रोनाल्डोले फाइनल गुमाउन सक्ने

म्याड्रिड÷एजेन्सी– सिजनमा उपाधिविहीन रहेको रियल म्याड्रिडका लागि निकै अर्थपूर्ण रहेको च्याम्पियन्स लिग फाइनलमा अर्को झट्का लागेको छ । उसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घाइते भएपछि उनी फाइनलमा रहने नरहने द्विविधा बढेको हो ।

उपाधिको आशा गरेको युरोपियन च्याम्पियन्स लिगको फाइनल आउन चार दिन बाँकी छँदा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घाइते भएपछि उसलाई दबाब बढेको हो । उनी घाइते भएपछि प्रशिक्षणमा उपस्थित हुन सकेनन् । जसकारण उनको इन्जुरीलाई लिएर रियल खेमामा निकै चिन्ता बढेको छ awesome-cristiano-ronaldo-free-kick-wallpaper-background-free-kick-1353840387-Download

टेन एसाइड प्रणालीमा खेलाइएको प्रशिक्षण खेलका दौरान बल नियन्त्रणमा लिने क्रममा रोनाल्डो टोलीका ‘रिजर्भ’ गोलकिपरसँग ठोक्किएर भुइँमा लड्न पुगेका थिए । लगत्तै ट्रेनिङ सेसनमा उपस्थित रियलको मेडिकल टोलीले उनको उपचार गरेको थियो । त्यसबीचमा करिब १० मिनेट खेल स्थगित भएको थियो ।

उपचारपछि उनको इन्जुरीबारे रियलले औपचारिक धारणाबाहिर नल्याए पनि खेल्नसक्ने नसक्ने भने दोधार रहेको बताइएको छ । यद्यपि रोनाल्डो मैदानबाट निस्कँदै गर्दा निकै निराश र आक्रोशित थिए । रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि रोनाल्डो फिट नरहेको भन्दै शनिबारसम्ममा उनी रिकभर हुने विश्वास व्यक्त गरे ।

रियलले आगामी शनिबार युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि अर्को दाबेदार डर्वी एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ । दुवै स्पेनिस जाइन्टले यसअघि ला लिगा र कोपा डेल रेको उपाधि गुमाइसकेपछि दुवैका लागि प्रतिष्ठित उपाधिका रूपमा च्याम्पियन्स लिग रहेको छ ।

Leave A Reply

Your email address will not be published.