एउटा धावकको यात्रा डायरी

सञ्जय पण्डित (चाणक्य ) कृतिमानी विश्व पर्वतारोही एवं लामो दूरीका धावक हुन् । २,४९५ किलोमिटर लामो दूरी दौडेर लामो दूरीका धावकका रूपमा चर्चित पण्डितले दौडेरै काठमाडौं खासा, काठमाडौं गोर्खा, स्वर्गद्वारी काठमाडौं, लुक्ला आइसल्यान्ड पिकजस्ता दर्जनौं लामो दूरीको दौड दौडिसकेका छन् ।

काठमाडौं अन्तर्राष्ट्रिय म्याराथन, रियल म्याराथन, तेन्जिङ हिलारी म्याराथन, मनास्लु अल्ट्रा ट्रेल २ सय १३ किमिजस्ता थुप्रै प्रतिस्पर्धात्मक दौडमा दौडिएर लामो दूरीका धावकका रूपमा स्थापित भइसकेका छन् । दौडँदादौडिँदै हिमाल आरोहणतर्फ २०१२ मा होमिएका पण्डितले विश्वकै सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल भनेर चिनिने मनास्लुको पनि सफल आरोहण गरेका छन् ।

आइसल्यान्ड पिक, चुकुन्ग्री पिक, नागार्जुन हिमाल, अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, युरोप, अस्ट्रेलिया, अमेरिका, जापानका सर्वोच्च शिखरहरूको आरोहण सम्पन्न गरिसकेका पण्डितको सात महादेशीय शिखरमध्ये अन्तिम गन्तव्य अन्टार्टिका महादेशको विन्सोंन मसिफले पनि आरोहण गरेका छन् । यिनै कृतिमानी आरोही तथा धावक पण्डितले आफ्नो आरोहण तथा दौडबारे यसरी बेलीविस्तार लगाए ।

दौडको रोमाञ्चक किस्सा

पहिलो काठमाडौं अन्तर्राष्ट्रिय म्याराथन ४२ किमिबाट दौडको करियर सुरु गरें । सायद म नै त्यस्तो म्याराथन धावक हुँ, जसले आफ्नो करिअर ४२ किमि धावक भएर सुरु गरें ।

एक दिन दशरथ रंगशालमा बैकुण्ठ मानन्धरस“ग भेट गर्ने अवसर पाएँ । त्यसबेला लामो दूरीको दौड दौडने निकै प्रचलन थियो र त्यस्तै प्रसंगमा बैकुण्ठ मानन्धरले २०४५ सालमा काठमाडौंबाट खासा दौडिएको सुनाउनुभयो । त्यसपछि मैले दृढ संकल्प गरे काठमाडौंबाट खासा दौडने ।

बैकुण्ठ दाइको त्यही शब्दले मलाई लामो दूरीको धावकका रूपमा स्थापित हुन निकै प्रेरित ग¥यो । त्यसपछि रात दिन मेहनत गर्न थालें । ४२ किमि दौडिसकेको मेरो अनुभव थियो । उनै बैकुण्ठ मानन्धरलाई काठमाडौं खासा दौडको संयोजक बनाएर २०६५ साल माघ १० गते १५ जनाको टोलीसहित कान्तिपुर भ्याली कलेजदेखि खासाको दौड दौडने निर्णय गरें । मैले १ सय २७ किमिको त्यो दूरी ११ घन्टा २० मिनेटमा पार गरे, जुन बैकुण्ठ गुरुले १४ घन्टा लगाउनुभएको थियो रे † त्यसपछि उहाँले भन्नुभयो, ‘तिमीले म्याराथनमा धेरै राम्रो गर्न सक्छौं, मिहेनत गर ।’ २००९ देखि ११ सम्म म करिब २,२१० किमि दूरी दौडिसकेको थिए“ । स्वर्गद्वारी–काठमाडौं, काठमाडौं–गोरखाजस्ता धेरै दौड दौडिसकेको थिएँ ।

नेपालका थुप्रै जिल्लामा जलवायु परिर्वतनले पारेको प्रत्यक्ष प्रभाव र शान्तिको जनचेतना फैलाउन दौडिसकेको छु । मैले नेपाली खेलकुदमा लागेका कयौं हस्तीहरूको अत्यन्त दयनीय स्थिति देखिसकेको थिएँ । त्यसपछि सगरमाथा चढ्ने घोषणा गरें । यदि मैले आफ्नो ट्र्याक चेन्ज गरिन भने भविष्यमा ती खेलाडीजस्तै मेरो पनि हविगत उही हुने देखेर अहिलेसम्म कुनै पनि म्या™ाथुन धावक सगरमाथा चढेको रेकर्ड नभएको थाहा पाए“ ।

त्यसपछि म मेरो जिल्ला प्युठानमा गएँ, सगरमाथा चढी प्युठानको पहिलो र नेपाली म्या™ाथन धावकको पहिलो आरोही हुने दृढ संकल्प गरें । सन् २०१३ मा सर्वोच्च शिखर चुमी छाडे । जब म एथलेटिक्समा दौडन्थे जुत्ता, टिसर्ट किन्ने पैसा पनि हुन्थेन । अत्यन्त दुःख र कष्टका साथ मेरो दौडको क्षेत्रमा रगत पसिना बगिरहेको थियो ।

सगरमाथामा पहिलो पाइला

सगरमाथा आरोहणको पहिलो प्रयास सन् २०१२ मा गरें । तर ८,६८५ मिटरबाटै फर्कनुप¥यो । सगरमाथाको नजिकबाट फर्केपछि किलर माउन्टेनका रूपमा चिनिएको मनास्लु (८,१६३ मिटर) अग्लो हिमालको सफल आरोहण गरें । मलाई फेरि सगरमाथा आरोहण गर्ने जाँगर चल्यो । अनि मैले प्रतिज्ञा गरें, सर्वोच्च शिखर चुम्ने ८,८४८ मिटर सर्वोच्च शिखर चढ्ने योजनास्वरूप सेभम समिट ट्रेकस“गै काठमाडौंबाट गन्तव्यतर्फ लागें । करिब १० दिनको हि“डाइपछि लेक्ला नाम्चे, पाङबाचे, फेरिचे हु“दै सगरमाथा आधार शिविरमा पुगें । त्यसपछि आधार शिविरमा नियमित अभ्यास सुरु भयो । कुनै पनि आरोहीलाई हिमालको चुचुरोसम्मका लागि त्यहाँको वातावरणसँग घुलमिल हुन अनिवार्य छ । यदि वातावरणसँग भिज्न सकिएन भने आरोहण गर्ने क्रममा निकै अप्ठ्यारो सामना गनुपर्ने हुन्छ । म अनि मेरा पथप्रदर्शक लोक्साङ शेर्पा सगरमाथाको शिविर–३ सम्म पूर्ण रूपमा अभ्यस्त भइसकेका थियौं । एक किसिमले भन्दा शिविर–३ सम्म सजिलै पुग्न वातावरण तयार भइसकेको थियो ।

मैले लोप्साङलाई पटकपटक भन्ने गर्थे लोप्साङ तिम्रो छोराले सगरमाथा कहिल्यै चढ्दैन होला है । किनकि, तिम्रो छोरा काठमाडौं पढ्छ । ठमेलको वातावरण्मा हुर्किन्छ अनि न्युरोडमा सपिङ गर्न जान्छ र उमेर पुग्यो भने सीधै अमेरिका हानिन्छ । मैले यसो भन्दै गर्दा समर्थन जनाउने लोप्साङका लागि ४ मेका दिन कालो दिन भएर आयो । लोप्साङको शिविर ४ फिक्सिङ गरेर फर्कदा मृत्यु भयो भन्ने जब मैले रेडियो सेटमा सुने त्यसपछि मलाई आकाश भासिएजस्तो भयो । हिजोसम्म सँगै सुत्ने खाने, सुखदुःखमा साथ दिने र जसरी भए पनि सग™माथा चुम्ने अभिलाषा बोकेका साथी सदाका लागि बिछोडिएपछि म केही आत्तिएँ ।

लोप्साङको निधनले मलाई पनि डर लागिरहेको थियो । सायद संसारमै सबैभन्दा कठिन एवं खतरनाक बाटो मानिन्छ , सगरमाथाको आधार शिविर १ सम्म । शिविर २ देखि ३ सम्म एक दम नीलो आइसमा हिँडें । सिसाजस्तो देखिने कुनै कुनै भाग ठाडै केवल डोरीको भरमा हिँड्दै पार गरियो । करिब ६ घन्टा निरन्तर हिँडेर शिविर ४ मा पुग्यो । ४–५ घन्टाको आरामपछि म र मेरो गाइडले ७ बजेर १५ मिनेट जाँदा सर्वोच्च शिखर सग™माथातर्फ पाइला चाल्यौं ।

मेरो हि“डाइको गति अरूभन्दा अलि छिटो भएका कारण म अत्यन्त छिटो बाल्कुनी ८,५०० मिटरमा पुगें, मेरा गाइडले बाल्कुनीमा पुगेर अक्सिजन फेर्ने सल्लाह दिएका थिए । म निकै अगाडि बढेको थिएँ । तर, मेरो गाइड मभन्दा पछाडि भएका कारण दुई घन्टापछि ऊ सँग भेट्ने मौका पाए“ । दुई घन्टा त्यो डा“डामा एक्लै बस्दा मलाई हिमहावा, हिम वर्षात् तथा ढुङ्गाले केही हदसम्म असर पु¥याइरहेको

थियो । अनकन्टार रातमा बाल्कुनीबाट माथि उक्लने क्रममा मेरो मनमा हतास र डर छाइरहेको थियो । कतै मेरो यात्रा अपुरो त हुने होइन भनेर । तर, मेरो उद्देश्य जसरी भए पनि चुचुरो चुम्नु थियो ।

साउथ समिटमा बिहान ५ः३० बजे हाम्रो टोली पुगेको थियो । झिसमिसे बिहानमा हिमाली क्षेत्रमा छाएको लाली अनि टाढाको क्यानभासमा देखिने रोमाञ्चक दृश्य निकै मनमोहक देखिरहेको थियो । साउथ कोलबाट देखिने साउथ समिट नै संसारको अग्लो स्थान हो भन्ने सोचेको थिए । तर, त्योभन्दा अलि परबाट संसारकै टुप्पो मानिएको वास्तविक स्थानले चिहाइरहेको रहेछ ।

सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेपछि अर्कै अनुभूति हुने रहेछ । आफू सबैभन्दा माथि पुगेको अनुभूति भयो । माथि पुगिसकेपछि सबै चिज तल देखिने सायद अरू आरोहीले पनि यहि अनुभव सँगाल्छन् होला । शिखर चुमेपछिको अनुभव व्यक्त गर्न मस“ग अहिले कुनै शब्द नै छैन । १९ मे २०१३ का दिन सगरमाथाको चुचुरोमा पाइला राख्न म सफल भए“ ।

अफ्रिकाको किलिमन्जरोमा तीव्र गतिको आरोहीको कीर्तिमान

किलर माउन्टेन मनासलु तथा सगरमाथापछिको सफल आरोहणले मलाई केही ऐतिहासिक काम गरौंगरौं भइरहन्थ्यो । ८००० मिटर माथिका हिमाल आरोहण गरिसकेपछि मैले हिमाललाई राम्रोस“ग बुझेको थिए । मनासलुमा १४ पर्वतारोहीको मृत्यु र सगरमाथामा आफ्नै गाइडको मृत्युले त्रस्त भए पनि नयाँ योजना बुनिसकेको थिए“ । सात महादेशका सात उच्च शिखर आरोहण गर्ने अनेक दुःख र सुखका बीच मैले अफ्रिकाको उच्च शिखर किलिमन्जरो आरोहण गर्ने निर्णय लिए ।

अफ्रिका महादेशको तान्जेनियामास्थित यो पर्वतको नाम मात्र सुनेको थिए । तर, यो पर्वतले विश्वमै आफ्नो इतिहास बोकेको कथा भने प्रत्यक्ष आरोहणको सिलसिलमा मात्र बुझ्न सफल भएँ । नेपालबाट २७ मार्च २०१४ मा ८.३५ को उडानबाट तान्जेनियाको किलिमान्जारो एय™पोर्टमा प्रवेश गरें । एरपोर्टबाहिर सकिन शिविरका निर्देशक रवटले मेरो प्रतीक्षा गरी बसिरहेका रहेछन् । हामी सुन्दर नगरी आरुसा पुग्यो । ३० मार्चमा किलिमान्जारो यात्रामा निस्कने योजना बनाएका थियो ।

केही समयको विश्रामपछि हामी पहिलो शिविरको मन्डरातर्फ लाग्यो । यहाँको किलिमन्जरो नेसनल पार्कले पर्यटकका लागि अत्यन्त सुविधा गरिदिएको रहेछ । पर्यटक र भरियाका लागि छुट्टै मार्ग किलिमन्जरो गेटदेखि मन्डरासम्मको यात्रा निकै कष्टकर भयो । मन्डरा हेरम्बो हुँदै किबोदेखि किलिमन्जरो को उच्च शिखरमा समान्य आरोहीलाई तीन दिनमा पुग्ने गर्छन् । किनकि, वातावरणस“ग घुलमिल हु“दै जानुपर्छ । किबोमा एक दिनको आ™ामपछि मात्रै आरोहीले रातको १२ वा १ बजे शिखरका लागि यात्रा तय गर्दा रहेछन् । सायद मैले सर्वोच्च शिखर सगरमाथा तथा अन्य हिमालको पनि आरोहण गरेर होला, मलाई त्यहाँको बाटो एकदमै सजिलो तथा फिक्का लागिरहेको थियो । मैले मन्डरादेखि किबो (अन्तिम शिविर) सम्मको यात्रा गर्न केवल ३ घन्टा १५ मिनेट तय गरे । मन्डरादेखि अन्तिम शिविर किबोमा जम्मा ३ घन्टा १५ मिनेटमा पुगियो । एकै छिनपछि मेरो पथपर्दशक हाविब आएर भन्न थाल्नुभयो, मौसम अत्यन्त राम्रो छ जाऔं समिट गर्न । हामी रातको ८ बजेतिर शिखरमा पुग्न सक्छौं भन्ने थियो, तर रातको १२ बजे आरोहणमा निस्केका आरोही अझै शिविर फर्केका थिएनन् । हामीले भने दुई घन्टा २५ मिनेटमा किलिमन्जरो जाने यात्रा तय ग¥यौं ।

करिव डेढ घन्टाको हिँडाइपछि हामी गिल्मन्स प्वाइन्ट (५,६५८ मिटर) आइपुग्यौं । त्यहाँबाट देखिने अन्तिम बिन्दु नै अफ्रिकाको सर्वोच्च शिखर हुरुर (५,८९५ मिटर) पिक रहेछ । हामी त्यो गन्तव्य चुम्न यति लालायित थियौं कि हामीलाई त्यो बिन्दुसम्म जान करिब एक घन्टा ३३ मिनेट मात्र लाग्यो । बेलुकाको ५ बजेर २१ मिनेट जाँदा अफ्रिकाको सर्वोच्च पिक हुरुर तथा किलिमन्जरो हिमशृङ्खला सफल आरोहण गरियो ।

नेपालका अहिलेसम्म १४ आरोहीले मात्र उक्त हिमाल आरोहण गरेका छन् । किलिमन्जरोको अर्थ त्यहाँको भाषामा स्वतन्त्र हु“दो रहेछ । किलिमन्जरो आफंैमा अफ्रिकाको सर्वोच्च शिखर रहेनछ । किलिमन्जरो जम्मा ३ पहाडबाट बनेको शृङ्खला रहेछ । यो संसारको एक मात्र यस्तो पर्वत रहेछ जुन फ्री स्टेन्टिङ माउन्टेन भनेर चिनिएको रहेछ । यस्तो हिमालमा मैले कीर्तिमान राख्न पाउँदा थप हिमाल आरोहण गर्ने जाँगर चल्यो ।

प्रस्तुति : द्वारिका काफ्ले

प्रकाशित मिति: २०१६-०४-०२ ०८:५३ | ८१ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.