रहेको उज्ज्वलता ढाका कपडा उद्योगकी सञ्चालिका सुब्बाले मात्र आफ्नो उद्योगमा ३ सय बढी कामदारलाई कपडा बुन्ने काममा लगाएकी छन् । गाउ“देखि सदरमुकाममा रहेकोे उद्योगमा समेत गरेर उनले यतिका धेरै कामदारलाई रोजगारी दिएकी हुन् ।

पछिल्लो समय ढाकाको कपडाले राम्रो बजार लिएका कारण तेह्रथुमस“ग सीमा जोडिएका संखुवासभा, धनकुटा, पा“चथर, ताप्लेजुङलगायतका जिल्लामासमेत हातेतान राखेर ढाकाका कपडा उत्पादन गर्न थालिएको छ । हाते तानबाट तयार गरिएका ढाकाका कपडाको बजार राम्रो भएको भन्दै घरेलु तथा साना उद्योग विकास समितिले एक गाउ“ एक उत्पादनको कार्यक्रम अघि सारेर ढाका कपडा उत्पादन गर्न चाहनेहरूलाई गाउ“गाउ“मा गएर तालिम दिइरहेको छ । तालिमपश्चात् घरघरमा तान राखेर गाउ“लेले ढाका कपडा उत्पादन गरिरहेका छन् । सदरमुकाममा रहेका श्रमजीवी, पराजुली, उज्ज्वलता, फक्तालुङ, नवीन विकासलगायतका उद्योगहरू नाम चलेका ढाका कपडा उत्पादन गर्ने उद्योगहरू हुन् । यिनै उद्योगमा हाते तानमा बुनेका ढाकाका कपडा युरोपेली बजारसम्म पुग्न थालेका हुन् । युरोपीय व्यापारीले हाते तानमा बुनेका ढाकाका कपडा माग गरे पनि स्थानीय व्यवसायीहरू सोझै पठाउन सक्ने अवस्था भने छैनन् ।

आफूहरूलाई अन्तर्राष्ट्रिय बजारको अनुभव नभएको र प्रक्रियागत झन्झटका कारण सीधै युरोपका व्यापारीलाई समान पठाउन गाह्रो भएको ढाका उद्यमी रामसिंह आलेले बताए । ‘आºनो समानको राम्रो बजार हु“दाहु“दै पनि बिचौलियाको भर पर्नुपर्ने अवस्था छ,’ उनले भने । हाते तानबाट उत्कृष्ट ढाका कपडा उत्पादन गरेका कारण घरेलु तथा साना उद्योग विकास समिति काठमाडांैले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘औद्योगिक प्रदर्शनी तथा राष्ट्रिय उत्कृष्ट उद्यमी पुरस्कार कार्यक्रम’मा पराजुली ढाका कपडा उद्योगका सञ्चालक ढंगराज पराजुली, श्रमजीवी ढाका कपडा उद्योगका सञ्चालक रामसिंह आले, नवीन विकास ढाका कपडा उद्योगकी सञ्चालक रञ्जना राई उत्कृष्ट उद्यमी पुुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । त्यस्तै, उज्ज्वलता ढाका कपडा उद्योगकी सञ्चालिका उज्ज्वलता सुब्बा पनि ‘सेलिब्रेटिङ वुमनहुड २००८’ मा व्यापार व्यावसायमा ख्याति कमाएबापत प्रदान गरिने ‘लक्ष्मी’ विधाको अवार्डबाट सम्मानित भएकी महिला हुन् ।

‘यस्ता पुरस्कार र प्रोत्साहनले व्यवसायमा थप हौस्याएको छ,’ उद्योगी पराजुलीले भने, ‘मेहनत गरेर कुनै पनि काममा लागियो भने अवश्य पनि सफल होइँदो रहेछ ।’ उत्पादित ढाकाका कपडालाई उद्योगीहरूले कार्यालयको सहयोगमा भारत, थाइल्यान्डलगायतका मुलुकमा भएको प्रदर्शनीमा समेत लगेर आफ्नो उत्पादन प्रचारप्रसार गर्दै आएका छन् ।

प्रकाशित मिति: २०१६-०४-०२ ०८:५७ | ५३ पटक हेरिएको