नामी कलेजमा ‘नेपाल मोडल यूएन’बारे छलफल

काठमाडौं-रास

namiनामी कलेजले काठमाडौंमा ‘नेपाल मोडल युनाइटेड नेसन’सम्बन्धी तीनदिने छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो कलेजमा अध्ययनरत ‘ए’ लेभल तथा १० जोड २ मा अध्ययनरत ८० विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा ‘सुरक्षापरिषद्’ र निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षापरिषद् बनाई विश्वव्यापी चासोको विषयमा अन्तक्र्रिया गरिएको थियो । उपस्थित सम्पूर्ण विद्यार्थीले अन्तर्राष्ट्रिय  समस्या तथा कूटनीतिको महत्व  एवं नेतृत्व विकास, सञ्चार क्षमता विकासबारे छलफल गरेका थिए ।