उत्तराखण्डबाट एउटा किताब

डा. महेशराज पन्त

भारतमा अङ्ग्रेजी शासन हुँदा युनाइट्इड् प्रभ्इन्स्इज् नाउँको एउटा प्रान्त थियो । त्यसलाई भारतीय भाषामा संयुक्त प्रान्त भनिने गरिन्थ्यो । अङ्ग्रेजी शासन हटेको तेस्रो वर्षमा वि.सं. २००७ मा संयुक्त प्रान्तले ओगटेको भूभागको नाउँ उत्तर प्रदेश भनेर राखियो । युनाइट्इड् प्रभ्इन्स्इज् यी २ शब्दको आद्याक्षर अङ्ग्रेजीमा यूपी भएको र उत्तर प्रदेशको आद्याक्षर पनि अङ्ग्रेजीमा यूपी नै भएकोले अङ्ग्रेजी शासनमा त्यस भूभागलाई यूपी भत्र बानी परेकालाई स्वतन्त्र भारतमा पनि यूपी नै भत्र पाउँदा सजिलो हुने भनी यूपी नाउँ राखिएको हो भत्रे सुनिएको हो ।

उत्तर प्रदेश ज्यादै नै ठूलो भएको र त्यहाँ पहाडी भूभाग र समथर जमीन दुवै भएकाले पहाडी भूभाग जति समेटेर अलग्गै राज्य बनाउनुपर्ने आन्दोलन चलिरहँदा वि.सं. २०५७ मा गणतन्त्रात्मक संघराज्य भारतको सत्ताइसौँ राज्यको रूपमा उत्तराञ्चल भत्रे नाउँले एउटा राज्य खडा भयो । उत्तराञ्चल खडा गरिएको ६ वर्ष पूरा भएपछि वि.सं. २०६३ मा यस राज्यको नाउँ उत्तराखण्ड राखियो । महाकालीवार नेपालको महाकाली अञ्चल र महाकालीपार भारतको उत्तराखण्ड राज्य भएकाले यी २ भूभाग सिमाना जोडिएका छिमेकी हुन गए ।

‘दिशा’ बुझाउने ‘दक्षिण’ र ‘उत्तर’को अर्थमा क्रमशः ‘दक्षिणा’ र ‘उत्तरा’ शब्द पनि चलेको र ती शब्दको ‘बाटो’ बुझाउने ‘पथ’ शब्दसँग समास भई ‘उत्तरापथ’ र ‘दक्षिणापथ’ शब्द संस्कृतवाङ्मयमा चलेका छन् । तर अरू समस्तपदमा चाहिँ पूर्वपद ‘दक्षिणा’ वा ‘उत्तरा’ नभई ‘दक्षिण’ वा ‘उत्तर’ नै भएको देखिएको छ । यसैले ‘उत्तराखण्ड’ यो रूप व्याकरणअनुसार शुद्ध छैन जस्तो मलाई लाग्छ ।

भारत स्वतन्त्र भएपछि अङ्ग्रेजी शासनसँगै आएको अङ्ग्रेजी भाषाको ठाउँमा भारतीय भाषालाई राजकीय भाषा बनाउने लहर चल्यो र त्यसको नजीकको उम्मेदवार संस्कृतबहुल हिन्दीले अङ्ग्रेजीको ठाउँ लिने संभावना बढ्यो । यसैले शासनमा चलेका अङ्ग्रेजी शब्दको ठाउँमा हिन्दी र अरू भारतीय भाषामा पनि उपयोग गर्ने उद्देश्यले अङ्ग्रेजी ढङ्गले संस्कृत पढेका रघुवीर (वि.सं. १९५९–२०२०)को मातहतमा संस्कृतभाषामा शब्द रच्ने प्रक्रिया चल्यो । यसको परिणाम डेढ लाख शब्द भएको अङ्ग्रेजी–हिन्दी कोष निस्कियो (रघुवीर, ‘अ कम्प्रिहेन्सिभ् इङ्ग्लिश्–हिन्डी डिक्शन्अरि अप्m गभ्अर्न्मेन्टल् यान्ड् एड्युकेशनल् वर्डज् यान्ड् पे्रmज्इज्’, इन्टर्न्याश्अन्अल अक्याड्इम्इ अफ इन्डिअन कल्चर, नयाँ दिल्ली, ई.सं. १९७३) । तर संस्कृतभाषाको व्याकरणमा रघुवीरको पैठ नभएकोले होला, त्यस कोषमा ‘पञ्चवर्षीय’ जस्ता संस्कृतव्याकरणबाट सिद्ध नहुने शब्द परेकाले संस्कृतव्याकरणमा पैठ भएकालाई त्यस कोषले संतुष्ट पार्न सकेन (नयराज पन्त, ‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, काठमाडौँ, २०५९, ५७–५८ पृ. र महेशराज पन्त, ‘ अन् स्यान्स्क्रिट् एड्युकेशन्’, काठमाडौँ, ई.सं. १९७९, १०७–१०८ पृ.) । यस्तै अधकल्चो ज्ञानको भरमा ‘उत्तराखण्ड’ जस्ता शब्द व्यवहारमा चल्न थाले ।

२ महीना पनि भएको छैन, ‘बिफोर् इमर्जेन्स् अप्m नेशन् स्टेट्स्ः इन्डो–नेपाल् रिलेशन्ज् यान्ड् उत्तराखन्ड्’ (संपादक महेश्वरप्रसाद जोशी आदि, अल्मोरा बुक डीपो, अलमोडा, ई.सं. २०१४) भत्रे पुस्तक मेरो हातमा परेको । भारत र नेपाल ‘नेशन् स्टेट्’ अर्थात् आजभोलि चलेका कोषमा दिइएको अर्थअनुसार ‘राष्ट्र–राज्य’ बत्रुभन्दा अघिको, ती २ देशसंबन्धी, खास गरी उत्तराखण्ड र पश्चिम नेपालसंबन्धी लेखहरूको संग्रह भएको यो पुस्तक मैले चाख मानी हेरेँ । यस पुस्तकको विषयमा केही लेख्नुभन्दा अगाडि ‘नेशन् स्टेट्’को परिभाषा गर्नु जरूरी भएकोले त्यतैतिर लागूँ ।

एउटा मुलुकमा सामान्यतया एउटै भाषा र एउटै रहनसहन भएका मानिस मात्र नभई थरीथरीका भाषा र रहनसहन भएका मानिसहरू बस्ने गर्छन् । भित्राभित्रै भाषा र रहनसहन भएका जनसमुदाय धेरै भएमा त्यस्तो देशलाई ‘नेशन् स्टेट्’को रूप दिनुपर्छ भत्रे अवधारणा वि.सं. १७०५ मा वेस्ट्फालियामा भएको संधिको उपज हो भनी विशेषज्ञहरू भन्छन् । यस पुस्तकको विषयवस्तु भारत र नेपाल ‘नेशन् स्टेट्’ हुनुभन्दा अगाडिको नेपाल–भारतसंबन्ध भएको हुनाले अहिलेको परिभाषाअनुसार भारत र नेपालले कुन कुन वेला ‘नेशन् स्टेट्’को रूप लिए भनी विचार गर्नुपरेको छ ।

वि.सं. २००४ मा अङ्ग्रेजी शासनबाट भारत मुक्त भएपछि त्यहाँका सानाठूला राज्यलाई पनि भारतराज्यमा अन्तर्भाव गरेपछि वर्तमान संघात्मक भारतको अभ्युदय भएकोले भारतले ‘नेशन् स्टेट्’को रूप वि.सं. २००६ मा मात्र लियो भनी भत्रुपर्ला । नेपालको हकमा भने पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को पालामै अहिलेभन्दा अढाइ सय वर्षपहिले नै यसले ‘नेशन् स्टेट्’को रूप लिइसकेको थियो । त्यो कुरा अपठितले पनि बुझ्ने भाषामा पृथ्वीनारायण शाहले बोलेको ‘मेरा साना दुषले आज्र्याको मलुक होईन. सबै जातको फुल्बारि हो’ भत्रे वाक्यमा पनि झल्कन्छ ।

अहिले विवेचना गर्न लागेको पुस्तकको विषयवस्तु यसको शीर्षकबाट ‘नेशन् स्टेट्’को रूपमा नेपाल र भारतको अभ्युदय हुनुभन्दा अगाडिको संबन्ध भत्रे बुझिए पनि यस पुस्तकमा परेका सबै लेख नेपाल ‘नेशन् स्टेट्’को रूपमा आइसकेपछिका भएकाले पुस्तकको शीर्षकले समर्थ अर्थात् विवक्षित अर्थ बुझाउन सकेन भनी भत्रुपर्छ ।

३० + २४२ = २७२ पृष्ठ भएको यस पुस्तकको ‘फोर्वर्ड्’ अर्थात् ‘प्रस्तावना’ लोकसभाका सांसद, प्रोफेसर डाक्टर मुरलीमनोहर जोशी (वि.सं. १९९० मा जन्म)ले लेखेका छन् । उनी कुमाउका अङ्गिरसगोत्री जोशी भएको नाताले उनलाई यस्तो खालको विद्वद्गोष्ठी र पुस्तकमा रुचि भएकोले नै उनले यस पुस्तकको प्रस्तावना लेखेका होलान् । कुमाउबाट अङ्गिरसगोत्री सेढाइँ थरका जोशीहरू लम्जुङमा आई त्यहाँका राजाको आश्रयमा बसेका थिए । पछि तिनै जोशीमध्येका दामोदर जोशी गोरखामा पृथ्वीनारायण शाहको आश्रयमा आए । तिनै दामोदर जोशीहरूलाई त्यही गोत्र भएका मुरलीमनोहर जोशीले ‘हाम्रा पुर्खा’ भनी यस पुस्तकमा लेखेका छन् (मूल लेखहरू शुरू हुनुभन्दा अगाडिका ६–७ पृष्ठ) । दामोदर जोशीको परिचय उनले मेरो लेख (‘डव्mयुमन्ट्स् फ्रम् द रेग्मि रिसर्च् कलेक्शन्ज् १’, आदर्श २ संख्या, पन्डिट पब्लिकेशन्ज, काठमाडौँ, ई.सं. २००२, ६१–१५२ पृ.)को आधारमा लेखेका रहेछन् (८ पृष्ठ) । दामोदर जोशीको विषयमा दिनेशराज पन्त (वि.सं. २००६ मा जन्म)ले किताबै लेखेका छन् (‘राजीवलोचन जोशीका बराज्यू दामोदर जोशी’, खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, काठमाडौँ, २०५७), मैले त दामोदर जोशी र उनका छोरासंबन्धी थप कागजात मात्र प्रकाशमा ल्याएको हुँ । मुरलीमनोहर जोशीले दामोदर जोशीको परिचयको विषयमा जो लेखे, त्यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन । यी दुवै थरी जोशी कुमाई भए पनि दामोदर जोशीको हाँगो र मुरलीमनोहर जोशीको हाँगो कहाँबाट फाट्यो भत्रे कुरा भने त्यस प्रस्तावनामा नखुलेको कुरा भत्रुपर्छ ।

त्यसपछि राज्यसभाका सांसद भगत सिंह कोश्यारी (वि.सं. १९९८ मा जन्म)को ‘भारत नेपाल सम्बन्धों में उत्तराखण्ड की भूमिका “दिशा एवं दृष्टिकोण” ’ भत्रे प्रस्तावना छापिएको छ (९–११ पृ.) । अनि लोकसभाका सांसद सत्पाल महाराज (वि.सं. २००८ मा जन्म)को ‘अबाउट् इन्डो–नेपाल् रिलेशन्ज् बिफोर् दि इमर्जेन्स् अप्m नेशन्स् स्टेट्स्’ भत्रे प्रस्तावना आउँछ (१२–१३ पृ.) ।

मुरलीमनोहर जोशी, भगत सिंह कोश्यारी र सत्पाल महाराज यी तीनै जना राजनीतिमा चुर्लुम्म डुबेका, माथिल्लो तहका नेता भएकाले तथा भारत र नेपालको संबन्धको इतिहास खोतल्नको लागि जुन विद्वद्गोष्ठी भयो, त्यस गोष्ठीको उद्घाटन गर्दा मुख्य अतिथि मुरलीमनोहर जोशीले यस्तो ‘उत्तराखण्डमार्पmत भारत र नेपालको संबन्ध दरो बनाउने उद्देश्यमा यस गोष्ठीका आयोजकहरूको र यस गोष्ठीमा सहभागी भएकाहरूको निष्कापट्यलाई यस गोष्ठीको विषयवस्तुले नै सूचित गर्छ’ (१५ पृ.बाट मेरो उल्था) बोलेकोबाट पनि यो गोष्ठी कुन उद्देश्यले गरिएको थियो भत्रे कुरामा बढी लेख्नु आवश्यक छैन । यस कारण, थाहा पाई वा नपाईकनै कौटल्यको सत्रीको रूपमा उभिन पुगेका विद्वद्बु्रवबाट सच्चा इतिहासको उद्घाटन होला भत्रे कुरा हामी जस्तालाई लाग्दैन ।

त्यसपछि वि.सं. २०६८ जेठ ३० गतेदेखि असार १ गतेसम्म उत्तराखण्डको राजधानी देहरादूनमा भएको यस विद्वद्गोष्ठीको सारांश अङ्ग्रेजी र हिन्दीमा छापिएको छ (शिप्रा पन्त, रेज्युमे अप्m द सेम्इनार्, १४–२७ पृ.) । अनि संपादकको वक्तव्य (‘एडिटर्इअल्’, २८–३० पृ.) दिइएको छ । त्यसमा चारै जना संपादकको नाउँ परेको छ त छवै जना सहायक संपादकको चाहिँ नाउँ छैन ।

त्यसपछि यस गोष्ठीमा पढिएका २१ वटा लेखमध्ये १६ वटाको लर्को आउँछ । ती १६ वटा लेखमध्ये ५ वटा अङ्ग्रेजीमा, ६ वटा नेपालीमा र त्यति नै संख्यामा हिन्दीमा छन् । पहिलो लेखको रूपमा महेश्वरप्रसाद जोशी (वि.सं. १९९८ मा जन्म)को ‘पीस्इङ् टुगेद्अर् द पास्ट्ः इन्डो–नेपाल् रिलेशन्ज् थ्रू उत्तराखण्ड्’ छापिएको छ (१–२९ पृ.) । त्यस लेखमा पुरातत्त्व, उत्कीर्ण लेख, भाषा, लोककथा, वाङ्मय, मौखिक आख्यान आदिको सिंहावलोकन गरिएको छ । अशोक चल्लको, गोपेश्वरको उत्कीर्ण लेखको मिति एड्विन थामस याट्किन्सन (वि.सं. १८९७–१९४७)ले शकसंवत् १११३ पढेको (‘द हिमालयन् डिस्ट्रिक्ट्स् अप्m द नर्थ् वेस्टर्न् प्रभ्इन्स्इज् अप्m इन्डिअ’, इलाहाबाद, ई.सं. १८८४, ५१२ पृ.) र त्यो मिति अशोक चल्लका अरू उत्कीर्ण लेखका मितिसँग मेल नखाएकोले मूल हराइसकेको, त्यस उत्कीर्ण लेखको मिति याट्किन्सनले ठीकसँग पढ्न नसकेको हुनु संभव भएकोले सूर्यमणि अधिकारी (वि.सं. २००५–२०६२)ले ‘गोपेश्वरको उत्कीर्ण लेखको याट्किन्सनले पढेको मिति गलत देखिन्छ । शकसंवत् १११३ को सट्टा शकसंवत् ११७३ पढेको भए शुद्ध हुन्थ्यो’ (‘द खस किङ्डम्ः अ ट्रान्स्–हिमालयन् एम्पाइर् अप्m द मिड्ल् एज्’, निराला पब्लिकेशन्ज, जयपुर, २०४४, परिशिष्ट ६–७ पृ.) भनी लेखेको कुरामा हामीले ध्यान दिनुपर्छ । खससाम्राज्यको इतिहास लेख्दा मैले ६ वर्षअगाडि नै यस कुराको समर्थन गरिसकेको छु (मारी लकौंत–तिलुइनद्वारा सम्पादित ‘बार्ड्स् यान्ड् मीडिअम्ज्ः हिस्टरि, कल्चर् यान्ड् पल्इटिक्स् इन् द सेन्ट्रल् हिमालयन् किङ्डम्ज्’, अल्मोरा बुवm डीपो, अल्मोडा, ई.सं. २००९ मा प्रकाशित ‘टुवर्डज् अ हिस्टरि अप्m द खस एम्पाइर्’, ३१६ पृ., ७९ टिप्पणी) । महेश्वरप्रसाद जोशी भने अभैm पनि याट्किन्सनकै पाठमा भर परेर बसेको (६ पृ.) देख्दा कस्तो कस्तो लाग्छ ।

जोर्ज एब्रह्यम ग्रीर्सन (वि.सं. १९०७–१९९७)ले नेपाली, मध्य पहाडी अर्थात् कुमाउनी र गढवाली तथा पश्चिमी पहाडी गरी पहाडी भाषाका ३ समूह बनाएको (लिङ्ग्विस्ट्इक् सर्भे अप्m इन्डिअ, ९ ठेली ४ भाग, ई.सं. १९१६) कुराको प्रतिवादमा महेश्वरप्रसाद जोशीले चित्तबुझ्दो ढङ्गले यहाँ लेखेका छन् (१२–१४ पृ.) । यो लेख छापिनुभन्दा ४ वर्षअगाडि नै यस विषयमा उनको विस्तृत लेख छापिएको रहेछ (‘अन् दि अर्इजिन् अप्m द निओ इन्डो–एर्इअन् पहाडी ल्याङ्ग्विज् अप्m उत्तराखण्ड् यान्ड् वेस्टर्न् नेपाल् हिमालय’,

‘लिङ्गुआ पोस्नानीन्सिन्स् ५२ ठेली, ई.सं. २०१०, ५१–६५ पृ.) । त्यो लेख भने मैले हेर्न पाएको छैन, तर यही विषयमा उनको अर्को लेखचाहिँ मैले हेरेको छु (महेश्वरप्रसाद जोशी र विद्याधर एस. नेगी, ‘वज् देर् अ सेन्ट्रल् पहारी? यान् अप्राइजल् अप्m ग्रीर्सन्‘ज् क्लास्इफिकेशन् अप्m थ्री पहारी ल्याङ्ग्विज् ग्रूप्स्’, ‘हिमालयः पास्ट् यान्ड् प्रेज्अन्ट्’ ३ ठेली, अल्मोरा बुक डीपो, अलमोडा, ई.सं. १९९४, २५९–२७४ पृ.) ।

कुमाउका राजाहरूका उत्कीर्ण लेखका देशभाषालाई नेपाली खस राजाहरूका उत्कीर्ण लेखका देशभाषासँग भाषाको दृष्टिले छुट्ट्याउन नसकिने हुनाले कुमाउका अभिलेखमा देखिएको भाषालाई कुमाउनी र नेपालका उत्कीर्ण लेखमा देखिएको भाषालाई नेपाली भनी छुट्ट्याइएको ठीक देखिँदैन भत्रे मेरो पनि धारणा भएकोले (‘बार्ड्स् यान्ड् मीडिअम्ज्ः हिस्टरि, कल्चर् यान्ड् पल्इटिक्स् इन् द सेन्ट्रल् हिमालयन् किङ्डम्ज्’, २९४ पृ.; ‘पूर्णिमा’ १३४ पूर्णाङ्क, २४९–२५० पृ.; ‘लोकसेवा आयोगको पुरातत्त्व समूहका प्रश्नपत्र हेर्दा’, ‘राजधानी’, २०७२।३।१।३, ७ पृ.) महेश्वरप्रसाद जोशीको यस कुराको म पूरापूर समर्थन गर्छु ।

दोस्रो लेखको रूपमा वासुदेव पाण्डेयको ‘तात्कालिक डोटी राज्य के कुछ अभिलेख’ प्रकाशित छ (३०–५४ पृ.) । यिनैले यही विषयमा लेखेको ‘डोटीक्षेत्रका ताम्रपत्रको सङ्कलन र अध्ययन’ (‘लोकायन’, १ वर्ष १ अङ्क, नेपाल सांस्कृतिक प्रतिष्ठान, काठमाडौँ, २०६५, २३–१८४ पृ.) मैले पहिल्यै पढिसकेको हुँ । अघिल्लो लेखमा नपरेको, शकसंवत् १२३५ तदनुसार वि.सं. १३७० फाल्गुनशुक्लद्वादशी आदित्यवारको दिन राजा जगतीपालले आफ्नो राज्याभिषेकको अवसरमा पण्डित सुदर्शनलाई भूमिदान गरी गरिदिएको र तिनै ब्रा≈मणलाई राजा त्रैलोक्यपालले गरिदिएको ताम्रपत्रले मलाई तान्यो । काव्यात्मक शैलीमा संस्कृतभाषामा लेखिएको जगतीपालको ताम्रपत्रमा एकाध वाक्य पुरानो पहाडी भाषामा पनि छन् (३५–३६ पृ.) । तर धेरैजसो ठाउँमा पदच्छेद नगरी यो ताम्रपत्र छापिएकोले दाँतमा किरकिरी लागे जस्तो भयो ।

यहाँ छापिनुभन्दा वर्षौँ वर्षअगाडि नै छापिइसकेका उत्कीर्ण लेख पनि कुनै संदर्भ नदिई वासुदेव पाण्डेयले यहाँ छपाएको देख्दा कस्तो कस्तो लाग्छ । यसको दृष्टान्तको लागि राजा निरयपालको शकसंवत् १२७४ तदनुसार वि.सं. १४०९ कात्र्तिककृष्णपञ्चमी आदित्यवार वृश्चिकसंक्रान्तिको, सुनको जलप लगाइएको ताम्रपत्रतर्पm औल्याउन सकिन्छ । यो ताम्रपत्र नरहरिनाथ (वि.सं. १९७१–२०५९)ले (‘इतिहासभित्र’, ‘हिमाली–सन्देश’ ५ वर्ष १३–१५ अङ्क, २०३०।७।२३, ८।१, ८।१८), शङ्करमान राजवंशी (वि.सं. १९८१–२०५६)ले (‘ऐतिहासिक पत्रस्तम्भ’, ‘प्राचीन नेपाल’ ३०–३९ संख्या, २०३१–२०३४, नेपाली खण्ड १२३ पृ.) र मोहनप्रसाद खनाल (वि.सं. २००६ मा जन्म)ले (‘नेपाली भाषाका हजार वर्ष’, राइनो पब्लिकेसन, काठमाडौँ, २०६८, ६६–६८ पृ.) मूलबाटै पढी छपाइसकेका हुन् । त्यसमाथि, वासुदेव पाण्डेय आपैmँले पनि वि.सं. २०६५ मा यो ताम्रपत्र पहिल्यै छपाइसकेका थिए (‘लोकायन’, ७८ पृ.) ।

त्यसपछि शङ्कर थापा (वि.सं. २०१४ मा जन्म)को ‘बुड्इज्म् यान्ड् इन्डो–नेपाल् रिलेशन्ः एक्स्प्यान्शन् अप्m इन्डिअन् बुड्इज्म् इन् द हिमालय’ (५५–६९ पृ.) आउँछ । यो लेख पुनरुक्तिले कति दूषित छ भत्रे कुराको लागि त्यस लेखका २ पृष्ठ मात्र पढे पनि पुग्छ (६३–६४ पृ.) ।

‘ब्र≈मचर्य धारण गरी विहारमा बस्ने चलन ईसवीको चौधौँ शताब्दीदेखि ठप हुँदा नेवार बौद्धधर्ममा विधिविधानसंबन्धी ठूलो परिवर्तन भयो’ (५६ पृ.बाट मेरो उल्था) भनी यहाँ लेखिएको छ । यसको मतलब चौधौँ शताब्दीभन्दा अगाडि यहाँका बौद्धमार्गीहरू अविवाहित हुन्थे भत्रे उनको आशय देखिन्छ ।

यही कुरा उनले ९ वर्षअगाडि पनि यसरी लेखेका थिए— ‘जयस्थिति मल्लको पालामा बौद्ध धर्ममा केही परिवर्तन भयो । नेवार बौद्ध धर्मको लौकिक रचनामा उनका सुधारबाट ठूलो परिवर्तन उत्पत्र भयो । उदाहरणको लागि, बौद्ध भिक्षुहरूले ब्र≈मचर्य धारण गर्न छोडी उनीहरू परिवारसँग बस्न थाले’ (शङ्कर थापा र इन्द्रकुमारी वज्राचार्य, ‘रत्नाकर् महाविहारः अ वज्रयान बुड्इस्ट् मन्अस्टरि अप्m पाटन्’, अड्रइट पब्लिशर्ज, दिल्ली, ई.सं. २००५, २९ पृ.बाट मेरो उल्था) । नेवार बौद्धधर्ममा यस्तो परिवर्तन कहिलेदेखि भयो भनी भत्र नसके पनि जयस्थिति मल्ल कहलाएका स्थितिराज मल्ल (मृत्यु वि.सं. १४५२, राज्यकाल १४३७–१४५२) राजा हुनुभन्दा ९७ वर्षअगाडिदेखिका लेखमा गृहस्थ बौद्ध भिक्षु देखिएकाले स्थितिराज मल्लको पालामा यो परिवर्तन भयो भनी भत्र मिल्दैन भनी मैले लेखेँ, त्यहाँ प्रसंगवश शङ्कर थापाको माथि भरखरै चर्चा गरिएको पुस्तकको पनि खण्डन गरिएको थियो (महेशराज पन्त, ‘इटुंबहालको प्रज्ञापारमिता— खस–नेवार सम्पर्कको नतीजा’, ‘पूर्णिमा’ १३४ पूर्णाङ्क, संशोधन–मण्डल, काठमाडौँ, २०६९, २६१–२६९ पृ.) ।

देहरादूनको गोष्ठीमा पढिएको त्यही लेखमा ३ पृष्ठतल शङ्कर थापा यस्तो लेख्न पुग्छन्— ‘नेवार बौद्धधर्मको विहारसंबन्धी चलनमा अतीशको गहिरो असर प¥यो । उनको पुस्तक बोधिपथप्रदीपले गर्दा नेवार बौद्धमार्गीहरूलाई भिक्षुचर्या छोड्नेतर्पm अन्ततः डो¥यायो । यसो भए पनि, ब्र≈मचर्य धारण गरी भिक्षु हुने चलन राजा जयस्थिति मल्लका लौकिक सुधारले गर्दा कर्मकाण्डी बौद्धधर्ममा परिणत भयो भनी नेपाली ऐतिहासिकहरू गल्ती गरेर विनाकारण भन्छन्’ (५९ पृ.बाट मेरो उल्था) । एउटै लेखमा, एउटै विषयमा उनका व्याघातोक्तिले दूषित यी २ थरी लेखाइलाई के भत्रे ?

‘थंबहिलमा अर्थात् भगवान्बहालमा बस्दा अतीशले प्रज्ञापारमिता शतसाहस्रिका भत्रे नाउँ भएको पुस्तक लेखे । त्यो पुस्तक अझसम्म पनि त्यहाँको विहारसंघको स्वामित्वमा छ’ (५९ पृ.बाट मेरो उल्था) भनी शङ्कर थापाले लेखेको कुराको विषयमा पनि केही लेख्नुपरेको छ । पहिलो कुरा त, अरू अरू प्रज्ञापारमिता जस्तै शतसाहस्रिका प्रज्ञापारमिता पनि फलानोले लेखेको भत्रे उल्लेख छैन । त्यसमाथि, थंबहिलमा रहेको शतसाहस्रिका प्रज्ञापारमिता सार्न लगाउने मान्छेको नाउँ र सारेको समय त्यही पुस्तकमा स्पष्ट लेखिएको छ । त्यसअनुसार आपैmँले कमाएको धन खर्च गरी सार्न लगाएको शतसाहस्रिका प्रज्ञापारमिताको यो पुस्तक ने.सं. ३४४ तदनुसार वि.सं. १२८० मार्गशुक्लप्रतिपदाको दिन पूरा भएपछि पण्डित जिनश्री ज्ञानले त्यस पुस्तकलाई धर्मधातुमहाविहारको अर्थात् भगवान्बहालको संघमा राख्न चढाइयो भनी त्यस पुस्तकमा लेखिएको छ । अतीशको नाउँमा ‘श्रीज्ञान’ जोडिए जस्तै शतसाहस्रिका प्रज्ञापारमिताको यो पुस्तक सार्न लाउने जिनको नाउँमा पनि ‘श्रीज्ञान’ जोडिएको हो । अरू अरू बौद्ध पण्डितहरूको नाउँमा पनि ‘श्रीज्ञान’ जोडिने गरेको कुरा देखाई यस विषयमा मैले लेखिसकेको छु । त्यसमाथि, अतीश नेपालमा आएको १८२ वर्षपछाडि मात्र यो पुस्तक सारिएकोले यसलाई अतीशसँग जोड्नुमा कुनै तुक छैन (‘पूर्णिमा’ १३४ पूर्णाङ्क, २०५–२०८ पृ.) ।

भगवान्बहालमा राखिएको शतसाहस्रिका प्रज्ञापारमिताको पुस्तक अतीशले लेखेको भत्रे भ्रम शङ्कर थापालाई मात्र होइन, अरू अरू विद्वन्मन्यहरूलाई पनि परेको छ । त्यस विषयमा मैले अन्त खुलाएर लेखिसकेकोले त्यसलाई फेरि यहाँ दोह¥याइरहनु आवश्यक छैन । यसै प्रसंगमा यही चैत ९ गते मङ्गलवारको गोरखापत्रमा छापिएको एउटा लेखमा भगवान्बहालको त्यस शतसाहस्रिका प्रज्ञापारमितालाई ‘मञ्जुश्रीद्वारा लिखित’ (ज्ञानेन्द्र विवश, ‘होलीसँगै चकं द्यः यात्रा’, ७ पृ.) भनेको देख्दा हामीकहाँ विद्याको क्षेत्रमा अन्धपरंपरा भएको झलक मिल्छ । सीमित पृष्ठसंख्या भएको ‘राजधानी’ दैनिकको लागि लेखिएकोले यहाँ सबै लेखको विवेचना गर्न स्थानाभावले संभव छैन । यस कारण म अब वि.सं. १८७१–१८७२ मा ब्रिटिश ईस्ट इन्डिया कम्पनी र नेपालको बीचमा भएको लडाइँसंबन्धी, रितेश शाहको ‘वार् इन् माउन्टेन्ज्ः द याङ्ग्लो–गोर्खा क्याम्पेन्ज् इन् दि अर्लि नाइन्टिन्थ् सेन्चुरि’ भत्रे लेख (८६–१०५ पृ.)को विषयमा मात्र लेखेर आफ्नो यो लेख टुङ्ग्याउँछु ।

खास गरी २०० वर्षअगाडिदेखि प्रचारमा आएका अङ्ग्रेजी आकरको अर्थात् स्रोतको भरमा तयार पारिएको यो लेख पिष्टपेषण किंवा चर्वितचर्वणको राम्रो नमूना बत्र गएको छ । अरू त अरू, नेवार जातिलाई ‘नेवारी’ (९१ पृ.), बलभद्र कुँवरलाई नालापानीको बलभद्रको स्मारकमा लेखे जस्तो गरी ‘बलभद्र सिंह’ (९२ पृ.), गुठीलाई ‘गुन्थी’ (९८ पृ.) लेखेकोसम्म पनि नसच्याई यस पुस्तकका संपादकहरूले यो लेख प्रकाशित गरेका छन् ।

वि.सं. २०२० सम्म नेपाल–अङग्रेज युद्धको विषयमा पूरापूर जस्तै अङ्ग्रेजी आकरकै भर परिरहनुपरेको अवस्थामा मेरो खोजीबाट तात्कालिक नेपाली कागजात क्रमशः प्रकाशित हुन थाले । पछि यसरी नेपाली आकर प्रकाश गर्ने काम अरू नेपालीहरूबाट पनि भयो र अहिले यस युद्धसंबन्धी आकर विषय र संख्या दुवैको दृष्टिले विस्तीर्ण भइसकेको छ । तर नेपाली कागजातको खास उपयोग बाहिरफेर अझ हुन सकेको छैन भत्रे कुराको नमूना यही लेख बत्र पुगेको छ । यस कारण यस्ता गोष्ठी गर्नुभन्दा नेपाल र भारतको इतिहाससँग संबद्ध आकरको वर्गीकरण, प्रकाशन, परिशीलन र उल्था गर्ने काम हुनु जरूरी छ जस्तो मलाई लाग्छ ।

प्रकाशित मिति: २०१६-०३-२६ १०:२० | १५५ पटक हेरिएको

Leave A Reply

Your email address will not be published.