केबलकारमा मनपरी भाडा नलिएको स्पष्टोक्ति

काठमाडौं-रास

मनकामना केबलकार प्रालिले ‘केबलकारमा मनपरी भाडा’ लिएको समाचारप्रति ध्यानाकर्षण गराउँदै विविध कारणले गर्दा १८ बर्से केबलकार सञ्चालनमा चारपटक मात्रै भाडा समायोजन गरेको बताएको छ । उसले केबलकार पर्यटनमुखी सेवा भएकाले मूल्य अभिवृद्धि कर छुट हुनुपर्नेमा त्यसो नभएको, लिफ्ट पार्किङका लागि खर्च भएको, यात्रुको चापलाई हेरेर थप तीनवटा केबलकार खरिद गर्नुपरेको, केबलकारका पार्टपुर्जा पुराना हुँदा मर्मत गर्नुपर्ने र सामान युरोपबाट आयात गर्नुपर्ने लगायतका कारणले भाडा बढाउनुपर्ने बाध्यता भएको बताएको छ ।

अहिलेको महँगी, डलरमा भएको वृद्धिका कारण मर्मतमा परेको आर्थिक भार लगायतका कारण मूल्य बढे पनि कम्पनीले सकेसम्म उचित मूल्यमै केबलकार टिकट उपलब्ध गराएको उसले स्पष्ट पारेको छ । मूल्य अभिवृद्धि कर छुट पाए अहिलेको भाडा ६ सय ४० रुपैयाँ घटाएर ५ सय ५५ रुपैयाँ कायम गर्न सकिने अवस्था रहेको पनि उसको भनाइ छ । विद्यार्थी छुट, स्थानीयलाई दिने छुट र अन्य छुटको हिसाब गर्दा हाल औसतमा ४ सय ९० रुपैयाँ प्रति टिकट रहेको भन्दै उसले यी असामान्य परिस्थितिका कारण मात्रै केही मूल्यवृद्धि गरिए पनि मनपरी भाडा नअसुलेको उसको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.