जुवा खेल्दै गरेका पक्राउ

images (3)ललितपुर\रास– ललितपुर–५ महालक्ष्मीस्थानबाट जुवा खेलिरहेका १० जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । सत्भगत राउतको घरमा अवैध रूपमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाट ४ लाख ७५ हजार ८ सय ९५ रुपैयाँ नगद, ३३ वटा कौडा, पाँच बुक तास, ७९ वटा क्यासिनोमा प्रयोग हुने खालका क्वाइन बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर कार्कीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.