स्पेन अन्तिम १६ मा

पेरिस÷एजेन्सी– कमजोर टोली टर्कीलाई हराउँदै दुईपटकको च्याम्पियन स्पेन युरोकप २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनले टर्कीलाई ३–० ले पराजित गरेको हो । युरोकप २०१६ मो दुईभन्दा बढी स्कोर गर्ने स्पेन पहिलो टिम हो ।समूह डीका दुई खेलमा जित निकाल्दै स्पेनले ६ अंक जोडेको छ । क्रोएसिया चार अंकका साथ दोस्रो स्थानमा छ ।

अल्भारो मोराटाले खेलको ३४औं मिनेटमा स्पेनका लागि हेडमार्फत गोल गर्दै अगाडि लगाएका थिए । त्यसको ३ मिनेटपछि नोलिटोले क्लोज रेन्जमार्फत सहज गोल गर्दै अग्रतालाई दोब्बर बनाए । तेस्रो गोल खेलको ४८औं मिनेटमा २२ पास गरेर सिर्जना भएको मुभ मोराटाले बललाई नेट चुमाउँदै ३–० को जित दिलाए ।d7c52e2c5f1bfb44f0866075a959ebca

युरोकप २००८ पछि स्पेनले युरोकप वा विश्वकपको जितबाट खेल सुरु गरेको यो पहिलोपटक हो । स्पेनले ६२ वर्षदेखि टर्कीलाई हराउँदै आएको छ ।

स्पेनको वान टस खेल गर्न लायक थियो । टर्कीका म्यानेजर टेरिमले भने, ‘हाम्रो व्यक्तिगत गल्तीका कारण २ गोल खान पुग्यौं त्यसमध्ये पनि एक गोल त पत्याउनै नसकिने खालको थियो, म स्पेनलाई बधाई दिन चाहन्छु, उनीहरूसँग स्पेसल टिम छ ।’

स्पेनका प्रशिक्षक भिसेन्ट डेल बोस्कले भने, ‘२००८ पछि स्पेनिस फुटबल इतिहासमा हामीले महŒवपूर्ण खेलाडी गुमाएका छौं, यो समूह चरणको खेल हो, छिट्टै स्कोर नभएकामा हामी चिन्तित थिएनौं ।’

स्पेनका मिडफिल्डर आन्द्रे इनिस्टाले भने, ‘टिम स्प्रिट देखाउँदै स्पेनले जित्यो, म खेलाडी र दर्शकलाई १० अंकमा १० नै दिन चाहन्छु ।’सर्जियो रामोसले खेलको ५८औं सेकेन्डमा पहेंलो कार्ड खाएका थिए । युरोकप २००४ मा ४०औं सेकेन्डमा पहेलो कार्ड दिइएको थियो । टर्कीले सन् २००० को युरोकपमा बेल्जियमलाई २–० ले हराएयता उसले जित दर्ता गर्न सकेको छैन ।

त्यसैगरी, अर्काे खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग २–२ को बरबरी खेल्यो । सो खेलमा समर्थकले चम्किने वस्तु बालेर तनाव सिर्जना गरेका थिए । यूईएफएले त्यस्ता वस्तु स्टेडियममा भिœयाउन कडा प्रतिबन्ध गरेको भए पनि चेक रिपब्लिक र क्रोएसियाबीचको खेलमा समर्थकले स्टेडियममा त्यस्तो वस्तु लुकाएर लैजान सफल भएका थिए ।

Leave A Reply

Your email address will not be published.