ल्याप्चेले मनायो रजत उत्सव

काठमाडौं÷रास– कलाकार तथा विभिन्न क्षेत्रका १५ व्यक्तिलाई सम्मान गर्दै हास्य टेलिशृंखला ‘ल्याप्चे’ले रजत उत्सव मनाएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेसर बोगटीको आतिथ्यमा युनियन हाउस अनामनगरमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८ः३० बजे प्रसारण भइरहेको ल्याप्चे टेलिशृंखलाले २५औँ भाग पार गरेको छ । सोही अवसर पारेर उक्त शृंखलालाई सघाउने कलाकार र अन्यलाई सम्मान गरिएको हो ।

टिकाराम आले मगर र लक्ष्मण लम्सालद्वारा निर्देशित यो टेलिशृंखलाका मुख्य कलाकारहरू रोहित कार्की, प्रकाश लिम्बू, मित्र तामाङ, लक्ष्मण लम्साल, देवी आले, प्रेमा तामाङ, युगान्त घर्ती, जेबी बुढाथोकी, सीता अधिकारी, लोकनाथ आचार्य, राजेश विसुराल, चेत ब सिंह राजा, भविराज थापा र रूपक अधिकारी रहेका छन् ।

प्रकाशित मिति: २०१६-०४-०५ ०८:३८ | २४ पटक हेरिएको